जुम्लामा १३ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। नेपाली सेनाको टुडिखेलमैदानमा सोमबार देखि प्रतियोगिता सुरु भएको हो।
प्रतियोगिताको उद्घाटन कर्णाली प्रदेशका सांसद देवेन्द्र बहादुर शाहीले गरे। उद्घाटन समारोहलाई सम्बोधन गर्दै सांसद शाहीले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य रहेको बताए।
जुम्लाका खेलाडीले राष्ट्रिय स्तरको प्रतियोगिता जित्दै पहिचान बनाउन सफल भएता पनि जुम्लाको हकमा खेल क्षेत्र हराउँदै गएको प्रति उनले गुनासो गरे।
जिल्ला खेलकुद विकास समिति जुम्लाका प्रमुख बरमबहादुर महतले जिल्लाका माध्यमिक स्तरका विद्यार्थीहरुले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने बताए। उनका अनुसार प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ। २७ गतेदेखि २९ गतेसम्म संचालन हुने प्रतियोगिताको नारा 'स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद' तय गरिएको उनले सुनाए।
जिल्ला खेलकुद विकास समिति जुम्लाका सदस्य सचिव संगिता आचार्यले जुम्लाका केही स्थानीय तहले खेलाडीलाई अपमानजनक व्यवहार गरेको बताइन्। राष्ट्रियताको पहिचान बनाउने खेलाडीलाई प्रतियोगितामा सहभागी गर्न कन्जुस्याइँ गरेको आरोप उनको थियो।
उनले बेला बखतमा खेलमा सहभागी हुन अपिल गरे पनि जुम्लाका केही स्थानीय तहका जनप्रतिनिधिले खेलाडीको प्रतिभालाई होच्याउने षड्यन्त्र गरेको समेत दाबी गरिन्।
उनले भनिन् 'त्यो राम्रो होइन, यस्तै जनप्रतिनिधिको कार्यशैली र गर्ने व्यवहारले खेलाडीको मनोबल बढ्ने भन्दा गिर्ने देखिन्छ।'
प्रतियोगितामा भलिबल, कबड्डी, कराँते, तेक्वान्दो, एथलेटिक्स लगायतका खेल समावेश गरिएको छ। प्रतियोगितामा जुम्लाका ६ वटा गाउँपालिकाका भित्रका विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन्।
जुम्लाका ८ वटा स्थानीय तह छन्। जसमध्ये सिंजा गाउँपालिका र गुठिचौर गाउँपालिका सहभागी भएका छैनन्।
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
बेलबारी नगरपालिका-११ स्थित लक्ष्मीमार्गको डाँगिहाट रंगशालामा पुस ४ देखि १० गतेसम्म हुन लागेको प्रतियोगिताबारे आयोजक डाँगिहाट युथ क्लबले शनिबार पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी गराएको हो। क्लबका अध्यक्ष विक्रम बान्तवा राईले बेलबारी क्षेत्रको पहिचान विभिन्न क्षेत्रबाट भइरहँदा खेलकुदबाट पनि अझ व्यापक गर्न गोल्डकपको आयोजना गरिएको बताए। उनले यस क्षेत्र विभिन्न जातजाति, भाषाभाषी, धर्मसंस्कृतिको संगमस्थल रहेको हुँदा यसको आफ्नै छुट्टै महत्व र स्थान रहे पनि खेल क्षेत्रबाट अझ विशेष बनाउनका लागि प्रतियोगिता आयोजना गरिएको प्रस्ट्याए।
प्रतियोगिता सुगम ठाउँमा गर्न जति सजिलो र सहज छ, त्योभन्दा पनि गाह्रो मोफसलको पनि यस्तो गाउँ झन् मोफसलमा कति गाह्रो र समस्याले गरेका छौं, अध्यक्ष बान्तवाले भने, ‘सुगम ठाउँमा हुने प्रतियोगितालाई प्रायोजक र आर्थिक सहयोग सबैतिरबाट जुट्छ। तर, सहरभन्दा बाहिर गाउँमा गरिने प्रतियोगितालाई प्रायोजन गर्न खोज्दैनन्। जसका कारण प्रतियोगिता भनेजस्तो गर्न सकिँदैन। हामीलाई यस क्षेत्रबाट विदेश जानुभएकाले र यहाँका स्थानीयवासी, व्यापारी र नगरपालिकाले सहयोग गर्दै आउनुभएको हुँदा आर्थिक समस्याकाबीच एउटा भव्य र सभ्य तरिकाले गोल्डकपको ९ औं संस्करणसम्म आइपुगेका छौं।’
प्रतियोगिताले निरन्तरता पाउनु हाम्रो आर्थिक गतिविधि पारदर्शिता पनि हो भन्ने लाग्छ, अध्यक्ष बान्तवाले भने। युवा वर्गलाई खेलकुद क्षेत्रमा आकर्षित गर्दै एउटा राम्रो खेलाडी उत्पादन गर्नुका साथै सभ्य समाज निर्माण गर्न सहयोग पुग्ने विश्वासका साथ प्रतियोगिता गर्न लागेको उनले बताए। यो मैदानमा दैनिक १ सय जनाले प्रशिक्षण गर्दै आएका छन्।
प्रतियोगितामा ८ वटा टोलीको सहभागिता रहेको छ। आयोजक डाँगिहाट युथ क्लब, सिरहाको सलहेश युवा क्लब, काठमाडौंको विभागीय टोली नेपाल पुलिस क्लब, काठमाडौंको थ्रीस्टार क्लब, काठमाडौंकै प्लानिङ ब्वाइज क्लब, झापाको रेडस्टार क्लब, भोजपुरको भोजपुर जिल्ला फुटबल संघ र भारतको मिक्स क्लब खार्साङले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताको विजेताले नगद ८ लाख र उपविजेताले ४ लाख रुपैयाँका साथै ट्रफी प्राप्त गर्नेछन्। त्यस्तै व्यक्तिगततर्फ सर्वोत्कृष्ट खेलाडीले ५१ हजार, उत्कृष्ट गोलरक्षक, प्रशिक्षक, सर्वाधिक गोलकर्ता र मिडफिल्डरले जनही १७ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। प्रत्येक खेलको प्लेयर अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन्।
प्रतियोगिता आयोजना गर्दा करिब ७६ लाख १ हजार रुपैयाँ आम्दानी हुने र ७२ लाख ७४ हजार अनुमानित खर्च रहेको आयोजकले जनाएको छ।
प्रतियोगिता रनिङ शिल्ड भएकाले एक पटक झापा र एक पटक काठमाडौंको प्लानिङ ब्वाइज क्लबले लगिसकेका छन्। गतवर्ष काठमाडौंको प्लानिङ ब्वाइज क्लब र सिरहाको सलहेश युवा क्लबबीच भएको फाइनल खेलमा प्लानिङ क्लबले उपाधि जितेको थियो।
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...