सुर्य नेपाल वेष्टर्न ओपनमा नगरकोटी शीर्षस्थानमा
१० फागुन २०७९
•
२ मिनेट पाठ
सुर्य नेपाल वेष्टर्न ओपनमा नगरकोटी शीर्षस्थानमा
सुर्य नेपाल गल्फ टुर २०२२/२३ अन्तर्गत सिजनको अन्तिम प्रतियोगिता सुर्य नेपाल वेष्टर्न ओपन गल्फ प्रतियोगिताको बुधबारको पहिलो दिन भुवन नगरकोटीले दुई अण्डर ६७ को स्कोर बनाउँदै शीर्षस्थानमा छन्।  




पोखराको छिनेडाडाँस्थित पार ६९ को हिमालयन गल्फ कोर्षमा पहिलो दिनको १८ होल सकिदाँ भुवन नगरकोटीले सन्जय लामालाई तीन स्ट्रोकले पछि पार्दै शीर्षस्थानमा रहेका हुन्। नगरकोटीले फ्रन्ट नाईन अन्तर्गत एक अण्डर ३३ को कार्ड बनाए। यद्यपी उनले पहिलो दिनको शुरुवात बोगीबाट अगाडि बढे। पहिलो होलमा बोगी खेप्दै शुरुवात गरेका नगरकोटीले चौथो होलमा बर्डी हिर्काउँदै खेलमा फर्किए। छैटौं होलमा अर्को बर्डी हिर्काउँदै फ्रन्ट नाईन एकअण्डर खेल्दै ३३ मा रहे। तर ब्याक नाईनमा भने उनको प्रदर्शन केही प्रभावकारी रह्यो।  

१० होलमा बर्डी हिर्काएका उनले १२ औं मा बोगी खेप्न पुगे। १३ औंमा बर्डी हिर्काए। १६ औंमा बोगी खेपे। १७ औं बर्डी हिर्काउँदै एक स्ट्रोक जोगाए। सन्जय लामा भने एक ओभर ७० को स्कोरमा छन्। उनीसँगै पोखराका एमेच्योर खेलाडी प्रज्वल गुरुङ समान १ ओभर ७० मा छन्। लामाले फ्रन्ट नाईन एक ओभर खेल्दा पछिको नौ होल भने लेभल पार खेल्दै उपाधि प्रतिस्पर्धामा रहे। प्रज्वल गुरुङले तेस्रो र चौथो होलमा बर्डी खेल्दै फ्रन्ट नाईन दुई अण्डर ३२ को कार्डमा रहँदै सुखद शुरुवात र लयमा देखिए। तर व्याक नाईनमा उनको प्रदर्शन भने केही कमजोर देखियो। व्याक नाईन ३ओभर ३८ को कार्ड बनाएपछि उनी तेस्रो स्थानमा खुम्चिन पुगे।  

चौथो नम्बरमा दलबहादुर राना रहेका छन्। उनले दुई ओभर ७१ को कार्डमा छन्। एमेच्योर खेलाडी सदभाव आचार्य पाँचौ स्थानमा रहँदा दुई ओभर ७१ मा छन्। छैटौं स्थानमा रामे मगर छन्। उनले पनि दुई ओभर ७१ छन्। एमेच्योर सुवास तामाङ भने सातौंस्थानमा छन्। गतवर्षका च्याम्पियपन समेत रहेका तामाङ तीन ओभर ७२ को कार्डसहित पहिलो दिनको १८ होल टुग्याए।  

आर्मी क्लबका धनबहादुर थापा भने आठौं स्थानमा छन्। फ्रन्ट नाईन एक ओभर ३५ र व्याक नाईन दुईओभर ३७ सहित समग्रमा तीन ओभर ७२ मा छन्। पोखराकै एमेच्योर खेलाडी महेन्द्र फगामीले चार ओभर ७३(९औं), दिनेश प्रजापति(१० औं), सुरेश तामाङ (११औं), शुक्रबहादुर राई( १२ औं), कमल तामाङ (१३ औं) चार ओभर ७३ स्कोर कार्डमा चढाए। घरेलु कोर्षमा गल्फर भुबहादुर गुरुङको प्रदर्शन भने विर्सनलायक रह्यो। उनले ८ ओभर ७७ मा टुग्याए। ‘दुई नम्बर होलमै  त्रिपल बोगी खेप्दै खराब शुरुवात भयो।’ उनले भने–‘ चौथो होलमा पनि डबल बोगी खेपेपछि फ्रन्ट नाईन कमजोर रह्यो। तर व्याक नाईन भने सुधार गरे। व्याक नाईन लेभल पार खेल्दै खेलमा फर्किए।’ उनी पहिलो दिनमा २४ औंस्थानमा छन्।  

सुर्य नेपाल गल्फ टुरमा बुवा र छोरा प्रतिस्पर्धा छन्। दिपक आचार्य पहिलो दिनको खेल टुंगिदाँ २८ औंस्थानमा रहेका छन्। छोरा सदभाव भने पाँचौस्थानमा छन्। बिहीबार दोस्रो दिनको १८ होल सकिएपछि कट जोगाउने गल्फरले अन्तिम प्रतिस्पर्धा गर्ने छन्। ४५ गल्फरको सहभागिता रहेको प्रतियोगिताको शुक्रबार ५४ होल टुंगिदै उपाधि टुंगो लाग्ने छ। शनिबार प्रो–एमको प्रतिस्पर्धा हुने छ।  
अर्को समाचार
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
१७ मिनेट अघि
•
१ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
काठमाडौं। न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
क्राइष्टचर्चमा दोस्रो दिनको खेलको समाप्तिमा भारतले ६ विकेट गुमाएर ११६ रन बनाएको छ। यो अवस्थामा भारत २४० रनले पछि छ। 
लोकेश राहुल २५ रनमा आउट हुँदा रिसब पन्त २३ र देभदत्त पाडिकलले २१ रन बनाए। अन्यको प्रदर्शन बिर्सन लायक रह्यो। 
कायल जेमिसन र जाकोब डफीले समान २ तथा माट हेन्री र नाथन स्मिथले समान एक विकेट लिए। 
यसअघि ५ विकेटको क्षतिमा २४६ रनबाट आज दोस्रो दिनको खेल थालेको घरेलु टोली न्युजिल्यान्ड ३५६ रनमा अलआउट भयो। किबिज टोलीका लागि टम ब्लुन्डेलले ८९ र कप्तान टम लाथमले ५९ रन बनाए। 
भारतका लागि आकाश दीपले ५ विकेट लिए। अन्सुल काम्बोज र गुरनुर ब्रारले समान २ तथा वासिङटन सुन्दरले एक विकेट झारे। 
२ खेलको सिरिजको पहिलो खेल भने बराबरीमा सकिएको थियो। 


जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस