खेल चलिरहँदा मैदानमा प्रभुको हेलिकप्टर अवतरण
०५ माघ २०७९
•
२ मिनेट पाठ
खेल चलिरहँदा मैदानमा प्रभुको हेलिकप्टर अवतरण
खेल चल्दै थियो। पहिलो हाफ हुन केही मिनेट मात्रै बाँकी थियो। ४० मिनेटमा खेल चलिरहेकै अवस्थामा खेलमैदानमै हेलिकप्टर अवतरण गर्यो। खेल स्थगित हुन पुग्यो। सबै आश्चर्यमा परे।




स्याङजाको वालिङ नगपाालिकास्थित मालेबगर खेलमैदानमा प्रथम वालिङ गोल्डकपको दोस्रो सेमिफाईनल खेल चलिरहेको थियो। बिहीबार दिउँसो दुई बजेर ३५ मिनेटमा प्रभुको हेलिकप्टर एकाएक अवतरण गर्यो। अवतरण पछि तीनजना युवा झरे। खेलाडी र आयोजक आश्चर्यमा परे। हेलिकप्टर अवतरण लगत्तै स्थानीय खेलमैदान छिरे। पाईलटलाई कुटपिट गरे। हेलिकप्टर लिएर जाने तीनजना भने लुसुक्क मैदान बाहिर निस्के।

‘प्रभुको हेलिकप्टर विना सूचना, विना अनुमति खेल सञ्चालन भइरहेको मैदानमा अवतरण गर्यो’ प्रथम वालिङ गोल्डकपको आयोजक वालिङ युनाईटेड क्लबका अध्यक्ष एलबी ज्वारचनले भने–‘हेलिकप्टर ल्याण्ड भएपछि खेल रोकियो। मैदानमा छिरेका स्थानीयको हुलले पाइलटमाथि हातपात गरेछन्।’ स्थानीयका हातपातबाट पाइलट रमेश डंगोलको नाकमा चोट लागेको प्रहरीले जनाएको छ। अध्यक्ष ज्वारचनका अनुसार पाइलटलाई खेल मैदानमै अवतरण गराउन तीनजना युवाले दवाव दिएका थिए। पाइलटलाई जर्वजस्ती मैदानमा अवतरण गराएको उनको बुझाइ थियो। तीनजना युवाहरुले पोखराबाट हेलिकप्टर लिएर मालेबगर खेलमैदानमा उत्रिएका थिए।

स्याङजाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षत्रीले खेलकुद चलिरहेकै अवस्थामा विना अनुमति विना सूचना हेलिकप्टर ल्याण्ड गरिएको विषयमा नागरिक उडड्यन कार्यालय पोखरालाई कारबाहीको लागि पत्राचार गरिएको सुनाए। ‘लहडबाजीमा हेलिकप्टर ल्याण्ड गरियो। खेल चलिरहेकै अवस्थामा ल्याण्ड गरिदाँ धन्नै मानवीय क्षति भएन्’ उनले भने–‘विना अनुमति अतवरण गराउने हेलिकप्टरलाई कारबाहीको लागि नागरिक उडड्यन कार्यालय पोखरालाई सूचना गरिसकेका छौं।’

बिहीबार आयोजक वालिङ रातो र क्यामरुनको एभनिर टोली बीच प्रतिस्पर्धा चलिरहेको थियो। जिल्ला प्रहरी कार्यालय स्याङजाका डिएसपी रविन्द्र खनालले स्थानीयको कुटपिटबाट पाईलटको नाकमा चोट देखिएको बताए। ‘कानून मिच्ने जो कोहीलाई पनि कारबाही हुन्छ।’

उनले भने–‘त्यसको लागि प्रहरीले अनुसन्धान गरिरहेको छ। वालिङका विनोद गैरे, खिमबहादुर राना सुशिल गिरीले हेलिकप्टर लिएर गएका थिए। आयोजक वालिङ युनाईटेड क्लबले आवश्यक कारबाहीको लागि वालिङस्थित प्रहरी कार्यालयमा उजुरी दिएका छन्।  
अर्को समाचार
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
१ घण्टा अघि
•
१ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
काठमाडौं। न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
क्राइष्टचर्चमा दोस्रो दिनको खेलको समाप्तिमा भारतले ६ विकेट गुमाएर ११६ रन बनाएको छ। यो अवस्थामा भारत २४० रनले पछि छ। 
लोकेश राहुल २५ रनमा आउट हुँदा रिसब पन्त २३ र देभदत्त पाडिकलले २१ रन बनाए। अन्यको प्रदर्शन बिर्सन लायक रह्यो। 
कायल जेमिसन र जाकोब डफीले समान २ तथा माट हेन्री र नाथन स्मिथले समान एक विकेट लिए। 
यसअघि ५ विकेटको क्षतिमा २४६ रनबाट आज दोस्रो दिनको खेल थालेको घरेलु टोली न्युजिल्यान्ड ३५६ रनमा अलआउट भयो। किबिज टोलीका लागि टम ब्लुन्डेलले ८९ र कप्तान टम लाथमले ५९ रन बनाए। 
भारतका लागि आकाश दीपले ५ विकेट लिए। अन्सुल काम्बोज र गुरनुर ब्रारले समान २ तथा वासिङटन सुन्दरले एक विकेट झारे। 
२ खेलको सिरिजको पहिलो खेल भने बराबरीमा सकिएको थियो। 


वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १८ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस