भारतसँग नहारेको नेपाल !
१९ भदौ २०८०
•
४ मिनेट पाठ
भारतसँग नहारेको नेपाल !
एसिया कप क्रिकेटमा सोमबार भारतविरुद्ध नेपालले ब्याटिङ सुरुवात गर्दै गर्दा टेलिभिजनको प्रत्यक्ष प्रसारणमा एक प्रस्तोताले आफ्ना सहकर्मीलाई सोधे, ‘नेपाली टोली कति ओभरसम्म टिक्ला? २५ या ३०? अर्का प्रस्तोताले मुस्कुराउँदै जवाफ दिए, ‘बढीमा २५ ओभर ।’




अघिल्लो खेलमा नेपालले पाकिस्तानसँग विशाल अन्तरले हारेकाले हुन सक्छ, नेपाली टोलीमाथि उनीहरूको हेर्ने दृष्टिकोण कमजोर थियो। तर नेपाली क्रिकेट टोलीले ४८ दशमलव २ ओभरसम्म टिकेर उनीहरूको पहिलो अनुमानमाथि नै सानदार विजय हासिल गरे। यो नेपालले अनुमानमाथि जितेको पहिलो क्षण थियो। वर्षाका कारण बिथोलिएको नेपाल–भारतबिचको प्रतिस्पर्धा भारतले जित्यो। तर भारतसँग ‘नहारेका’ थुपै्रै क्षण समर्थकलाई उपहारका रूपमा दिन नेपाली टिम सफल रह्यो।

टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको भारतीय टोलीले सोचेको थियो होला, नेपाललाई चाँडै आउट गर्ने अनि आफूले पनि चाँडै विजयी लक्ष्य प्राप्ति गर्ने, वर्षात्को समस्याबाट मुक्ति पाउने। तर भारतीय टोलीको यो सपना पूरा भएन। उनीहरूले सोचेभन्दा निकै बढी अर्थात् २३१ रनको लक्ष्य भारतीय टोलीले सामना गर्नुपर्‍यो। उदाउँदै गरेको नेपाली टिम नहारेको यो एउटा सानदार क्षण हो।

विश्वकप जितेको भारतीय टोलीसँग नेपाली ब्याट्सम्यान कसरी टिक्लान् भन्ने धेरैको अनुमान थियो।नेपाली खेलाडीले विश्वविख्यात भारतीय बलरको सामना मात्र गरेनन्, ४ छक्का र १८ चौका प्रहार गर्दै नेपालप्रतिको कमजोर अनुमानलाई ‘बाउन्ड्री’ पार गराए।भारतीय टिमले नसोचेको ‘सरप्राइज’ लक्ष्य पनि नेपाली क्रिकेट नहारेको क्षण हो।

आफ्नो टिमको तारिफ गर्न कन्जुस्याइँ नगर्ने भारतीय पत्रिका नवभारत टाइम्स पनि नेपाली खेलाडीको तारिफ गर्न बाध्य रह्यो। ‘नेपालका खेलाडीले के मोहम्मद सिराज, के सामी, के शार्दूल सबैको धुलाइ गरे,’ नवभारत टाइम्स लेख्छ, ‘नेपाली ओपनर्सको तुफानी ब्याटिङले भारतीय कप्तान रोहित शर्मा पनि हैरान बने।’

आम भारतीयले हल्का ठानेको यो म्याच नेपाली ब्याटिङसँगै उनीहरूका लागि भारी बन्न पुग्यो। नेपालको तारिफ गर्न कन्जुस्याइँ गर्ने केही भारतीय मिडियाले समेत भारतीय बलिङको आलोचना गर्न बाध्य बने। यो पनि नेपालले पाएको अर्को विजयको क्षण हो।

आसिफ शेखको अर्धशतकको ब्याटिङपछि त भारतीय च्यानल आजतकले ‘को हुन आसिफ? जसले भारतीय टिमलाई हैरान खेलाउँदैछ’ भनेर समाचारसमेत लेख्यो। नेपालका लागि सबैभन्दा बढी आसिफ शेखले ९७ बलमा ८ चौकासँगै ५८ रन बनाए। कुनै पनि नेपाली खेलाडीले भारतीय मिडियामा यसरी नेपाली खेलाडीले चर्चा पाउनु नेपाल नहारेको अर्को क्षण हो। नेपाली टिमका लागि आजको दिन ब्याटिङको हिसाबले ऐतिहासिक रहेका विभिन्न भारतीय च्यानलमा सुनिनु पनि नेपाली खेलको विजयको क्षण बन्यो ।

सोमपाल कामीले ५६ बलमा १ चौका र २ छक्का सहित ४८ रनको योगदान दिए। अर्धशतक पूरा नगरे पनि उनी नेपाली दर्शकको मन जित्न सफल बने। उनका दुई छक्काले भारतीय मिडियामा निकै चर्चा बटुले। आठौं नम्बरमा आएर पनि प्रभावशाली रहेको भन्दै उनको तारिफ भयो। संसारभरका नेपालीसँगै विपक्षीको पनि मन जित्न सक्षम उनको सानदार खेल पनि नेपाली क्रिकेट नहारेको प्रमाण हो। त्यसैगरी कुशल भुर्तेलले २५ बलमा ३ चौका र २ छक्का सहित ३८ रनको योगदान दिए।

दीपेन्द्रसिंह ऐरीले २९ र गुलसन झाले २३ रन बनाए। १७ वर्षीय झालाई भारतीय टिममा सुरुवाती चरणमा खेल्दै गरेका सचिन तेन्डुलकरसँग तुलना गरियो। पाकिस्तानसँगको उनको पहिलो म्याचको घटनासँग झाको उपस्थितिलाई जोडियो। मास्टर ब्लास्टरसँग कुनै नेपाली खेलाडीको तुलना गरिनु पनि नेपाली क्रिकेटको अर्को सानदार विजय बन्यो।

चार छक्का, १५ चौका

नेपाल र भारतबीचको खेल वर्षाका कारण बारम्बार अवरुद्ध बन्न पुग्यो। पानीको वर्षासँगै बाउन्ड्रीको वर्षा पनि देख्न पाइयो। नेपाली क्रिकेट टोलीले भारतीय बलरको सामना कसरी गर्लान् भन्ने अनुमान गरिँदै गर्दा ४ छक्का र १८ चौका प्रहार गर्दै नेपाली क्रिकेटप्रेमीको मनमा खुसीको वर्षात् गराए। यो नेपाली टिमले जितेको अर्को सानदार क्षण बन्यो।

वर्षात्का कारण बिथोलिएको खेललाई राति अबेर २३ ओभरमा झारियो।खेल २३ ओभरमा १४५ रनको लक्ष्यसहित मैदानमा उत्रेको भारतले नेपाललाई औपचारिक रूपमा पराजित त गर्‍यो तर नेपाली समर्थकले नेपाली टिमलाई स्याबासी दिन कन्जुस्याइँ गरेनन्।

‘नेपाली खेलाडीले कुशल ब्याटिङ गरेर भारतविरुद्ध सम्मानजानक स्कोर बनाए,’ सामाजिक सञ्जालमा तेजनारायण साह लेख्छन्, ‘क्रिकेटप्रेमीलाई बधाई, नेपाली टिमलाई शुभकामना !’
अन्त्यमा ती प्रस्तोता जसले खेलको सुरुवातमा नेपाली टिम सस्तैमा अलआउट हुन्छन् भन्ने अनुमान गरेका थिए। समग्र खेलपछि भन्न बाध्य भए ‘नेपाली क्रिकेटका लागि खास दिन’। यी सबै नेपाली क्रिकेट नहारेको सानदार क्षण बनेका छन्। ‘अबको हाम्रो लक्ष्य भनेको विश्वकप हो,’ सामाजिक सञ्जालमा प्रभात न्यौपाने लेख्छन्, ‘आजको नेपालको ब्याटिङ त्यो लक्ष्यको सपना देखाउन सक्षम बनेको छ ।’
अर्को समाचार
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
५० मिनेट अघि
•
१ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
जुम्ला। राष्ट्रिय खेलकुदको उत्सव बोकेको ओलम्पिक टर्च र ट्रफी शनिबार जुम्लामा आइपुगेको छ। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचारप्रसारका लागि सुरु गरिएको टर्च तथा ट्रफी टुर म्याराथन धावक हरिबहादुर रोकायाको नेतृत्वमा जुम्ला पुगेको हो।




राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्दिरमा पुर्‍याएको छ। जुम्ला बजार परिक्रमा गराएर मन्दिरमा पुर्‍याइएको ट्रफी र ओलम्पिक टर्चले जिल्लामा राष्ट्रिय खेलकुदको माहोल सिर्जना गरेको छ। खेलकुदको राष्ट्रिय उत्सवलाई कर्णालीको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोड्ने उद्देश्यले गरिएको यस कार्यक्रमले जुम्लाको खेलकुद सम्भावनालाई समेत उजागर गरेको छ।

यसअघि शुक्रबार दैलेखको पवित्र धार्मिकस्थल श्रीस्थानस्थित अखण्ड ज्वालाबाट ओलम्पिक टर्च प्रज्वलन गरी ट्रफी टुरको शुभारम्भ गरिएको थियो। श्रीस्थानबाट सुरु भएको टर्च यात्रा जुम्ला हुँदै प्रतियोगिताको मुख्य खेलस्थल सुर्खेत पुगेर टुंगिनेछ।

कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचारप्रसार र खेलकुदप्रति जनउत्साह बढाउने उद्देश्यले राष्ट्रिय खेलकुद परिषद्ले टर्च तथा ट्रफी टुर सञ्चालन गरेको हो। प्रतियोगिताको सन्देश देशभर पुर्‍याउनुका साथै कर्णालीको ऐतिहासिक, धार्मिक र पर्यटकीय पहिचानलाई राष्ट्रियस्तरमा चिनाउने लक्ष्यसमेत टुरले राखेको छ।

टर्च तथा ट्रफी टुरमा ओलम्पियन दीपक विष्ट, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, म्याराथन धावक हरिबहादुर रोकाया, ओलम्पियन देबु थापा र कराँते खेलाडी मण्डेकाजी श्रेष्ठसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएका खेलाडी सहभागी छन्।

म्याराथन धावक रोकायाले खेलकुदमा सफलता प्राप्त गर्न निरन्तर मेहनत, अनुशासन र लगनशीलता आवश्यक पर्ने बताए। उनले खेलाडीले लक्ष्य प्राप्तिका लागि नियमित अभ्यास र समर्पणलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।

ओलम्पियन देबु थापाले जुम्लामा खेलकुदको सम्भावना राम्रो रहेको उल्लेख गर्दै त्यसलाई परिणाममा बदल्न खेलाडीलाई आवश्यक अवसर, प्रशिक्षण र पूर्वाधार उपलब्ध गराउनुपर्नेमा जोड दिए।

राष्ट्रिय खेलकुदको ट्रफी र ओलम्पिक टर्चको आगमनले प्रतियोगिताको प्रचारप्रसारसँगै नयाँ पुस्तामा खेलप्रतिको आकर्षण बढाउने अपेक्षा गरिएको छ। खेलकुदका दृष्टिले सम्भावनायुक्त कर्णालीमा प्रतिभाको पहिचान, विकास र अवसर विस्तार गर्नुपर्ने सन्देशसमेत टर्च टुरले दिएको छ।
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस