‘रेसिङ सहाराक्लब’ कोहलपुर बाँके उद्घाटन खेलबाटै बाहिरिएको छ।‘ए.पी.पावर चर्च व्वाईज यूनाईटेड’ काठमाडौंसँग पेनाल्टी सुट आउटमा पराजित भएसँगै आयोजक रेसिङ सहारा क्लब बाहिरिएको हो।निर्धारित समयमा दुवै पक्षबाट गोल रहित बराबरीमा टुंगिएको थियो।
त्यसपछि पेनाल्टी सुट आउटमा ए.पी.पावर चर्च व्वाईज यूनाईटेडले अन्ततः ‘रेसिङ सहारालाई ५–४ गोलले पराजित गर्यो । निकै प्रतिस्पर्धात्मक उक्त खेलमा दुवै पक्षले गोल गर्ने अवसर गुमाउन पुगेका थिए । रेसिङ सहाराका तर्फबाट खेलेका तीन जना विदेशी खेलाडी खेलेका थिए।
प्रतियोगिता अन्तर्गत बिहीबार गोर्खा व्वाईज स्पोर्ट्स क्लब बुटवल र सुदूरपश्चिम ११ स्पोर्ट्स क्लब धनगढीबिच प्रतिस्पर्धा हुने खेल संयोजक रामबहादुर मल्लले जानकारी दिएका छन्।
गतवर्ष पहिलो पटक आयोजना गरिएको गोल्ड कपको उपाधी एफसी क्लब क्यामरुनले हात पारेको थियो।ब्वाईज युनियन क्लब काठमाण्डौंलाई पराजित गरेको एफसीले नगद ७ लाख प्राप्त गरेको थियो । प्रतियोगिता ‘नकआउट’ प्रणालीका आधारमा खेलाइएको छ।
‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुख्य नारासहित सञ्चालन भएको प्रतियोगिता यही कात्तिक २२ गतेसम्म सञ्चालन हुनेछ । रेसिङ सहारा क्लब कोहलपुरले आयोजना गरेको उक्त प्रतियोगितामा विदेशी, विभागीय क्लबसहित ८ वटा क्लब सहभागी भएका छन्।
गोल्डकप उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी ।उक्त प्रतियोगिताका विजेतालाई ८ लाख र उपविजेतालाई ४ लाख नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजक क्लबका अध्यक्ष चक्र क्षेत्रीले जानकारी दिए । फुटबल अवलोकनका लागि अस्थायी प्यारापिट र पर्खाल निर्माण गरिएको छ।खेल अवलोकन गर्ने दर्शकका लागि आयोजकले यसपटक भने टिकट व्यवस्था गरिएको छ।
कोहलपुर नगरपालिका वडा नम्बर २ स्थित तेह्र विघा मैदानमा बुधवार देखी सञ्चालनमा आएको मुख्यमन्त्री कोहलपुर गोल्ड कप खेलकुद प्रतियोगिताको प्रमुख अतिथी एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उद्घाटन गरेका थिए।
प्रतियोगिता उद्घाटन गर्दै मुख्यमन्त्री चौधरीले यस्ता प्रतियोगिताले खेलकुद क्षेत्रको प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरे । मुख्यमन्त्री कोहलपुर गोल्ड कपलाई स्थापित गर्न लुम्बिनी प्रदेश सरकारले आगामी वर्ष पनि सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता जनाए।
सो क्रममा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता, कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्य, लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराई लगायतले पनि सम्बोधन गरेका थिए।
नेपालगन्ज। धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्। नेपालगन्जमा शनिबार भएको म्याराथनको १२ औं संस्कर २ घण्टा २० मिनेट २५ सेकेण्डमा ४२ किलो मिटर दुरी पार गर्दै उनले उपाधि हात पारेका हुन्।
उपाधि जितेसँगै केन्याली धावक मुरियुकीले दुई लाख रुपैयाँ प्राप्त गरे। म्याराथनमा २ घण्टा २२ मिनेट ५८ सेकेण्डमा ४२ किलोमिटरको दुरी पार गरेका कुलबहादुर बस्नेत दोस्रो स्थानमा आएका छन्। उनले एक लाख रुपैयाँ प्राप्त गरे। यसैगरी २ घण्टा २४ मिनेट २९ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भएका कृष्णबहादुर परियारले ५० हजार रुपैयाँ प्राप्त गरेका छन्।
हाफ म्याराथनको महिलातर्फ राज्यलक्ष्मी रावतले उपाधि जितिन्। उनले नगद ५५ हजार प्राप्त गरिन्। उनले २१ किलोमिटर दुरिलाई १ घण्टा २७ मिनेट ३६ सेकेण्टमा पार गरेकी थिइन्। हाफ म्याराथनमै दोस्रो भएकी सम्झना लिम्बु र तेस्रो स्थानमा आएकी सरस्वती भट्टराईले क्रमशः नगद ३० र १५ हजार प्राप्त गरेका छन्।
निर्धारित दुरिलाई दुबै जनाले क्रमशः १ घण्टा २८ मिनेट ३० सेकेन्ट र १ घण्टा ३० मिनेट ३७ सेकेन्टमा पार गरेका थिए। विजेतालाई नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टिएस ठकुरी, मिस नेपाल दिपमाला ढकाल, के.एल. दुगड ग्रुपका प्रबन्ध निर्देशक प्रदिप छाजेड लगायतले पुरस्कृत गरे।
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि जितेका केन्याली धावक जुलियस मुरियुकी। तस्बिरः नागरिक