पोखरामा प्रदेशस्तरीय खुल्ला आर्चरी प्रतियोगिता हुने
०१ फागुन २०७९
•
२ मिनेट पाठ
पोखरामा प्रदेशस्तरीय खुल्ला आर्चरी प्रतियोगिता हुने
यही फागुनको ५ र ६ गते पोखरा रंगशाला आर्चरी मैदानमा गण्डकी प्रदेशस्तरीय दोस्रो खुल्ला आर्चरी प्रतियोगिता हुने छ। दोस्रो संस्करणको प्रतियोगितामा रिकर्भ विधालाई समावेश गरिएको छ। गतवर्ष आर्चरीको ३० मीटर स्टाडण्र्ड विधामा मात्रै प्रतिस्पर्धा गराईएको थियो। नेपाल आर्चरी संघको प्राविधिक सहयोग एवं गण्डकी प्रदेश खेलुकद परिषदको आयोजनामा हुने प्रतियोगितामा प्रदेशका ११ वटै जिल्लाबाट आर्चरी खेलाडीले प्रतिस्पर्धा गर्ने छ।  




प्रतियोगिता नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्टाडण्र्ड तर्फ(३० मिटर)का पदक विजेता खेलाडीहरुले भने सोही विधामा प्रतिस्पर्धा गर्न पाउने छैनन्। त्यसो गत वर्षको विजेताले पनि स्टाडण्र्ड विधामै उपस्थिति जनाउन नपाउने कास्की आर्चरी संघले जनाएको छ। पहिलो संस्करणमा केवल स्टाडण्र्ड विधा मात्रै समावेश गरिएको थियो।

‘गतवर्षको विजेता र नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको स्टाडण्र्ड विधाका पदक विजेता खेलाडीले स्टडण्र्ड विधामा प्रतिस्पर्धा गर्न पाउँदैनन्’ कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनले भने, ‘उनीहरु अब अपग्रेड हुनुपर्छ। अपग्रेड भएकाहरुले रिकर्भमा प्रतिस्पर्धा गर्न पाउँछन।’ उनका अनुसार ७० मिटरको रिकर्भमा गण्डकी प्रदेशका सबै खेलाडीहरुले उपाधिको लागि प्रतिस्पर्धा गर्न पाउने छन्। रिकर्भमा गण्डकी प्रदेशका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीले समेत सहभागिता जनाउन सक्ने छन।  

पोखरालाई आर्चरीको राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलको गन्तव्य बनाउने ध्येयसहित प्रदेश खेलकुद परिषद गण्डकीले वार्षिक कार्यक्रम गर्दै बजेट छुट्टाउँदै आएको छ। पोखरा महानगरपालिकाले पनि प्रतियोगितामा सहयोगी भूमिका खेलेको छ। प्रतियोगिता गण्डकी प्रदेशको मुस्ताड, मनाड, म्याग्दी, पर्बत, बागलुङ, र कास्कीबाट सहभागिता जनाउने अपेक्षा छ।  

तीन इभेण्टमा ९० जना खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन्। दुई दिने प्रतियोगितामा रिकर्भ ओपन पुरुष–महिला र स्टाण्डर्ट पुरुष तर्फको एकलको खुल्ला प्रतिस्पर्धा हुने कास्की जिल्ला आर्चरी संघले जनाएको छ। रिकर्भ ओपन ७० मीटर र स्टाण्डर्ड ३० मीटर दुरीमा प्रतिस्पर्धा गराइने छ। ६० बर्ष भन्दा माथिका खेलाडीहरु बिच भेट्रान्सको प्रतिस्पर्धा हुने छ। ३० मीटरको दुरीको स्टाडण्र्ड विधामा प्रतिस्पर्धा गराईने संघले जनाएको छ।  

रिकर्भ खुल्ला पुरुष तर्फ विजेताले नगद ३० हजार, उपविजेताले नगद २० हजार र तेस्रो हुनेले नगद १५ हजार रुपैयाँ प्राप्त गर्ने छ। रिकर्भ महिला तर्फ विजेताले नगद १५ हजार, दोस्रो हुनेले नगद १० हजार र तेस्रो हुने खेलाडीले ५ हजार प्राप्त गर्ने छन्। स्टाडण्र्ड पुरुष तर्फ विजेताले नगद २० हजार, दोस्रोले नगद १५ हजार तथा तेस्रोले १०हजार नगद पुरस्कार पाउने छन्। 

भेट्रान्स तर्फ प्रथमले ८, दोस्रोले ५ र तेस्रो हुनेले ३ हजार नगद पुरस्कार प्राप्त गर्ने संघले जनाएको छ। प्रतियोगितालाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले प्रायोजन गरेको छ। प्रतियोगितामा गण्डकी प्रदेश आर्चरी संघको संयोजन तथा अन्नपूर्ण आर्चरी क्लबको व्यवस्थापन रहने छ।  
अर्को समाचार
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
३६ मिनेट अघि
•
१ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
काठमाडौं। न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
क्राइष्टचर्चमा दोस्रो दिनको खेलको समाप्तिमा भारतले ६ विकेट गुमाएर ११६ रन बनाएको छ। यो अवस्थामा भारत २४० रनले पछि छ। 
लोकेश राहुल २५ रनमा आउट हुँदा रिसब पन्त २३ र देभदत्त पाडिकलले २१ रन बनाए। अन्यको प्रदर्शन बिर्सन लायक रह्यो। 
कायल जेमिसन र जाकोब डफीले समान २ तथा माट हेन्री र नाथन स्मिथले समान एक विकेट लिए। 
यसअघि ५ विकेटको क्षतिमा २४६ रनबाट आज दोस्रो दिनको खेल थालेको घरेलु टोली न्युजिल्यान्ड ३५६ रनमा अलआउट भयो। किबिज टोलीका लागि टम ब्लुन्डेलले ८९ र कप्तान टम लाथमले ५९ रन बनाए। 
भारतका लागि आकाश दीपले ५ विकेट लिए। अन्सुल काम्बोज र गुरनुर ब्रारले समान २ तथा वासिङटन सुन्दरले एक विकेट झारे। 
२ खेलको सिरिजको पहिलो खेल भने बराबरीमा सकिएको थियो। 


युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस