पोखरा स्पोर्टस अवार्डः अवार्ड वितरण पारदर्शिता कायम गर्न सुझाव
०३ वैशाख २०८०
•
३ मिनेट पाठ
पोखरा स्पोर्टस अवार्डः अवार्ड वितरण पारदर्शिता कायम गर्न सुझाव
पोखरा स्पोर्टस अवार्डको सातौं संस्करणसम्म आईपुग्दा जिल्ला खेल संघहरुले अवार्ड वितरणलाई पारदर्शि बनाउन सुझाव दिएका छन्। जिल्ला संघका पदाधिकारीहरुसँगको छलफलमा अवार्डको गरिमालाई जोगाई राख्न पादर्शिता हुनुपर्ने दोहोर्याएका छन्। उनीहरुले विगतमा अवार्ड वितरण भएपनि गुनासो रहित बनाउने तर्फ खेलकुद पत्रकार मञ्च गण्डकीले तदारुकता नदेखाएको गुनासो गरेका थिए। यद्यपी कास्की जिल्लाका खेल संघ तथा क्लबले सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ लाई सघाउने प्रतिवद्धता जनाएका छन्।  




छलफलमा कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल अवार्ड कार्यक्रम पारदर्शी हुनुपर्ने बताए। के कारणले अवार्ड पाए भन्ने जिज्ञासा सबैको हुने भएकोले यो जिज्ञासा मेटिने गरी प्रतिभा छनोट गर्न सुझाए। कास्की जिल्ला तेक्वान्दो संघका अध्यक्ष कुमार गुरुङले विगतका अवार्ड कार्यक्रमबाट पाठ सिकेर थप आर्कषक रुपमा कार्यक्रम सम्पन्न गर्नुपर्ने बताए। प्रतिभा छनोट गर्दा फ्रेन्डसिप गेम हो की अफिसियल गेम हो जानकारी लिनुपर्ने सुझाब दिए। यसअघिका संस्करणमा गुनासोरहित बनाउने प्रयासमा मञ्च जुटेको थियो। यद्यपी केही गुनासाहरु अवार्डको शुरुवात देखिनै रहँदै आएको छ।  

कास्की जिल्ला फेन्सिङ संघका अध्यक्ष विजय शाहीले राज्यले बाँड्ने अवार्ड पुरस्कार फेयर नहुने भएपनि पत्रकारले गर्ने कार्यक्रमले सही प्रतिभा छनोट गर्ने विश्वास व्यक्त गरे। उनले हरेक तीन–तीन महिनामा अन्तरक्रिया कार्यक्रम गरेर खेल गतिविधिको बारेमा मञ्चले जानकारी लिए प्रतिभा छनोट गर्न सहज हुने बताए।  

पोखरा महानगर खेलकुद विकास समिति अध्यक्ष दीपक बहादुर गोदारले खेल संघबिच समन्यवको कमी हुँदा अर्काले फाइदा लिएको गुनासो गरे। अवार्ड कार्यक्रमको आयोजनाले खेल क्षेत्रमा उत्साह थपिएको सुनाए। पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन कुमार प्रजापतिले खेलाडीलाई खेल जीवनबाटै जीवन धान्न सक्ने अवस्था बनाउनुपर्ने बताए। 

कास्की जिल्ला कबड्डी संघका अध्यक्ष समेत रहेका उनले अवार्ड कार्यक्रमलाई सफल बनाउन प्रतिवद्धता जनाए।  साइक्लिङ संघ कास्कीका अध्यक्ष शंकर भण्डारीले छनोट समितिमा खेलसंघका व्यक्ति राख्न सुझाए। मञ्चले खेल क्लबलाई समेत समेट्न खोज्नु सकारात्मक भएको उनको भनाई थियो।

कास्की जिल्ला टेबुल टेनिस संघका अध्यक्ष उत्तम जोशीले अवार्ड कार्यक्रमले खेल क्षेत्रमा उत्साह थपेको बताए। गण्डकी प्रदेशको कार्यक्रम हो भन्ने सन्देश जाने भएकोले सबै मिलेर यसलाई सफल बनाउनपर्नेमा उनले जोड दिए। नेपाल स्ट्रोङगेष्ट क्यँोकुशिन कराते संघका अध्यक्ष कृष्ण बहादुर नेपालीले डाटा संकलन समयमा नै हुनुपर्ने बताए।

कास्की जिल्ला आर्चरी संघका उपाध्यक्ष बसन्त गौचनले अवार्ड कार्यक्रम सफल पार्नु सबैको दायित्व भएको बताए। कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोक बहादुर गुरुङले खेलाडीलाई प्रोत्साहन दिने यो कार्यक्रम बृहत भएको बताए। कार्यक्रम भव्य बनाउन खेल संघले साथ दिनुपर्ने उनको भनाई थियो।

उनीहरुका जिज्ञासालाई मञ्चका अध्यक्ष दीननाथ बराल लगायतले पारदर्शिता बनाउने तर्फ प्रतिबद्धता जनाए। मञ्चले अघिल्ला संस्करणबाट सिकेको पाठका कारण कमी कमजोरी हुन नदिन मेहनत गर्ने प्रतिबद्धता गरे। खेल क्षेत्रमा लाग्नेहरुलाई प्रोत्साहन गर्नको लागि कार्यक्रमको आयोजना गर्दै आएको उनीहरुले प्रष्टाए।  

आगामी बैशाख २३ गते शनिबार पोखरा सभागृह हलमा आयोजना हुने सातौं सस्करणको पोखरा स्पोटर््स अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड दिने प्रदान गरिने छ।  
अर्को समाचार
सम्पत्ति लुकाउने मन्त्री
१४ वैशाख २०८१
•
३ मिनेट पाठ
सम्पत्ति लुकाउने मन्त्री
पारदर्शिता, उत्तरदायित्व र जिम्मेवारी सुशासनका मुख्य आधार हुन्। यिनको अभावमा लोकतन्त्र समृद्ध हुनै सक्दैन। अझ शासन सञ्चालन गर्ने ठाउँमा बसेका व्यक्तिका लागि त यी विषय अनिवार्य नै हुन्छन्। तर नेपालको सन्दर्भमा भने अहिले पनि सुशासनका यिनै मुख्य विषयलाई ओझेल पार्ने प्रयास हुँदै आएको छ। अहिले प्रधानमन्त्रीदेखि मन्त्रीहरूसम्मको सम्पत्ति विवरण गोप्य राखिनु यसैको प्रमाण हो।




अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा ३१ मा प्रधानमन्त्री र मन्त्रीले पद बहाल भएको ६० दिनभित्र र आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्रै तोकिएको निकायमा सम्पत्ति पेस गर्नुपर्ने उल्लेख गरेको छ। त्यसैगरी भ्रष्टाचार निवारण ऐनले पनि सम्पत्ति विवरण बुझाउनुपर्ने भनेको छ। तर यो ऐनको अपव्याख्या गर्दै उनीहरूले सम्पत्ति गोप्य राखिरहेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सम्बन्धित पदाधिकारी कानुनले बुझाउनु भनेको तर सार्वजनिक गर्नु नभनेकाले सार्वजनिक गर्नैपर्ने बाध्यता नरहेको जिकिर गर्दैछन्। यो भनेको कानुनको सरासर अपव्याख्या हो।

नेपालमा न्यायाधीश र अधिवक्ता मात्र हैन, नेता, कर्मचारीदेखि सर्वसाधारणसम्म कानुनलाई आफ्नो अनुकूल हुने गरी व्याख्या गर्न खप्पिस भइसकेका छन्। यही रोग प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पनि सल्केको देखिन्छ। किनकि सम्पत्ति विवरण बुझाउनुपर्छ भन्नुको मतलव त्यो अरूले थाहा पाउनुपर्छ भनेको हो। अरूले थाहा नपाए पनि हुने वा सार्वजनिक गर्नु नपर्ने सम्पत्ति विवरण बुझाउनु र नबुझाउनुको अर्थ के हो ? त्यसैले कानुनले गरेको पवित्र व्यवस्थालाई लत्याउँदै कानुनकै खिल्ली उडाउने काम कानुन कार्यान्वयन गर्ने निकायबाटै हुनु दुःखद पक्ष हो।

प्रधानमन्त्री र मन्त्रीहरू भनेको सामान्य व्यक्ति होइनन्। यिनैको खटनपटनमा मुलुक चल्छ। यस क्रममा उनीहरूले शक्तिको दुरुपयोग गरेर अनधिकृतरूपमा सम्पत्ति जोड्न सक्छन्। त्यसैले पदमा पुग्नुअघि र छाडेपछिको सम्पत्ति तुलना गर्न सकियोस् ताकि अनधिकृतरूपमा जोडिएको सम्पत्तिबारे थाहा होस् र त्यही आधारमा सजायको भागीदार बनाउन सकियोस् भन्ने कानुनको मक्सद हो। तर विडम्बना, जे मर्मका साथ कानुनमा व्यवस्था गरियो त्यही मर्म तुहाउन कुतर्क गर्ने काम अहिले सरकार सञ्चालकहरू गरिरहेका छन्।

केही महिना मात्र मन्त्री भएर बाहिरिँदा गाडी चढ्ने हैसियतमा पुगेको हुन्छ। पाँच–सात रोपनीको साहुमा परिणत हुन्छ। उसको कारोबार, सेयर आदि निकै चढ्छ। शंकास्पद व्यक्तिहरूसँगको उठबस घनिष्ठ हुँदै जान्छ। हो, मन्त्री हुनुअघिको र पछिको यस्तै अवस्था थाहा पाउने अधिकार सर्वसाधारणलाई हुनुपर्छ। किनकि यिनीहरूले दुरुपयोग गर्ने भनेको सर्वसाधारणले तिरेको करमा हो। आफूले खाइनखाइ तिरेको कर केमा खर्च भइरहेको छ वा कसले दुरुपयोग गरिरहेको छ भन्ने थाहा पाउने अधिकार लोकतन्त्रमा करदातालाई हुन्छ। लोकतन्त्रको सुन्दरतामध्ये एउटा यो पाटो पनि हो। तर लोकतन्त्रको यो सुन्दर विशेषतालाई कुल्चँदै अहिले सम्पत्ति सार्वजनिक गर्नु नपर्ने तर्क गरिँदैछ, त्यो लोकतन्त्रकै बर्खिलाप हो।

ऐनले सामान्य कर्मचारीको समेत सम्पत्ति विवरण पेस गर्न निश्चित समय तोकेको छ। तर प्रधानमन्त्री र मन्त्रीकै सम्पत्ति सार्वजनिक नभएपछि उनीहरूका सम्पत्ति सार्वजनिक गर्न बाध्य पार्ने नैतिकतासमेत सरकारसँग बाँकी रहन्न। जसरी मूल नै धमिलो भएपछि खोलो संग्लो हुनै सक्दैन, त्यसैगरी मन्त्रीहरू कानुन कार्यान्वयनमा चुकेपछि त्यसलाई तल्ला निकायहरूले पालना गरेनन् भन्न मिल्दैन। यही कारण पनि सार्वजनिक पद ओगटेका सबैको सम्पत्ति सार्वजनिक हुनै पर्छ।

परराष्ट्र, सुरक्षाजस्ता केही संवेदनशील क्षेत्रबाहेक मुलुकहरूले गोप्य राख्नुपर्ने विषय नै धेरै हुँदैनन्। यस अर्थमा गोप्य शब्दले शासकलाई निरकुंश बनाउन मात्र सघाउँछ। भ्रष्टाचारका लागि मैदान खुला गर्ने काम मात्र गरिदिन्छ। कसैप्रति उत्तरदायी हुन नपर्ने पाठ सिकाउँछ। जिम्मेवारी पूरा नगरे पनि कोहीसँग नडराउने साहस दिन्छ। र, समग्रमा यस्तो अवस्थाले उसको मनोबल दिन दुगुना, रात चौगुनाका दरले बढाउँदै जान्छ। अन्ततः मुलुक भड्खालोमा पर्ने सम्भावना निम्तिन्छ। त्यसैले यी सबै पक्षलाई ध्यानमा राखेर सरकारले तत्काल प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गर्नुपर्छ। त्यसपछि कानुनले व्यवस्था गरेका सबैको सम्पत्ति सार्वजनिक गरिनुपर्छ। यिनलाई पारदर्शी बनाउन वेबसाइटमा राखिनुपर्छ। त्यसो भएमा कानुनको पालना त हुन्छ नै, साथै शक्तिको दुरुपयोग  र भ्रष्टाचार कम गर्न सहयोग पुग्छ। 
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस