ऐरीको रेकर्ड तोडिन बनेको हैन!
१३ असोज २०८०
•
५ मिनेट पाठ
ऐरीको रेकर्ड तोडिन बनेको हैन!
‘वैसे त रेकर्ड तोड्नेकी लिए बनते है,’ मंगोलियाविरुद्ध नेपालका दीपेन्द्रसिंह ऐरीले नौ बलमा ५० रन बनाएपछि आलोक आनन्द सामाजिक सञ्जालमा लेख्छन्, ‘लेकिन आज रेकर्ड टुट्ने के लिए नही बना।’




आलोकले भनेजस्तै रेकर्डहरू तोडिनैका लागि बन्ने गर्छन्। तर केही रेकर्ड तोड्नु असम्भव प्रायः हुन्छ। यस्तै एउटा रेकर्ड बनेको छ, ऐरीका नाममा।

चीनको हानझाउस्थित झेजियाङ युनिभर्सिटी क्रिकेट मैदानमा मंगोलियाविरुद्ध ऐरीले ९ बलमा अर्धशतक पूरा गर्दै ट्वान्टी–२० मा सबैभन्दा छिटो अर्धशतक बनाए। उनको यो रेकर्डले संसारभरका क्रिकेटप्रेमीलाई आश्चर्यमा पारिरहेको छ। नौ बलमा उनले बनाएको अर्धशतक सोझो हिसाबमा कहिल्यै तोडिने छैन। सबैलाई थाहा छ, सोझो आठ बलमा त ४८ भन्दा बढी बन्न सक्दैन।

खासमा यो खेलले अन्तर्राष्ट्रिय स्तरमा केही प्रभाव पार्न सक्दैनथ्यो। असामान्य रेकर्डले समग्र खेललाई नै असामान्य बनायो। त्यसैले भारत र अस्ट्रेलियाको खेलभन्दा पनि यो खेलको रेकर्डले धेरै चर्चा पायो।
क्रिकेटमा धेरै कुरा सम्भव छ। तर त्यही क्रिकेटमा केही रेकर्डचाहिँ असम्भव जस्तै मानिन्छ विगतका खेलका आधारमा। जस्तो यसअघि भारतका पूर्वब्याट्सम्यान युवराज सिंहको नाममा रहेको १२ बलमा अर्ध शतकको कीर्तिमान। असम्भवजस्तै मानिएको सन् २००७ मा कायम भएको उक्त कीर्तिमान १६ वर्षसम्म अटुट रह्यो। तर रेकर्ड तोडिनैका लागि बन्छ भनेजस्तै सिंहको ‘राजा रेकर्ड’ बुधबार बिहानै तोडियो। त्यो पनि भर्खरै क्रिकेटमा अगाडि बढ्दै गरेको नेपाली टोलीका खेलाडीबाट।

नेपालका खेलाडी ऐरीले नौ बलमा बनाएको अर्धशतकचाहिँ अब तोडिन नसक्ने धेरैको अनुमान छ। यसको केही कारण पनि छ। केही अपवादबाहेक कसैले आठवटै बलमा छक्काछक्का हाने पनि ५० रन बनाउन सक्दैन, ४८ मात्र बन्छ। नौ बल खेलेलगत्तै त्यो रेकर्ड ऐरीको बराबरीको हुन्छ।
तसर्थ सम्भवत तोडिँदैन। ‘जसले जतिसुकै छक्का प्रहार गरे पनि आठ बलमा अर्धशतक बन्दैन,’ सामाजिक सञ्जालमा अमित जैसवाल लेख्छन्, ‘नौ बल खेलेपछि बराबरी होला तर तोडिन मुस्किल पर्छ।’ क्रिकेटका नो बललगायतका अन्य नियमले उक्त रेकर्ड तोडिन सक्ला–नसक्ला तर सिधा हिसाबमा कहिल्यै नतोडिने उनी बताउँछन्।

यही अविश्वसनीय रेकर्डले होला मंगोलियाविरुद्धको सोही खेलमा युवा ब्याटस्म्यान कुशल मल्लले ट्वान्टी–२० क्रिकेटमा सबैभन्दा छिटो शतक पूरा गर्दै भारतीय कप्तान रोहित शर्मा र दक्षिण अफ्रिकाका डेबिड मिलरसहित तीन क्रिकेटरको कीर्तिमान भंग गरेको भन्दा पनि ऐरीको अर्धशतकले धेरै चर्चा पाएको छ।

मल्लले ३४ बलमा शतक पूरा गर्दै शर्मा, मिलर र चेक रिपब्लिकका सुदेश बिक्रमासिंघेका नाममा रहेको ३५ बलमा शतकको कीर्तिमानलाई पछि पारेका हुन्। किनकि सतक ३० बलमा पनि पूरा हुन सक्छ, २५ बलमा पनि पूरा हुने सम्भावना रहन्छ।

मंगोलियाविरुद्ध बुधबार नेपालले खेलेको खेलमा अन्य थुप्रै विश्व रेकर्डसमेत बने। क्रिकेटमा अघि बढ्दै गरेको सानो देश नेपालका खेलाडीले गरेको अविश्वसनीय प्रदर्शनले खेलको हारजितभन्दा पनि रेकर्डको भरमार चर्चा बटुल्यो।  

छिमेकी मुलुक भारतका मिडियामा त यो रेकर्डले निकै स्थान पायोे। क्रिकेटमा नेपालको नाम मुस्किलले लिइने भारतीय मिडियाका खेल पृष्ठ नेपाली खेलाडीले बनाएका रेकर्डका समाचारले भरिए। कतिपयले मंगोलिया कमजोर देश भएकाले नेपालले रेकर्ड बनाउन पाएकोसमेत लेखे। धेरैले नेपाली टोलीले निकै राम्रो प्रदर्शन गरेको लेखे। ‘सानो बच्चासँग खेले पनि त्यति धेरै छक्का र त्यति धेरै रन बनाउन मुस्किल पर्छ,’ भारतीय पत्रकार शुभंकर मिश्र भन्छन्, ‘कमजोर टिमभन्दा पनि उत्कृष्ट नतिजा स्वागतयोग्य छ।’

कतिपय समाचारमा त भारतका लागि नेपालजति कमजोर हो, सायद त्यति नै कमजोर नेपालका लागि मंगोलिया भएको हुन सक्ने आकलन गरे। ‘तर खै त हामीले नेपालमाथि त्यत्रो रेकर्ड बनाउन सकेनाै,’ मिश्र भन्छन्, ’त्यसैले मंगोलियाविरुद्धको यो रेकर्ड नेपाली क्रिकेटको सुखद क्षण हो।’
भारतका चर्चित क्रिकेट कमेन्टरले हर्ष भोगलेले अस्ट्रेलिया र भारतबीचको खेलको कमेन्ट्री गरिरहेको समयमा नेपालको कीर्तिमानी रेकर्डबारे पनि चर्चा गरेका थिए। ‘नेपालका दीपेन्द्रसिंह ऐरीले नौ बलमा ५० रन बनाए,’ उनले भने, ‘१२ बलमा ५० रन बनाएका युवराज सिंहले पनि यो थाहा पाएर गर्व गरे होलान्।’

मंगोलियाविरुद्ध नेपालले खेलेको खेलमा अन्य थुप्रै कीर्तिमान तोडिए। अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेको मंगोलियाविरुद्ध नेपालले विश्व कीर्तिमानको वर्षा गर्‍यो। खेलमा नेपालले निर्धारित २० ओभर खेल्दै तीन विकेटको क्षतिमा मंगोलियाविरुद्ध ३१४ रनको विश्व कीर्तिमानी योगफल खडा गर्‍यो।

यो योगफल ट्वान्टी–२० क्रिकेटमा ३६ रन बढीले सबैभन्दा विशाल हो। यसअघि सन् २०१९ मा अफगानिस्तानले (आयरल्यान्ड विरुद्ध २७८/३) र चेक रिपब्लिकले (टर्कीविरुद्ध २७८/४) संयुक्तरूपमा ट्वान्टी–२० विशाल योगफलको कीर्तिमान बनाएका थिए।

त्यसैगरी नेपालले आफ्नो इनिङमा २६ छक्का र १२ चौका प्रहार गर्‍यो। यो कुनै पनि टोलीले ट्वान्टी–२० क्रिकेटमा बनाएको सर्वाधिक छक्काको कीर्तिमान हो। नेपाली टिमका मल्लले १२ छक्का र ऐरीले आठ छक्का हाने।

जबाफी ब्याटिङ गरेको मंगोलिया १३.४ ओभरमा ४१ रनमै अलआउट हुँदा नेपालले २७३ रनको फराकिलो जित निकालेको हो। यो नतिजा पनि ट्वान्टी–२० क्रिकेटमा अहिलेसम्मकै फराकिलो हो। नेपालले चेक रिपब्लिकले टर्कीमाथि निकालेको २५७ रनको विश्व कीर्तिमानलाई पछि पारेको हो।

अन्त्यमा यी सबै रेकर्डभन्दा पनि ऐरीको रेकर्ड धेरै चर्चाको विषय बन्यो। ‘यी रेकर्ड तोड्न मुस्किल ही नामुमकिन है,’ हिन्दी सिनेमा डनको शैलीमा नेपाली क्रिकेटको तारिफ गर्दै सामाजिक सञ्जालमा जफुर खान लेख्छन्, ‘नौ बलमे ५० रन यो अब असम्भव है।’

मंगोलियालाई लिएर रमाइलो!

आश्चर्यजनक कीर्तिमान संगै नेपाल र मंगोलियाबीचको खेललाई लिएर आश्चर्यजनक टिप्पणीसमेत हुन थालेका छन्। समाचारसँगै व्यंग्य र विश्लेषण लेखिन थालेका छन्। भारतीय मिडिया ‘आजतक’का डिजिटल सम्पादक अनुज खरेले गरेको व्यंग्यात्मक टिप्पणी सामाजिक सञ्जालमा भाइरल बनेको छ।

नेपाली क्रिकेटरको धुवाँधार ब्याटिङपछि मंगोलियन टिममा कस्तो भयो होला भन्दै व्यंग्य हानेका छन्। ‘अब बलिङ कसले गर्ने भन्ने भनेर एकले अर्कालाई तँ गर, तँ गर भन्न थाले,’ उनले लेखेका छन्, ‘चौका र छक्काको यति धेरै वर्षा भयो कि बल बटुल्न सवारीसाधनको समेत प्रयोग गरियो।’
शताब्दीऔं पहिला चंगेजखानले दुनियालाई दिएको दुःखको बदलमा क्रिकेटको माध्यमबाट संसारलाई मंगोलियाले खुसी दिएकोसमेत अनुज खरेले बताएका छन्।

त्यस्तै कपियले उक्त खेलपछि मंगोलियन क्रिकेट बोर्ड खारेज भएको भन्दै व्यंग्य गरेका छन् भने कतिपयले त अब फेरि मंगोलिया क्रिकेट खेल्छ र भन्दै घोचपेच गरेका छन्। तर मंगोलियन टिमका कोचले हारबाट निराशाभन्दा पनि शिक्षा मिलेको बताएका छन्। ‘हो, हामीले नराम्ररी हार्‍यौं, यो मंगोलियाको पहिलो खेल थियो,’ कोच डेभिड टल्ला भन्छन्, ‘तर हामीले सिकेको कुरा मूल्यवान् छ, हामी अगाडि बढ्नेछौं।’
अर्को समाचार
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
१ घण्टा अघि
•
१ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
जुम्ला। राष्ट्रिय खेलकुदको उत्सव बोकेको ओलम्पिक टर्च र ट्रफी शनिबार जुम्लामा आइपुगेको छ। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचारप्रसारका लागि सुरु गरिएको टर्च तथा ट्रफी टुर म्याराथन धावक हरिबहादुर रोकायाको नेतृत्वमा जुम्ला पुगेको हो।




राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्दिरमा पुर्‍याएको छ। जुम्ला बजार परिक्रमा गराएर मन्दिरमा पुर्‍याइएको ट्रफी र ओलम्पिक टर्चले जिल्लामा राष्ट्रिय खेलकुदको माहोल सिर्जना गरेको छ। खेलकुदको राष्ट्रिय उत्सवलाई कर्णालीको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोड्ने उद्देश्यले गरिएको यस कार्यक्रमले जुम्लाको खेलकुद सम्भावनालाई समेत उजागर गरेको छ।

यसअघि शुक्रबार दैलेखको पवित्र धार्मिकस्थल श्रीस्थानस्थित अखण्ड ज्वालाबाट ओलम्पिक टर्च प्रज्वलन गरी ट्रफी टुरको शुभारम्भ गरिएको थियो। श्रीस्थानबाट सुरु भएको टर्च यात्रा जुम्ला हुँदै प्रतियोगिताको मुख्य खेलस्थल सुर्खेत पुगेर टुंगिनेछ।

कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचारप्रसार र खेलकुदप्रति जनउत्साह बढाउने उद्देश्यले राष्ट्रिय खेलकुद परिषद्ले टर्च तथा ट्रफी टुर सञ्चालन गरेको हो। प्रतियोगिताको सन्देश देशभर पुर्‍याउनुका साथै कर्णालीको ऐतिहासिक, धार्मिक र पर्यटकीय पहिचानलाई राष्ट्रियस्तरमा चिनाउने लक्ष्यसमेत टुरले राखेको छ।

टर्च तथा ट्रफी टुरमा ओलम्पियन दीपक विष्ट, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, म्याराथन धावक हरिबहादुर रोकाया, ओलम्पियन देबु थापा र कराँते खेलाडी मण्डेकाजी श्रेष्ठसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएका खेलाडी सहभागी छन्।

म्याराथन धावक रोकायाले खेलकुदमा सफलता प्राप्त गर्न निरन्तर मेहनत, अनुशासन र लगनशीलता आवश्यक पर्ने बताए। उनले खेलाडीले लक्ष्य प्राप्तिका लागि नियमित अभ्यास र समर्पणलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।

ओलम्पियन देबु थापाले जुम्लामा खेलकुदको सम्भावना राम्रो रहेको उल्लेख गर्दै त्यसलाई परिणाममा बदल्न खेलाडीलाई आवश्यक अवसर, प्रशिक्षण र पूर्वाधार उपलब्ध गराउनुपर्नेमा जोड दिए।

राष्ट्रिय खेलकुदको ट्रफी र ओलम्पिक टर्चको आगमनले प्रतियोगिताको प्रचारप्रसारसँगै नयाँ पुस्तामा खेलप्रतिको आकर्षण बढाउने अपेक्षा गरिएको छ। खेलकुदका दृष्टिले सम्भावनायुक्त कर्णालीमा प्रतिभाको पहिचान, विकास र अवसर विस्तार गर्नुपर्ने सन्देशसमेत टर्च टुरले दिएको छ।
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस