नेपाली मनमनमा क्रिकेट
२० वैशाख २०८०
•
४ मिनेट पाठ
नेपाली मनमनमा क्रिकेट
केही दिनदेखिको झरी र बादलले आकाशको घाम छेकेको छ। यही समयमा एसिसी प्रिमियर कपको फाइलनलमा नेपाली टोलीको विजयसँगै नेपाली मनमा क्रिकेटको सूर्योदय भएको छ। एसिसी प्रिमियर कपको फाइनलमा मंगलबार युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट भएसँगै क्रिकेटमा नयाँ तरंग छाएको छ।  




एसिया कपका लागि छनोट मात्र होइन, नेपाल परेको समूहमा भारत र पाकिस्तानसमेत रहनुले पनि नेपाली टोली र क्रिकेटका समर्थकलाई थप रोमाञ्चित बनाएको छ। सेप्टेम्बरमा हुने म्याचअगावै नेपाली समर्थकले भारत र पाकिस्तानसँग हुने खेलको कल्पनासमेत गर्न भ्याएका छन्।  

फलामको च्युराझैं लाग्ने भारत र पाकिस्तानी टिमसँग पक्कै पनि नेपाली टोलीलाई सजिलो छैन। तर क्रिकेटको एक दिवसीय र्यांकिङमा १४आंै स्थानमा रहेको नेपालले तेस्रो स्थानको भारत र पाँचौं स्थानको पाकिस्तानलाई हराउन सक्ने कल्पना गर्न नेपाली समर्थक निकै आतुर देखिए। हुरी र झरीमाझ छाता ओढेर, रुखमा चढेर एसिसी प्रिमियर कप क्रिकेटको मज्जा लिएका उनीहरूको कल्पना कम्ता रमाइलो छैन।

‘गुल्सन झाले भारतका कुलदीप यादवको बलमा छक्का र सोही खेलमा विराट कोहोलीलाई आउट गरेको हेर्ने मन छ,’नेपाली टोलीको विजयको खबरसँगै सामाजिक सञ्जालमा मिलन रायमाझी लेख्छन्, ‘अनि पाकिस्तानसँगको खेलमा सन्दीप लामिछानेले बाबर आजमको विकेट लिएर नेपाली दर्शकतिर फर्केर चिच्याएको हेर्ने रहर छ।’  

कतिपयले क्रिकेटले सिंगो नेपाललाई जोड्न सफल भएको धारणा राखेका छन्। ‘सारा नेपालीलाई एक सूत्रमा बाँध्ने एउटा खेल,’सामाजिक सञ्जालमा रोज ब्लुमिङ लेख्छन्, ‘अनि सम्पूर्ण नेपालीको आशाको एउटा दियो।’  

अब एसियन कपमा गुल्सन झाले भारतका कुलदीप यादवको बलमा छक्का हानेको र सोही खेलमा विराट कोहोलीलाई आउट गरेको हेर्ने मन छ,’ सामाजिक सञ्जालमा मिलन रायमाझी लेख्छन्, ‘अनि अर्को खेलमा सन्दीप लामिछानेले पाकिस्तानी खेलाडी बाबर आजमको विकेट लिएपछि नेपाली दर्शकतिर फर्केर चिच्याएको हेर्ने रहर छ।
त्यस्तै कतिपयले नेपाली क्रिकेटमा भएको समावेशितालाई पनि सफलताको कारक मान्दै मुलुक पनि यस्तै समावेशी हुनुपर्ने धारणा राखेका छन्। ‘मल्ल, केसी, सार्की, झा, राजवंशी, ऐरी, पौडेल, कामी, सेख, लामिछाने, जिसी नेपाली टोलीका खेलाडी हुन्,’सामाजिक सञ्जालमा अमृत केसी लेख्छन्, ‘क्रिकेटलाई जस्तै देशलाई उचाइमा पुर्याउने हो भने टोलीबाट एकताको पाठ सिक्न जरुरी छ।’

त्यसो त नेपाल आजभन्दा २१ वर्षअघि पनि एसिया कपमा छनोट भएको थियो। तर कारगिल युद्धका कारण उक्त संस्करणको खेल रद्द भएपछि नेपालले शक्तिशाली क्रिकेट टोलीसँग खेल्ने अवसर गुमाएको थियो। अब सेप्टेम्बरमा हुने एसिया कपमा नेपालले एउटै समूहमा रहेका भारत र पाकिस्तानसँग क्रिकेट खेल्ने छ। नेपाली टोलीको सफलतासँगै विभिन्न क्षेत्रका व्यक्तिले खेलाडीको प्रशंसा गर्दै बधाई दिएका छन्। दलका नेतादेखि व्यापारी, सर्वसाधारण सबैको बधाईको ओइरो लागेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले एसिसी प्रिमियर कप क्रिकेटमा विजयी नेपाली टोलीलाई पुरस्कार दिने घोषणा गरेका छन्।

दाहालले खेलाडीको योगदानप्रति उच्च सम्मान प्रकट गर्दै सरकारका तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने बताएका हुन्। एसिसी प्रिमियर कप क्रिकेटमा विजेता नेपाली टोलीलाई बधाई दिँदै दाहालले भनेका छन्, ‘देशको पहिचान र प्रतिष्ठा एवम् नेपालीलाई ऊर्जा प्रदान गर्ने खेलाडीको योगदानको उच्च सम्मान गर्छु। सरकारका तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिबद्धता व्यक्त गर्छु।’

झरीले निभाउन नसकेको आशाको दियो  

त्यसो त नेपालले यो विजयका लागि मंगलबार पर्खनुपर्ने थिएन। सोमबार झरीका कारण खेल रोकिएपछि सफलताको सूर्य उदाउन मंगलबार कुर्नुपरेको हो। सोमबार युएईले २७.३ ओभरमा ९ विकेट गुमाउँदै १ सय ६ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो। खेललाई मंगलबार निरन्तरता दिँदा युएई ११७ रनमा अल आउट भयो। युएईविरुद्ध जितका लागि १ सय १८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेपछि एसिया कपको यात्रा सुनिश्चित बन्यो।

फेरि पनि मोन्टी म्याजिक

नेपाली टिमको सफलतासँगै प्रशिक्षक मोन्टी देसाईको पनि प्रशंसा र चर्चा सामाजिक सञ्जालमा भएको छ। देसाईले ओरालो लाग्दै गरेको नेपाली क्रिकेटमा खुसीको सञ्चार गरेका छन्। आइसिसी विश्वकप लिग–२ प्रतियोगिताअन्तर्गत कठिन अवस्थामा रहेको नेपाली टिमलाई अन्तिम समयमा सफलता दिलाउन उनी सफल बने। सुरुमा एक दिवसीय मान्यता जोगाउने अभिभारा पाएका देसाईको कुशल नेतृत्वले एक दिवसीय विश्वकप छनोटसम्मको यात्रा बनाउँदा सिंगो नेपाल खुसीले झुमेको थियो।  

‘ह्याप्पी ड्रेसिङ रुम’ भन्ने कोचिङ फिलोसोफी बोकेका देसाईको क्रिकेटमा जादु चलिरहेको छ। उनले टिमलाई मात्र होइन, सिंगो नेपाललाई खुसी दिएका छन्। उनको सफलताको कदर गर्दै नेपाल रिपब्लिक मिडियाले आफ्नो वार्षिकोत्सवका अवसरमा वैशाख ११ गते नागरिक नायकका रूपमा सम्मानसमेत गरेको थियो। ‘नेपाली क्रिकेटका सफल सारथि मोन्टी देसाईको म्याजिक एसियन कपमा पनि चलोस्,’ मंगलबारको फाइनल जितसँगै प्रभात बराल लेख्छन्, ‘मनको आकाशमा मात्र होइन, धरतीकै आकाशमा नेपाली क्रिकेट सधैं चम्किरहोस्।’
अर्को समाचार
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
११ मिनेट अघि
•
१ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
जुम्ला। राष्ट्रिय खेलकुदको उत्सव बोकेको ओलम्पिक टर्च र ट्रफी शनिबार जुम्लामा आइपुगेको छ। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचारप्रसारका लागि सुरु गरिएको टर्च तथा ट्रफी टुर म्याराथन धावक हरिबहादुर रोकायाको नेतृत्वमा जुम्ला पुगेको हो।




राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्दिरमा पुर्‍याएको छ। जुम्ला बजार परिक्रमा गराएर मन्दिरमा पुर्‍याइएको ट्रफी र ओलम्पिक टर्चले जिल्लामा राष्ट्रिय खेलकुदको माहोल सिर्जना गरेको छ। खेलकुदको राष्ट्रिय उत्सवलाई कर्णालीको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोड्ने उद्देश्यले गरिएको यस कार्यक्रमले जुम्लाको खेलकुद सम्भावनालाई समेत उजागर गरेको छ।

यसअघि शुक्रबार दैलेखको पवित्र धार्मिकस्थल श्रीस्थानस्थित अखण्ड ज्वालाबाट ओलम्पिक टर्च प्रज्वलन गरी ट्रफी टुरको शुभारम्भ गरिएको थियो। श्रीस्थानबाट सुरु भएको टर्च यात्रा जुम्ला हुँदै प्रतियोगिताको मुख्य खेलस्थल सुर्खेत पुगेर टुंगिनेछ।

कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचारप्रसार र खेलकुदप्रति जनउत्साह बढाउने उद्देश्यले राष्ट्रिय खेलकुद परिषद्ले टर्च तथा ट्रफी टुर सञ्चालन गरेको हो। प्रतियोगिताको सन्देश देशभर पुर्‍याउनुका साथै कर्णालीको ऐतिहासिक, धार्मिक र पर्यटकीय पहिचानलाई राष्ट्रियस्तरमा चिनाउने लक्ष्यसमेत टुरले राखेको छ।

टर्च तथा ट्रफी टुरमा ओलम्पियन दीपक विष्ट, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, म्याराथन धावक हरिबहादुर रोकाया, ओलम्पियन देबु थापा र कराँते खेलाडी मण्डेकाजी श्रेष्ठसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएका खेलाडी सहभागी छन्।

म्याराथन धावक रोकायाले खेलकुदमा सफलता प्राप्त गर्न निरन्तर मेहनत, अनुशासन र लगनशीलता आवश्यक पर्ने बताए। उनले खेलाडीले लक्ष्य प्राप्तिका लागि नियमित अभ्यास र समर्पणलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।

ओलम्पियन देबु थापाले जुम्लामा खेलकुदको सम्भावना राम्रो रहेको उल्लेख गर्दै त्यसलाई परिणाममा बदल्न खेलाडीलाई आवश्यक अवसर, प्रशिक्षण र पूर्वाधार उपलब्ध गराउनुपर्नेमा जोड दिए।

राष्ट्रिय खेलकुदको ट्रफी र ओलम्पिक टर्चको आगमनले प्रतियोगिताको प्रचारप्रसारसँगै नयाँ पुस्तामा खेलप्रतिको आकर्षण बढाउने अपेक्षा गरिएको छ। खेलकुदका दृष्टिले सम्भावनायुक्त कर्णालीमा प्रतिभाको पहिचान, विकास र अवसर विस्तार गर्नुपर्ने सन्देशसमेत टर्च टुरले दिएको छ।
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस