ए डिभिजन लिगः थ्रि स्टार विजयी
२३ चैत्र २०७९
•
२ मिनेट पाठ
ए डिभिजन लिगः थ्रि स्टार विजयी
राजधानीमा जारी शहीद स्मारक 'ए' डिभिजन लिगमा बिहीबार साबिक विजेता मच्छिन्द्र फुटबल क्लब हिमालयन शेर्पासँग रोकिँदा अर्को खेलमा थ्री स्टार विजयी भएको छ। 




भुटानी कप्तान चेन्चो ग्याल्सेनसहित मैदान उत्रिएको साबिक विजेता मच्छिन्द्र फुटबल क्लब बिहीबार हिमालयन शेर्पा क्लबसँग १–१ को बराबरीमा रोकिएको हो। यस्तै अर्को खेलमा थ्री स्टार क्लबले विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि १–० को सङ्घर्षपूर्ण जित निकाल्यो। एन्फा कम्प्लेक्समा भएको प्रतिस्पर्धामा हिमालयन शेर्पाले अग्रता लिएको थियो। तर अन्तिम चार मिनेटमा अग्रता कायम राख्न नसक्दा हिमालयनले बलियो मच्छिन्द्रसँग अङ्क बाँड्न बाध्य भएको हो।

निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले पहिलो हाफ गोल रहित बराबरी खेलेका थिए। दोस्रो हाफमा अङ्क जोड्ने लक्ष्यका साथ आक्रामक खेलेका दुवै टोलीले केही राम्रा अवसर बनाए पनि बललाई पोस्टको दिशा दिन असफल भएका थिए। 

अन्तिमतिर काउन्टरको प्रयास गरेको हिमालयनले निर्धारित खेल सकिन ४ मिनेट बाँकी रहँदा सत्यम शर्माले पेनाल्टीबाट अग्रता दिलाएका थिए। निशान लिम्बूको प्रहार मच्छिन्द्रका रक्षक छिरिङ गुरुङको हातमा लागेपछि हिमालयनले पेनाल्टीको अवसर पाएको थियो। उक्त अवसरमा सत्यमले सहजै गोलमा परिणत गर्दा हिमालयनले अग्रता पाएको थियो। पछि परेसँगै खेलमा फर्किने प्रयासमा रहेको मच्छिन्द्रले इन्जुरी समयमा गोल गर्दै हारको सङ्कट टार्‍यो। विमल घर्ती मगरले गोल गर्दै टोलीको हारलाई बचाएका हुन्। यस बराबरीसँगै हिमालयनले ६ खेलमा ६ अङ्क जोड्दा मच्छिन्द्रको पनि समान खेलमा ६ अङ्क नै छ।
लिग अन्तर्गत बिहीबार नै भएको अर्को खेलमा थ्री स्टारले विभागीय टोली त्रिभुवन आर्मीमाथि १–० को रोमाञ्चक जित निकाल्यो। थ्री स्टारलाई स्पस्ट अङ्क दिलाउने क्रममा फरवार्ड मार्टिन कायोडे अजाइले पहिलो हाफमा गरेको गोल नै निर्णायक बनेको हो।

च्यासल मैदानमा सम्पन्न खेलमा थ्री स्टारले १७ औँ मिनेटमा अग्रता लिएको थियो। काउन्टरको प्रयास गरेको अवस्थामा अजाईले कप्तान विक्रम लामाले उपलब्ध गराएको पासलाई जाली चुमाउन सफल भएका थिए। त्यसपछि आर्मी खेलमा फर्किनका लागि निकै सङ्घर्ष गरे पनि सफल हुन सकेन। यद्यपि दुवै टोलीले गोलका लागि केही राम्रा अवसर सिर्जना गरे पनि सदुपयोग गर्न सकेनन्। 

राष्ट्रिय टोलीमा अटाएका खेलाडी भए पनि आर्मीले अपेक्षा अनुसारको प्रदर्शन गर्न सकेन र अङ्क सुम्पिन बाध्य बन्यो।  यससँगै थ्री स्टारले ६ खेलबाट लिग तालिकामा १० अङ्क जोडेको छ। उता पराजय भोगेको आर्मीको समान खेलबाट ८ अङ्क छ। सातौँ चरणमा थ्री स्टारले चैत २७ गते मनाङ मर्स्याङ्दी तथा आर्मीले चैत २६ गते सातदोबाटो यूथ क्लबको सामना गर्नेछन्।
लिगमा शुक्रवार पनि दुई खेल हुनेछन्। च्यासल मैदानमा मनाङ मर्स्याङ्दी फुटबल क्लब र फ्रेण्ड्स क्लब तथा एन्फा मुख्यालयमा खुमलटार यूथ क्लब र जावलाखेल यूथ क्लबबिच प्रतिस्पर्धा हुनेछ। 
अर्को समाचार
ए डिभिजन लिगः आज चार खेल
२१ जेष्ठ २०८०
•
१ मिनेट पाठ
ए डिभिजन लिगः आज चार खेल
शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज ४ खेल हुँदैछन् । जसमध्ये दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल तथा एक खेल एन्फा कम्प्लेक्समा हुनेछ।




खेलहरु दिउँसो ३ बजे र साँझ ६ बजे हुनेछन्। दिनको पहिलो खेल दिउँसो ३ बजेसंकटा क्लव र खुमलटार युथ क्लवबीच एन्फा कम्प्लेक्समा प्रतिस्र्धा हुँदा दोस्रो खेल दशरथ रंगशालामा न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पाबीचको खेल पनि दिउँसो तीन बजे नै शुरु हुनेछ भने तेस्रो खेल च्यासल मैदानमा मच्छिन्द्र र नेपाल पुलिसबीच दिउँसो ३ बजेबाट नै शुरु हुनेछ।

यस्तै अन्तिम खेल साँझ ६ बजे दशरथ रंगशालामा मनाङ मस्र्याङ्दी क्लव र फ्रेण्ड्स क्लवबीच हुनेछ।
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस