सुर्य नेपाल गल्फ टुरः सञ्जय लामाको टोलीलाई प्रो–एम उपाधि
१३ फागुन २०७९
•
१ मिनेट पाठ
सुर्य नेपाल गल्फ टुरः सञ्जय लामाको टोलीलाई प्रो–एम उपाधि
सुर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत सुर्य नेपाल वेष्टर्न ओपनको अन्तिम दिनको प्रो–एम प्रतिस्पर्धाको उपाधि प्रोफेसनल गल्फर सञ्जय लामाको टोलीले जितेको छ।




शनिबार पोखरा–१४ छिनेडाडाँस्थित पार ६९ को हिमालयन गल्फ कोर्षमा भएको प्रो–एम प्रतिस्पर्धामा लामाको टोलीले १३८ को स्कोरसहित उपाधि जितेका हुन। लामा(३४) टोलीमा एमेच्योर खेलाडीमा पोखराका राजु थकाली (३५), सन्तोष गुरुङ(३५) र ब्रिगेडियर जनरल सुदर्शन सिल्वाल(३४) रहेका थिए।

त्यसैगरी निरज तामाङको टोली उपविजेता बन्यो। टोलीले १२३ को स्कोर बनायो। टोलीमा महिला गल्फर सुष्मा सिग्देल(३२, दिपक कार्की(३०) र अर्जुनकुमार कार्की (२९) सहित दोस्रो स्थानमा रहे।

तेस्रोस्थानमा भने बलबहादुर राई(२८)को टोली आउन सफल भयो। टोलीमा राजेन्द्र गौचन(२८), सन्देश सिग्देल(२८) र रविन्द्र तिवारी(२८) सहित समग्रमा १०७ स्कोर जोड्दै तेस्रो स्थान चिक्त बुझायो। स्टेबल फोर्ड फुल ह्याण्डीक्यापमा खेलाईएको प्रतिस्पर्धामा प्रो–एमकै प्रतिस्पर्धामा व्यक्तिगत सर्वाधिक स्कोर भने सुष्मा सिग्देलको रह्यो। उनले ३२ अंकको कार्ड बनाईन् । त्यसैगरी लङ्गेष्ट ड्राईभमा प्रकाश गुरुङ र क्लोजेष्ट टु दि पीनको पुरस्कार दिपक कार्कीले जिते।

प्रो–एम प्रतिस्पर्धासँगै सुर्य नेपाल गल्फ टुरको पोखरा सिजन टुंगिएको छ। सिजनको उपाधि भने शुक्रबहादुर राईले गएको शुक्रबार उचाले। उनले निकै कठिन मानिने पोखराको हिमालयन गल्फ कोर्षमा दोस्रो पटक उपाधि आफनो नाममा लेखाए। हिमालयन गल्फ कोर्षमा शिवराम श्रेष्ठको ९ अण्डरको कीर्तिमान छ। श्रेष्ठले पार ७० को कोर्ष हुदाँ कीर्तिमानी राखेका हुन् । अहिले कोर्ष पार ६९ को बनाइएको छ।
अर्को समाचार
सुर्य नेपाल गल्फ टुर ः रबिलाई उछिन्दै भुवन शीर्षस्थानमा
२२ मंसिर २०७९
•
२ मिनेट पाठ
सुर्य नेपाल गल्फ टुर ः रबिलाई उछिन्दै भुवन शीर्षस्थानमा
सुर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सुर्य नेपाल काठमाडौं ओपनको तेस्रो दिन भुवन नगरकोटी शीर्षस्थानमा उक्लिएका छन्। १–अन्डर ६७ को स्कोरमा समग्रमा १०–अन्डर १ सय ९४ सहित शीर्षस्थानमा उक्लन सफल भएका हुन्। दुई दिनका लिडर रबि खड्काले बिर्सनलायक प्रदर्शन गर्दा भुवनको उपाधि होड निकै मजबुत बनेको छ। भुवनले रबि र शुक्र बहादुर राईलाई अन्तिम १८ होलको खेल बाकी छदा नौ स्ट्रोकले पछि पारेका छन्।  




शुक्रले १–अन्डर ६७ मा तेस्रो दिनको खेल सकाए। रबिले ९–ओभर ७७ को खराब प्रदर्शन गरे। दुवैजना समग्रमा १–अन्डर २ सय ३ को नतिजामा संयुक्तरुपमा दोस्रो स्थानमा छन्। धन बहादुर थापा, दिनेश प्रजापति र कृष्णमान राजबाहक समग्रमा १–ओभर २ सय ५ का साथ संयुक्तरुपमा चौथो स्थानमा रहेका छन्। धनले ३–अन्डर ६५, दिनेशले २–अन्डर ६६ र कृष्णमानले इभन–पार ६८ मा खेल सकाए। ३–ओभर ७१ को नतिजा सहित प्रदीप कुमार लामा समग्रमा ३–ओभर २ सय ७ सहित सातौ स्थानमा छन्। रमेश अधिकारी र सुर्य प्रसाद शर्माले समग्रमा ४–ओभर २ सय ८ को नतिजामा संयुक्तरुपमा आठौ स्थान बाडे।  

३६ होलको समाप्तीमा भुवन मात्र एक स्ट्रोकले पछि थिए। तर तेस्रो दिन १–अन्डर ६७ को स्कोर बनाउदा उनले नौ स्ट्रोकलो अग्रता बनाए। दोस्रो होलमा बोगी खेपे पनि चौथो र आठौ होलको बर्डीले फ्रन्ट नाइन १–अन्डर ३३ मा सकाए। यसपछि १२ औ, १३ औ र १७ औ होलमा एक–एक सट बचाउदा १० औ, १५ औ र १८ औ होलको बोगीले ब्याक नाइन इभन–पार ३४ मा सकाए।  

भुवनले नौ स्ट्रोकको अग्रता बनाउनुको प्रमुख कारण रविको खराब प्रदर्शन नै हो। उनले ९–ओभर ७७ को अत्यन्त खराब खेल खेले। दोस्रो, चौथो, छैटौ र नवौ होलमा बोगी प्रहार गर्दै फ्रन्ट नाइन ४–ओभर ३८ मा पुरा गरे। यसपछि पनि सम्हालिन सकेनन्। १० औ र १८ औ होलमा डबल बोगीको सामना मात्र गरेनन ११ औ र १६ औ होलमा एक–एक सट खेर फाले। १३ औ होलमा एक सट बचाए पनि ब्याक नाइन ५–ओभर ३९ मा सकाए।   

शुक्र बहादुर राईले १–अन्डर ६७ को नतिजामा दोस्रो स्थानमा उक्लने क्रममा फ्रन्ट नाइन २–अन्डर ३२ मा पुरा गरे। उनले पहिलो र चौथो होलमा बर्डी प्रहार गरे। ब्याक नाइनको सुरूवातमा नै डबल बोगी प्रहार गरे। १३ औ होलको बर्डीले १–ओभर ३५ मा ब्याक नाइनको खेल सकाए।  

एमेच्योरतर्फ समग्रमा ११–ओभर २ सय १५ को नतिजामा अजित बिके शीर्षस्थानमा छन्। आज उनले ५–ओभर ७३ मा खेल सकाए। समग्रमा २ सय ३३ अंक जोडेका प्रज्वल गुरुङ दोस्रो स्थानमा छन्।कुल ६ लाख ७० हजार पुरस्कार राशी रहेको प्रतियोगिताको बिजेताले १ लाख १६ हजार प्राप्त गर्नेछन्। उपबिजेता प्रो खेलाडीले ७४ हजार तथा तेश्रो हुनेले ६३ हजार प्राप्त गर्नेछन्।  उत्कृष्ट २१ भित्र पर्न सफल प्रोफेसनल खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन्।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस