बार्सिलोनाले आइतबार भ्यालेन्सियालाई हराउँदै स्पेनिस ला लिगाअन्तर्गत शीर्ष स्थानको अग्रता फराकिलो पार्दा साबिक विजेता रियाल मड्रिड भने रियाल बेटिससँग गोलरहित बराबरीमा रोकिएको छ।
१६औं मिनेटमा राफिन्हाले गरेको एक मात्र गोलमा बार्सिलोनाले शीर्ष स्थानको अग्रता थप फराकिलो बनाएको हो। तर फेरान टोरेसले पेनाल्टीको अवसर गुमाउँदा र रोनाल्ड अरूजो रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिँदा बार्सिलोना दबाबमा परेको थियो। अरूजोेले ५९औं मिनेटमा रातो कार्डको दर्शन गरेपछि बार्सिलोनाले १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको थियो।
‘हामीले अग्रता लिएपछि पनि धेरै गोलको अवसर बनाएका थियौं, तर हामीले त्यसको सदुपयोग भने गर्न सकेनौं, जसले टोलीमाथिको दबाब थपियो,’ बार्सिलोनाका प्रशिक्षक जाभीले भने, ‘हामीले सहज जित निकाल्नुपर्ने हो तर पेनाल्टीको अवसर गुमाउँदा र १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गर्दा हामीलाई तीन अंकसहित शीर्ष स्थानमा अग्रता बढाउन थप निकै समस्या पर्यो।’
बार्सिलोनाले गत साता बिहीबार कोपा डेल रेको सेमिफाइनल पहिलो लेगमा रियाल मड्रिडमाथि १–० को जित निकालेको थियो। बार्सिलोना टोलीका लागि उच्च गोलकर्ता रहेका स्ट्राइकर रोबर्ट लेवान्डोवस्कीबिना मैदान उत्रिएको थियो।
बार्सिलोना २४ खेलमा ६२ अंकसहित शीर्ष स्थानमा यथावत् छ। जुन दोस्रो स्थानको रियालभन्दा नौ अंक बढी हो। तेस्रो स्थानको एट्लेटिको मड्रिडको ४५ र चौथो स्थानको रियाल सोसिडाडको ४४ अंक रहेको छ।
रियालको भने बेटिससँगको बराबरीसँगै ला लिगाको उपाधि जित्ने लक्ष्यमा गम्भीर धक्का लागेको छ। १२औैं मिनेटमा करिम बेन्जेमाको गोलमा रियालले अग्रता लिएको थियो तर भिएआरले सो गोललाई मान्यता नदिँदा रियाल निराश बनेको थियो। त्यस्तै बेटिसका गोलकिपर क्लाउडियो ब्राभोले लगातार बेन्जेमा र भिनिसियस जुनियरको प्रहार रोकेका थिए।
रियालका गोलकिपर थिबाउट कोर्टोइसले पनि बेटिसका दुई प्रहार विफल पारेका थिए। पाँचांै स्थानको बेटिसको ४१ अंक छ। जुन चौथो स्थानको सोसिडाडभन्दा मात्र ३ अंक कम हो। बेटिसले बिहीबार युरोपा लिग अन्तिम १६ को पहिलो लेगमा इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ। ‘हामीले स्वाभाविक लय कायम राख्न सकेका छैनांै,’ रियालका प्रशिक्षक कार्लो एन्सेलोट्टीले भने, ‘त्यो नै टोलीको ठूलो कमजोरी हो।’