विवेकको आतिसी ब्याटिङका बाबजुद हार्‍यो नेपाल
१६ कार्तिक २०८०
•
३ मिनेट पाठ
विवेकको आतिसी ब्याटिङका बाबजुद हार्‍यो नेपाल
फाइल तस्बिर
अन्तिम ओभरमा विवेक यादव चम्किए पनि नेपाल आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको एसिया क्वालिफायरमा बिहीबार ओमानसँग पाँच रनले स्तब्ध भएको छ।




यो हारसँगै नेपाल समूह ‘ए’ मा उपविजेतामा नै सीमित भयो। नेपालले अब फाइनल यात्राका लागि बलियो टोली संयुक्त अरब इमिरेट्सलाई पाएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा १४६ रनको मध्यम लक्ष्य पाएको नेपाल निर्धारित २० ओभरको अन्तिम बलमा १४० रनमा अलआउट हुन पुग्यो। जितका लागि नेपाललाई अन्तिम ओभरमा २६ रन आवश्यक हुँदा दुई विकेट बाँकी थियो। तर, विवेकले डेथ ओभर बलिङ गर्न आएका बिलाल खानको पहिलो बलमै छक्का प्रहार गर्दै जितको आशा दिलाए।

त्यसपछि दबाबमा परेका बिलालले दोस्रो बल वाइड फ्याके। त्यस पछिका दोस्रो र तेस्रो बलमा पनि विवेकले छक्का प्रहार गरे। त्यससँगै तीन बलमा सात रन आवश्यक हुँदा नेपाल जितको सङ्घारमा पुग्यो। यद्यपि, चौथो बलमा छक्का प्रहार गर्ने प्रयासमा विवेक ३९ रनमा क्याच आउट हुन पुगे। यस क्रममा विवेकले २४ बलमा पाँच छक्का प्रहार गरे। विवेको विकेटसँगै फेरि खेल ओमाननजिक पुग्यो। त्यसपछि ब्याटिङ गर्न आएका अविनाश बोहोराले एक रन लिँदै करणलाई स्ट्राइक दिए। अन्तिम बलमा नेपाललाई जितका लागि छक्का आवश्यक थियो।

त्यो बलमा छक्काको प्रयास गरेका करण बाउन्ड्री लाइन क्याच आउट हुन पुगे र ओमानले जित निकाल्यो। करणले ११ बलमा १५ रन बनाए। त्यसअघि मध्यम लक्ष्य पछ्याएको नेपालले निकै खराब ब्याटिङ ग¥यो। ओपनर कुशल भुर्तेलबाहेक अन्य ब्याटर लामो समय क्रिजमा टिक्न सकेनन्। कुशलको २६ रन नै नेपालका लागि दोस्रो ठूलो व्यक्तिगत स्कोर रह्यो। तेस्रो ओभरमा ओपनर आसिफ शेखलाई ५ रनमा गुमाएको नेपाल समालिन नै सकेन। पावरप्लेमा समालिने प्रयास गरे पनि नेपालले तीन विकेट गुमाउन पुग्यो।

मेहरान खानले ओपनर कुशललाई आउट गर्दै नेपाललाई ठूलो झड्का दिए। त्यससँगै ५.५ ओभरमा नेपाल ४३/३ को अवस्थामा पुग्यो। त्यसपछि आएका ब्याटरले समालिएर खेल्न नै सकेनन्। नेपालले लगातार पाँच विकेट गुमाउँदा थप ४२ रन मात्र जोड्न सक्यो। यससँगै नेपाल १५.४ ओभरमा ८५/८ को अवस्थामा पुग्यो। यस क्रममा कप्तान रोहित पौडेल १२ रन, कुशल मल्ल १० रन, गुल्सन झा ३ रन, सन्दीप जोरा १२ रन र सन्दीप लामिछाने २ रनमा नै पवेलियन फर्किए।

तर, तल्लो क्रमका ब्याटर विवेकले ठूला सट खेल्दै जित दिलाउने प्रयास गरे पनि सफल हुन सकेनन्। ओमानको बलिङमा अकिब इलियस, मेहरान खान, बिलाल खान र सकिल अहमदले दुई विकेट लिए। जिसान मकसुदको नाममा एक विकेट रह्यो। त्यस अघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभर नै खेल्दै ९ विकेटको क्षतिमा १४६ रनको लक्ष्य प्रस्तुत गर्‍यो। नेपालका बलरले राम्रो बलिङ गर्दै पाहुना टोलीलाई मध्यम लक्ष्यमा रोक्न सफल भए।

तर, शीर्ष क्रमका ब्याटरबाट साथ नपाउँदा खेल सुम्पिन पुग्यो। ओमानका लागि कप्तान जिसान मक्सुदले सर्वाधिक ३२ रन बनाए। जिसानले एक चौका र तीन छक्का प्रहार गरे। ओपनर प्रतीक अथाभालेले २४ रन र आयान खानले १८ रन जोडे। ओमानको इनिङ एक समय कमजोर देखिएको थियो। तर, आठौं नम्बरमा ब्याटिङ गर्न आएका नसिम खुसीले २५ रन र नवौं नम्बरमा आएका सकिल अहमदले २२ रन जोड्दै इनिङ उकासे। त्यसबाहेक अन्य ब्याटर लामो समय क्रिजमा टिक्न सकेनन्।

खराब सुरुआत गरेको ओमानले पहिलो ओभरमा नै ओपनर कश्यप प्रजापतिलाई ८ रनमा नै गुमाउन पुग्यो। करण केसीले उनलाई विकेटकिपर आसिफ शेखबाट क्याच गराउँदै नेपाललाई राम्रो सुरुआत दिलाए। त्यससँगै नेपाली बलर हाबी भए र पावर प्लेमा नै चार विकेट लिँदै ओमानलाई दबाबमा राखे। यस क्रममा ओमानले ३८ रन बटुलेको थियो। तर, त्यसपछि समालिएको ओमानले १४.३ ओभरमा नै एक सय रनको आँकडा भेट्टाए पनि ठूलो योगफल भने बनाउन सकेन।

नेपालको बलिङमा करण केसीले तीन विकेट तथा सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई विकेट लिए। गुल्सन झा र अविनाश बोहोराको नाममा समान एक विकेट रह्यो। चार ओभर बलिङ गरेका करण ४३ रन खर्चदै महँगा साबित भए। 
अर्को समाचार
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
४ मिनेट अघि
•
१ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
नेपालगन्ज। धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्। नेपालगन्जमा शनिबार भएको म्याराथनको १२ औं संस्कर २ घण्टा २० मिनेट २५ सेकेण्डमा ४२ किलो मिटर दुरी पार गर्दै उनले उपाधि हात पारेका हुन्।




उपाधि जितेसँगै केन्याली धावक मुरियुकीले दुई लाख रुपैयाँ प्राप्त गरे। म्याराथनमा २ घण्टा २२ मिनेट ५८ सेकेण्डमा ४२ किलोमिटरको दुरी पार गरेका कुलबहादुर बस्नेत दोस्रो स्थानमा आएका छन्। उनले एक लाख रुपैयाँ प्राप्त गरे। यसैगरी २ घण्टा २४ मिनेट २९ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भएका कृष्णबहादुर परियारले ५० हजार रुपैयाँ प्राप्त गरेका छन्।

हाफ म्याराथनको महिलातर्फ राज्यलक्ष्मी रावतले उपाधि जितिन्। उनले नगद ५५ हजार प्राप्त गरिन्। उनले २१ किलोमिटर दुरिलाई १ घण्टा २७ मिनेट ३६ सेकेण्टमा पार गरेकी थिइन्। हाफ म्याराथनमै दोस्रो भएकी सम्झना लिम्बु र तेस्रो स्थानमा आएकी सरस्वती भट्टराईले क्रमशः नगद ३० र १५ हजार प्राप्त गरेका छन्।

निर्धारित दुरिलाई दुबै जनाले क्रमशः १ घण्टा २८ मिनेट ३० सेकेन्ट र १ घण्टा ३० मिनेट ३७ सेकेन्टमा पार गरेका थिए। विजेतालाई नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टिएस ठकुरी, मिस नेपाल दिपमाला ढकाल, के.एल. दुगड ग्रुपका प्रबन्ध निर्देशक प्रदिप छाजेड लगायतले पुरस्कृत गरे।

धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि जितेका केन्याली धावक जुलियस मुरियुकी। तस्बिरः नागरिक 
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २६ सेकेन्ड अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३३ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस