दशौं राष्ट्रिय खेलकुदः संघीयताले कर्णालीलाई दिएको मौका
२१ फागुन २०७९
•
४ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदः संघीयताले कर्णालीलाई दिएको मौका
सुर्खेतमा निर्माणाधिन प्यारापिटसहितको फुटबल मैदान। तस्बिरः धन बस्नेत/सुर्खेत
‘दौडिन्छ कर्णाली’। एथलेटिक्समा कर्णाली अब्बल छ। धावकहरु जन्मिएका छन्। दौडेरै इतिहास लेखेका छन्। अल्ट्राधावक हरिबहादुर रोकायादेखि मिरा राईसम्मले इतिहास बनाएका छन। त्यसैले त कर्णालीले आफुलाई दौडाउने तयारी गरेको छ। एथलेटिक्सलाई लक्षित गर्दै कर्णालीले ‘दौडिन्छ कर्णाली’ नारा दिएको छ।




दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना कर्णालीले नै गर्दैछ। कर्णालीले २०७९ कात्तिक ३ गते पोखराबाट राष्ट्रिय खेलकुद प्रतियोगिताको झण्डा बोक्यो। झण्डा बोकेसँगै कर्णालीले राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको जिम्मेवारी पायो। संघीयतासँगै कर्णाली प्रदेशलाई बृहत खेलकुद महोत्सव आयोजनाको अवसर जुर्यो। सायद संघीयता नभएको भए बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको अवसर नै पाउने थिएन्। पूर्वाधार पनि थिएनन्, सधैं मध्यपश्चिमको ओझेलमा थियो, अझै ओझेलमै रहन्थ्यो।

राष्ट्रिय खेलकुदलाई लक्षित गर्दै कर्णाली प्रदेशको सदरमुकाम सुर्खेतको विरेन्द्रनगर नगरपालिकामा खेलकुद पूर्वाधार निर्माण शुरु भईसकेको छ। पूर्वाधार बनाउने जग्गा सुर्खेत उपत्यका नगर विकास समितिले भोगाधिकार दिएको छ। समितिले २०४२ सालमै खेलकुदको लागि आफनो स्वामित्वको जग्गालाई खेलकुदलाई भोगाधिकार दिईसकेको छ।

२०६४ सालमा बहुउद्देश्यीय कभर्ड हल निर्माण गर्ने स्वीकृति पाएको थियो। भोगाधिकार पाएपनि खेलकुद पूर्वाधार बनाउन झण्डै ३९ वर्ष लाग्यो। देश संघीय संरचना पुग्यो। संघीयताले ‘एक प्रदेश एक रंगशाला’ उदघोष गर्यो। उदघोषले उपत्यका नगरविकास समितिले उपलब्ध गराएको ९ विघा(११७ रोपनी) क्षेत्रफलमा खेलकुद पूर्वाधारका काम शुरु भयो।

२०७८ मंसिर दोस्रो साता सम्झौता भयो। सम्झौतासँगै कामले रफ्तार लिएको छ। ‘४० प्रतिशत भौतिक पूर्वाधार कामको प्रगति भईसकेको छ,’ प्रदेश खेलकुद परिषद कर्णालीका सदस्य सचिव विश्वमित्र सञ्ज्यालले भने‘कामको प्रगति अनुसार सम्झौता समयवाधि भित्रै पुरा गर्ने छौं।’  

संघीयतापछि नै कर्णालीले बृहत खेलकुद आयोजनाको अवसर प्राप्त गरेको उनी सुनाउँछन्। भन्छन–‘संघीयताले कर्णालीलाई दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको अवसर प्राप्त गरेको हो।’ संघीयताकै सुन्दर पक्ष हो ‘सुर्खेतको प्रादेशिक रंगशाला।

नेपालकै पहिलो प्रादेशिक रंगशाला समेत हो। कर्णाली प्रदेशले १ अर्ब ७० करोड रुपैयाँको लागतमा नौविघा क्षेत्रफलमा विभिन्न खेल पूर्वाधार बनाउने एम.ए कन्ट्रक्सन र ग्रेट स्पोर्टस लिमिटेड भारत(एमएसी–जिएसएल, जोईन्ट भेन्चर) कम्पनीले पाएको छ। सम्झौता अनुसार २०८१ जेठ मसान्तसम्म काम टुंग्याउनुपर्नेछ।  

१० हजार दर्शक क्षमताको प्यारापिट निर्माणाधिन छ। ८ लेनको एथलेटिक्सको सिन्थेटिक ट्रयाक निर्माण गरिदैं छ। दर्शक प्यारापिटको मुनि बेसमेन्टमा पार्किङस्थल बनाइएको छ। दुईवटा प्यारापिट मुनि पार्किङ गर्न सकिन्छ। एकातिर चारपाङ्ग्रे र अर्को तर्फ दुई पाङग्रे। सय मिटर लम्बाईको प्यारपिट मुनि झण्डै एकसयवटा सवारी पार्किङ गर्न सकिने छ। ‘नौविघा क्षेत्रफलमा फुटबल मैदान, एथलेटिक्स ट्रयाक, बहुृउद्देश्यीय कभर्ड हल, पौडी पोखरी, दुईवटा बास्केटबल कोर्ट, ह्याण्डबल र भलिबल कोर्ट बनाउने योजना छ।  

कम्पनीका प्रोजेक्ट इन्चार्ज इन्जिनियर पुरुषोत्तम बरालले भने, ‘बास्केटबल, भलिबल र ह्याण्डबलको काम शुरु भईसकेको छैन्। अरु पूर्वाधार धमाधम काम अघि बढेको छ।’ उनका अनुसार बहुउद्देश्यीय कभर्ड हलभित्र ह्याण्डबल खेल्न सकिन्छ। २५मिटर लम्बाई २५ मिटर चौडाईको पौडी पोखरी निर्माण भईरहेको छ। फुटबल मैदानमा दुवो रोपिसकिएको उनले बताए । प्रादेशिक रंगशालाको दिगो आन्तरिक स्रोतकै लागि व्यवसायिक प्रयोजनका ४० वटा सटर समेत निर्माण गर्ने योजनापनि सम्झौतामा समेटिएको छ।  

उपत्यका नगरविकास समितिकै स्वामित्वमा रंगशालाकै उत्तर तर्फ खुला चौर छ। खुला चौरलाई प्रदेश खेलकुद परिषद कर्णालीले क्रिकेट मैदान बनाउने योजना बनाएको छ। ‘उत्तरतर्फको चौरलाई पूर्वाधारयुक्त नबनाई खुला नै राख्ने गरी क्रिकेट मैदान बनाउने प्रस्ताव गरेका छौं’ सदस्य सचिव सञ्ज्यालले भने्, ‘सम्भव भएसम्म त्यही चौरलाई क्रिकेट मैदान बनाउँछौं।’ उनले खेलकुदलाई कर्णालीको सदरमुकाममा मात्रै सीमित नराख्ने स्पष्ट पारेका छन्।  

उनको भनाई अनुसार खेलकुदको विकास विकेन्द्रीकरणबाट मात्रै सम्भव छ। पर्यटनसँग जोडेर अन्य जिल्लामा समेत आवश्यक खेल पूर्वाधार बनाई खेलकुद प्रतियोगिता आयोजना गर्ने छलफल भईरहेको उनले सुनाए। ‘रुकुमको चौरजहारीमा ७० करोड लागतमा रंगशाला बनाउने तयारी छ,’ सदस्य सचिव सञ्ज्ज्याल बताउँछन्।  
अर्को समाचार
कर्णाली प्रदेश सरकार गठन, ५ जना मन्त्रीले खाए शपथ
१८ वैशाख २०८१
•
१ मिनेट पाठ
कर्णाली प्रदेश सरकार गठन, ५ जना मन्त्रीले खाए शपथ
कर्णाली प्रदेश सरकारमा ५ जना मन्त्रीले शपथग्रहण गरेका छन्। मंगलवार दिउँसो प्रदेश प्रमुखको कार्यालयमा ५ जना मन्त्रीले शपथ ग्रहण गरेका हुन्।




माओवादीबाट ३ जना र एमालेबाट २ जना सांसदले शपथग्रहण गरेका छन्। एमालेबाट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री मुख्यमन्त्रीबाट नाम सिफारिस भएका सांसद विनोद कुमार शाहले शपथग्रहण बहिष्कार गरेका छन्। उनीले भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रीमा इच्छा राखेको एमाले निकट श्रोतले जनाएको छ।

मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रीको नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठनका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएसँगै मन्त्रीमा नियुक्त भएकाहरूमा माआवोदीबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा महेन्द्र केसी, सामाजिक विकास मन्त्रीमा वीरबहादुर शाही, र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रीमा दुर्ग रावतले शपथ खाएका छन्।

त्यस्तै एमालेबाट भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रीमा शेरबहादुर बुढा, भौतिक  पूर्वाधार तथा शहरी विकास राज्यमन्त्रीमा गोमता विकले शपथ खाएका छन्। यसअघि माओवादीबाट विनाविभागिय मन्त्री शपथ खाएका रनसिंह परिवार जलश्रोत तथा ऊर्जा विकास मन्त्री भएका छन्।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस