क्रिस्टियानो रोनाल्डोको चार गोलमा अल नसरले साउदी प्रो लिग फुटबलमा अल वेह्दालाई हराएको छ।
गए राति भएको खेलमा नसरले अल वेह्दालाई ४-० गोल अन्तरले हराएको हो। अल नसरको सबै गोल रोनाल्डो एक्लैले ४ गोल गरेका हुन्।
खेलको २१ औं मिनेटमा रोनाल्डोले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि उनले ४० औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमा दोब्बर अग्रता बनाए।
खेलको ५३ र ६१ औं मिनेटमा रोनाल्डोले गोल गर्दै अल नसरलाई ४-० गोल अन्तरले जिताए।
यस जितसँगै नसर तालिकाकाे शीर्ष स्थानमा उक्लिएको छ। नसरले १६ खेलमा ३७ अंक जोडेको छ।