अरूणाले सम्हालेपछि सधैँ म्याग्दीको पोल्टामा उपाधि
०४ फागुन २०७९
•
४ मिनेट पाठ
अरूणाले सम्हालेपछि सधैँ म्याग्दीको पोल्टामा उपाधि
गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री भलिबल प्रतियोगिताको महिला तर्फ म्याग्दीले जितेको हासिल छ।




गण्डकी प्रदेशको स्थापना दिवसको अवसरमा आयोजित प्रतियोगिताको बुधवार सम्पन्न महिला तर्फको फाइनलमा पर्वतलाई पराजित गर्दै म्याग्दीले उपाधि जितेको हो।

म्याग्दीले पर्वतलाई ३–० को सोझो सेटमा पराजित गरेको हो। म्याग्दीले २५–१४, २५–१६ र २५–१६ अङ्कले विजयी हुँदै उपाधि जित्न सफल भयो। प्रतियोगितामा म्याग्दीकी कप्तान अरुणा शाहीले महिलातर्फ सर्वोत्कृष्ट खेलाडीको उपाधि जितिन्।

कुनै समय साबिकको धौलागिरि अञ्चल र पश्चिमाञ्चल क्षेत्रमा महिलातर्फ सेमिफाइनलमा समेत पुग्न हम्मे हम्मे हुने म्याग्दीको महिला टोलीको नेतृत्व राष्ट्रिय भलिबल खेलाडी अरुणा शाहीले सम्हालेसँगै गण्डकी प्रदेशका ११ जिल्ला बिच हुने खेलमा म्याग्दीले शतप्रतिशत नतिजा निकाल्ने सफल भएको छ।

केही महिना अगाडी सम्पन्न भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय छनौट खेलमा म्याग्दी महिला भलिबलले उपाधि जितेको थियो।

पछिल्लो एक दशक यता भएका खेलहरूमा अरुणाले म्याग्दीबाट नेतृत्व गरेको खेलमा महिला टोली सधैँ उपाधि चुमेर फर्किएको छ। म्याग्दीले तत्कालीन पश्चिमाञ्चल तथा सातौँ र आठौँ राष्ट्रिय खेलकुदको प्रदेशस्तरीय प्रतियोगितामा म्याग्दी अरुणाकै कप्तानीमा लगातार च्याम्पियन बनेको थियो। उपाधि जित्न फलामको चिउरा चपाएजस्तै हुने महिला टोली गण्डकी प्रदेशमा निरन्तर च्याम्पियन भएको छ। 

म्याग्दी जिल्लाको रघुंगंगा गाउँपालिका वडा नं ३ पिप्लेकी शाहीले गृह जिल्लाबाट क्षेत्रीय स्तरको खेलमा अन्य महत्त्वपूर्ण अवसरलाई समेत पन्छाएर सहभागी हुने थालेपछि महिला भलिबल उचाइमा पुगेको हो।

राष्ट्रिय महिला भलिबलकी कप्तान भए पनि अरुणाले दिएको समय, अन्य खेलाडीको अभ्यास र क्षेत्रीय स्तरका खेलमा सहभागी हुने वातावरण समेत बनेकाले म्याग्दीको महिला भलिबलले साँच्चिकै एउटा लय समाउन सफल भएको जिल्ला भलिबल सङ्घ म्याग्दीका तेजेन्द्र बानियाँले बताए।

‘पर्याप्त स्रोतसाधनको अभावमा पनि महिला भलिबलले राष्ट्रिय पहिचान स्थापित गर्न सफल भएको छ, भलिबलका लागि म्याग्दीलाई हब बनाउन समेत उपाधिले धेरै सहज भएको छ’ अध्यक्ष बानियाँले भने।
राष्ट्रिय टोलीको नेतृत्व गरे पनि अरुणाले जिल्लाका भलिबल खेलाडीहरूका साथै प्रतियोगिताका लागि राम्रो अवसर समेत छोड्ने गरेकाले अन्य खेलाडी समेत उत्साहित हुने गरेको प्रशिक्षक बानियाँको भनाई छ।

महिला भलिबलको नेतृत्व गरेपछि अरुणाको मेहनत, टिमभित्र सहकार्य, खेलाडीलाई कप्तानभन्दा पनि खेलाडीकै व्यवहार, बन्द प्रशिक्षणमा खेलमै केन्द्रित हुने गरेकाले पनि टिमका सदस्यले हातमा हात राखेर, काँधमा काँध जोडेर अगाडि बढेका छन्।

साधारण स्वभावकी शाहीमा कहिल्यै पनि कप्तानको धमण्डको छायाँ देखिएन्। ‘राष्ट्रिय टोलीको कप्तान भन्ने महसुस खेलमैदान भित्र नहुने भएकाले भलिबलको अनुभवले भरिएको समुन्द्रमा खेल्ने अवसरको पाएको खेलाडीको भनाई छ।

अरुणालाई साथ दिने म्याग्दीको टोलीमा पवित्रा बिसी, रेजिना घर्ती, मनिषा तिलिजा लगायतका नयाँ खेलाडीको उदयले समेत उपाधि जित्न थप सहज भएको छ। मुख्यमन्त्री भलिबल प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी अरुणा शाहीसँगै उत्कृष्ट बेष्ट सेटर रिविना घर्ती, उत्कृष्ट ब्लकर मनिषा तिलिजा घोषित भईन्।

म्याग्दीको टोलीको कप्तानी गरेकी अरुणाले सबै खेलाडीलाई दिने साथ र सहयोग समेत उपाधि जित्ने अर्को आधार हो। नेपाली खेलकुद जगतको सबैभन्दा प्रतिष्ठित र प्रतीक्षित एनएसजेएफ बजाज पल्सर स्पोर्टस अवार्डको १७ औँ संस्करणको उपाधि सहित दर्जनभन्दा बढी राष्ट्रिय स्तरको उपाधि समेत जितेकी कप्तान शाहीले गृह जिल्लाबाट खेल जीवनभरि साथ र सहयोग गर्ने बत्ताइन्। उनले आफूलाई राष्ट्रिय टोलीबाट सहभागी हुने खेल बाहेक अन्य ठुला अवसरहरू भन्दा जिल्लाको टोलीबाट उपाधि जित्दा उत्साहित हुने बत्ताइन्।

खेलमा लगनशील र निरन्तर लागेकै कारण यो सफलताको उचाइमा पुगे पनि शाहीलाई प्रचारप्रसार रुचाउँदैनन्। भलिबल खेलमा शाहीको सङ्घर्ष र चुनौतीलाई सामना गर्न सक्ने क्षमताले नै अहिले लोभलाग्दो नतिजा आउन सफल भएको छ। सन् २०१४ मा नेपालमा आयोजना भएको मालदिभ्ससँगको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेकी थिइन्।

राष्ट्रिय टोलीबाट मालदिभ्ससँगको मैत्रीपूर्ण, भारतसँगको मैत्रीपूर्ण, साउथ एसियन आमन्त्रण भलिबल च्याम्पियनसिप, एभीसी सेन्ट्रल जोन र १२ र १३ औँ दक्षिण एसियाली खेलकुद (साग) खेलेकी अरुणाको कप्तानीमा नेपालले २० वर्षपछि अन्तराष्ट्रियस्तरको भलिबल प्रतियोगिताको उपाधि जितेपछि महिला भलिबलको सफल कप्तानको रूपमा समेत उनलाई हेर्ने गरिन्छ।

कप्तान अरुणा शाहीले एसियन सेन्ट्रल जोन महिलाको पहिलो र दोस्रो उपाधि जिताएकी थिइन्। हरेक अन्तराष्ट्रियस्तरको प्रतियोगितामा सहभागी र कांस्य पदकसम्म पुगेर घर फर्किने गरेको नेपाली महिला टोलीले शाही कप्तान भएपछि सार्क स्तरीय प्रतियोगितामा आफ्नो बलियो उपस्थिति देखाउन सफल भएको थियो।

नेपाली टोलीले अरुणाकै नेतृत्वमा भलिबलमा व्यापक सुधार गरेकाले अन्तराष्ट्रियस्तरको प्रशिक्षणमा समेत सहभागी हुने गरेकी छिन्।
अर्को समाचार
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
२ घण्टा अघि
•
१ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
जुम्ला। राष्ट्रिय खेलकुदको उत्सव बोकेको ओलम्पिक टर्च र ट्रफी शनिबार जुम्लामा आइपुगेको छ। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचारप्रसारका लागि सुरु गरिएको टर्च तथा ट्रफी टुर म्याराथन धावक हरिबहादुर रोकायाको नेतृत्वमा जुम्ला पुगेको हो।




राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्दिरमा पुर्‍याएको छ। जुम्ला बजार परिक्रमा गराएर मन्दिरमा पुर्‍याइएको ट्रफी र ओलम्पिक टर्चले जिल्लामा राष्ट्रिय खेलकुदको माहोल सिर्जना गरेको छ। खेलकुदको राष्ट्रिय उत्सवलाई कर्णालीको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोड्ने उद्देश्यले गरिएको यस कार्यक्रमले जुम्लाको खेलकुद सम्भावनालाई समेत उजागर गरेको छ।

यसअघि शुक्रबार दैलेखको पवित्र धार्मिकस्थल श्रीस्थानस्थित अखण्ड ज्वालाबाट ओलम्पिक टर्च प्रज्वलन गरी ट्रफी टुरको शुभारम्भ गरिएको थियो। श्रीस्थानबाट सुरु भएको टर्च यात्रा जुम्ला हुँदै प्रतियोगिताको मुख्य खेलस्थल सुर्खेत पुगेर टुंगिनेछ।

कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचारप्रसार र खेलकुदप्रति जनउत्साह बढाउने उद्देश्यले राष्ट्रिय खेलकुद परिषद्ले टर्च तथा ट्रफी टुर सञ्चालन गरेको हो। प्रतियोगिताको सन्देश देशभर पुर्‍याउनुका साथै कर्णालीको ऐतिहासिक, धार्मिक र पर्यटकीय पहिचानलाई राष्ट्रियस्तरमा चिनाउने लक्ष्यसमेत टुरले राखेको छ।

टर्च तथा ट्रफी टुरमा ओलम्पियन दीपक विष्ट, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, म्याराथन धावक हरिबहादुर रोकाया, ओलम्पियन देबु थापा र कराँते खेलाडी मण्डेकाजी श्रेष्ठसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएका खेलाडी सहभागी छन्।

म्याराथन धावक रोकायाले खेलकुदमा सफलता प्राप्त गर्न निरन्तर मेहनत, अनुशासन र लगनशीलता आवश्यक पर्ने बताए। उनले खेलाडीले लक्ष्य प्राप्तिका लागि नियमित अभ्यास र समर्पणलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।

ओलम्पियन देबु थापाले जुम्लामा खेलकुदको सम्भावना राम्रो रहेको उल्लेख गर्दै त्यसलाई परिणाममा बदल्न खेलाडीलाई आवश्यक अवसर, प्रशिक्षण र पूर्वाधार उपलब्ध गराउनुपर्नेमा जोड दिए।

राष्ट्रिय खेलकुदको ट्रफी र ओलम्पिक टर्चको आगमनले प्रतियोगिताको प्रचारप्रसारसँगै नयाँ पुस्तामा खेलप्रतिको आकर्षण बढाउने अपेक्षा गरिएको छ। खेलकुदका दृष्टिले सम्भावनायुक्त कर्णालीमा प्रतिभाको पहिचान, विकास र अवसर विस्तार गर्नुपर्ने सन्देशसमेत टर्च टुरले दिएको छ।
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
Clock १ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस