युनाइटेड तेस्रो स्थानमा उक्लियो
२६ चैत्र २०७९
•
३ मिनेट पाठ
युनाइटेड तेस्रो स्थानमा उक्लियो
रेलिगेसन क्षेत्रमा रहेको एभर्टनविरुद्ध शनिबार स्कट म्याकटोमिने र एन्थोनी मार्सियलले गोल गरेपछि इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड आगामी सिजनको च्याम्पियन्स लिगमा स्थान बनाउने संघारमा पुगेको छ।




घरेलु मैदान ओल्ड ट्राफोर्डमा २–० को सुखद नतिजा निकालेपछि प्रशिक्षक एरिक टेन हागको टोली युनाइटेड तेस्रो स्थानमा पनि उक्लिएको छ। स्पष्ट तीन अंक बटुलेसँगै युनाइटेड पाँचौं स्थानको टोटेनह्यामभन्दा ६ अंकले अगाडि रहेको छ। शीर्ष स्थानको आर्सनलभन्दा ६ अंकले नै पछाडि छ। एक स्थानमुनि रहेको न्युक्यासल युनाइटेडसँग तीन अंकको अग्रता लिएको युनाइटेडमा मार्कोस रसफोर्डको खेल निकै तारिफयोग्य रह्यो। ८१ मिनेट मैदानमा प्रभाव छाड्दै रसफोर्ड मैदान बाहिरिएका थिए। उनको स्थानमा जाडोन सान्चो मैदान प्रवेश गरे। रसफोर्डको उत्कृष्ट खेलले युनाइटेड बलियो टोलीको रूपमा देखिएको थियो।

युनाइटेड यस सिजन एफए कप र युरोपा लिगको अपेक्षामा रहेको छ। आगामी खेलमा युनाइटेडले सेभियासँग युरोपा लिगको क्वार्टरफाइनल खेल्ने तालिका छ। जितपछि युनाइटेडका प्रशिक्षका टेन हागले आगामी छ दिनभित्र तीन खेल खेल्नुपर्ने भएकाले राम्रा खेलाडीलाई आराम दिनु परेको बताए। सबैले उत्कृष्ट खेलको अपेक्षा गर्ने भएकाले सहज अवस्थामा खेलाडीलाई आराम दिएको उनले उल्लेख गरे।

‘हामी सधैं राम्रो खेलका लागि प्रयास गरिरहेका छौं। त्यसैले राम्रा खेलाडीलाई आराम दिनुपर्ने भएको छ,’ टेन हागले भने, ‘हामीले आगामी छ दिनभित्र तीन खेल्नु पर्नेछ। सो कारणले खेलाडी बचाउनु पर्ने मेरो बाध्यता हो।’

खेलको ३६औं मिनेटमा स्कटले गोल गर्दै युनाइटेडलाई सुरुआती अग्रता दिलाए। चलाखीपूर्ण तरिकाले सान्चोले उपलब्ध गराएको पासलाई स्कटले आकर्षक शैलीमा गोल गरेका हुन्। त्यस पछिको पहिलो हाफमा पाहुना टोली एभर्टनले आक्रामक खेल देखायो। तर, खेलमा भने फर्किन असफल रह्यो। एक गोलले पछि परेको एभर्टन दोस्रो हाफमा पनि घरेलु टोलीसँग निरिह नै बन्यो। युनाइटेडको लगातार काउन्टर प्रयास रोक्न एभर्टनका डिफेन्डर निकै ब्यस्त रहे। आक्रामक खेलेको युनाइटडले ७१औं मिनेटमा मार्सियलको गोलबाट अग्रता दोब्बर बनायो। रसफोर्डको पासलाई उनले जाली चुमाएका हुन्। बाँकी समयमा युनाइटेडले प्रयास गरे पनि थप गोल गर्न सकेन।

जितपछि युनाइटेडको आगामी सिजनमा च्याम्पियन्स लिग सम्भावना बलियो बन्दै गएको छ। पराजित एभर्टन भने रेलिगेसन क्षेत्र नजिकै छ। एभर्टन रेलिगेसन क्षेत्रको बर्नमाउथभन्दा दुई स्थानमाथि रहे पनि गोलअन्तरले मात्र अगाडि छ। रेलिगेसन क्षेत्रका टोलीले सुखद नतिजा निकाल्दा एभर्टनको रेलिगेसन क्षेत्रमा झर्ने सम्भावना पनि छ। युनाइटेडका सदस्य रसफोर्डले यस अघि बुधबार ब्रेन्टफोर्डसँग पनि निर्णायक गोल गरेका थिए। उक्त गोलसँग हागले रसफोर्डको निकै प्रशंसा पनि गरेका थिए।

उक्त गोल रसफोर्डको जारी सिजनमा २८औं हो। तर, पछिल्ला समय उनी चोटका कारण नियमित रूपमा टोलीमा अटाउन सकेका छैनन्। क्रिस्टियन एरिक्सन कुर्कुचाको चोटपछि शनिबार खेलमा फर्किए। उनी अन्तिम १३ मिनेट बाँकी रहँदा सान्चोको स्थानमा मैदान प्रवेश गरे। शीर्ष स्थानको आर्सनलसँग समान २९ खेल खेल्दै अन्तर छोट्याएको युनाइटेडले दुई साताको मध्यतिर युरोपा लिगको क्वार्टरफाइनलमा सेभियासँग प्रतिस्पर्धा गर्दै छ। पहिलो लेग अप्रिल १४ मा हुनेछ भने दोस्रो लेग अप्रिल २१ मा हुँदै छ।  
अर्को समाचार
दोस्रो स्थानमा उक्लियो युनाइटेड
१६ पौष २०७७
•
१ मिनेट पाठ
दोस्रो स्थानमा उक्लियो युनाइटेड
उल्भ्सविरुद्ध इन्जुरी समयमा गरेको गोल निर्णायक बनेपछि मंगलबार म्यानचेस्टर युनाइटेड इङ्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ। अन्तिम समयमा गोल गर्दै जित निकालेको ओले गनर सोल्सजायरको टोली युनाइटेडलाई जित दिलाउन मार्कुस रसफोर्डले गोल गरेका हुन्।  




पहिलो र दोस्रो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए। तर इन्जुरी समयमा बु्रनो फर्नान्डेजको पासमा रसफोर्डले गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए। दोस्रो स्थानमा उक्लिएको युनाइटेड शीर्ष स्थानको लिभरपुलभन्दा दुई अंकले पछि छ। युनाइटेडले १५ खेलबाट ३० अंक जोडेको छ। समान खेलबाट लिभरपुलको ३२ अंक छ।  

जारी सिजनमा युनाइटेडले खेलेका १५ मध्ये तीन खेलमा इन्जुरी समयमा गोल गर्दै जित निकालेको हो। ‘अघिल्लो सिजन हामीले आत्मसात् गरेको लयलाई समात्ने प्रयास गरेका छौं,’ युनाइटेडका प्रशिक्षक सोल्सजायरले भने, ‘अन्तिम समयमा जित निकाल्ने हाम्रो संस्कृति नै बनिरहेको छ। समर्थकको समर्थनले खेलाडीमा थप हौसला पनि मिलेको छ।’

संघर्षपूर्ण जित निकाल्न सफल युनाइटेडका सोल्सजायरले यही नतिजा आगामी दिनमा पनि हात लागे टोलीको सिजन सफल हुने बताए। ‘केही खेलमा राम्रो प्रदर्शन गरे पनि सबैमा सन्तुलित खेल देखाउन सकेका छैनौं। जित निकाल्न निकै संघर्ष गर्नुपरेको छ,’ प्रशिक्षक सोल्सजायरले थपे, ‘पछिल्ला तीन सिजन उल्भ्ससँग हामी ७ पटक प्रतिस्पर्धा गरेका छौं। तर कुनै पनि खेलमा धेरै गोल भएका छैनन्। जित कठिन तरिकाले सम्भव भएको छ।’

प्रिमियर लिगकै अर्को खेलमा १३औं स्थानको आर्सनलले ब्राइटनलाई १–० ले हराउँदा ११औं स्थानको लिड्स युनाइटेडले वेस्ट ब्रोममाथि ५–० को फराकिलो जित निकाल्यो। यस्तै बर्नलीले शेफिल्ड युनाइटेडलाई १–० ले स्तब्ध पार्दा वेस्ट ह्याम युनाइटेड र साउथह्याम्पटनले गोलरहित बराबरी खेल्दै अंक बाँडे।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस