आहा रारा गोल्डकप: १२ लाख रुपैँया नगदसहित संकटालाई उपाधि
२३ पौष २०७९
•
३ मिनेट पाठ
आहा रारा गोल्डकप: १२ लाख रुपैँया नगदसहित संकटालाई उपाधि
तस्बिर उमेश पुन/ नागरिक
अतिरिक्त समयमा भुटनिज युथ स्पोर्टस क्लबलाई पराजित गर्दै संकटाले पोखराको मैदानमा आहा रारा पोखरा गोल्डकपको उपाधि उचाल्यो।  दोस्रो पटक उपाधि उचाल्दा संकटाले दोस्रो पटक नै विदेशी टोलीको चुनौतिलाई पन्छायो।  कप्तान सुनिल बलको निर्णायक गोलमा संकटाले उपाधि आफनो नाममा दोस्रो पटक लेखायो।  




निर्धारित समयमा २–२ गोलमा टुंगिएपछि खेल अतिरिक्त समयमा धकेलियो।  अतिरिक्त समयको दोस्रो हाफमा सुनिल बलले गोल गर्दै कप्तानी जिम्मेवारी पुरा गरे।  उनको कप्तानीमा संकटाले पोखरामा मैदानमा उपाधि उचाल्दै इतिहास बनायो।  संयोग नै मान्नुपर्छ, संकटाले १९ औं संस्करणमा उपाधि उचाल्दा अफ्रिकन रुट्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि उचालेको थियो।  दोस्रो पटक पोखराकै मैदानमा उपाधि उचाल्दा पाहुना टोली भुटनिज युथ स्पोर्टस क्लब मिनेसोटा अमेरिकालाई पन्छायो।  

शनिबार पोखराको मैदानमा भएको फाईनलमा दुई गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै भुटनिज युथले उत्कृष्ट कमब्याक गर्यो।  पहिलो हाफमै कमब्याक गरेको भुटनिजले दोस्रो हाफमा खासै प्रभावकारी खेल प्रदर्शन नगरेपनि संकटाको आक्रमणलाई भने विफल बनाईरह्यो।  खेललाई अतिरिक्तसम्म लम्ब्यायो।  पहिलो हाफको ८ औं मिनेटमा निसान खड्काको क्रसबललाई भुटनिजका गोलकिपर पुजन थापामगरले बचाउ गरे।  बचाउ गर्ने क्रममा रिवाउण्ड भएको बललाई उपयोग गर्दै सुरजजिउ ठकुरीले गोल गर्दै संकटालाई अग्रता दिलाए।  

पहिलो गोलबाट उत्साहित संकटाले खेलको ३५ औं मिनेटमा सुनिल बलको क्रस बललाई मुसेकले उत्कृष्ट हेड गर्दै बललाई जाली चुमाएपछि संकटाले अग्रतालाई दोब्बर बनायो।  संकटाले गोलको खुशीयाली भने लामो समय मनाउन सकेन्।  ३७ औं मिनेटमा भुटनिजले गोल फर्काउँदै खेलमा फर्किने संकेत गर्यो।  फ्रिकिकलाई सुदपयो गर्यो।  मिगेल पालाफक्सको क्रसमा रेने सान्तलिनले गोल गर्दै अन्तर घटाए।  पहिलो हाफको अतिरिक्त समयमा९ ४५ प्लस ३ मिनेट०भुटनिजले बराबरी गोल गर्दै खेलमा फर्कियो।  धिरज थाजलीको फ्रिकिकलाई अग्ला कदका खेलाडी विल्स ग्रिफितले गोल गर्दै बराबरीमा ल्याए।  उनको गोलसँगै भुटनिज खेलमा फर्किएको थियो।  दोस्रो हाफ गोलरहित हुदाँ खेलको निणार्यार्थ ३० मिनेट थपिएको थियो।  खेलको ७८ औं मिनेटमा आयुष घालानको पासलाई स्टेफन विनोङले गुमाउँदा खेल अतिरिक्तमा लम्बिएको थियो।  स्टेफनले फष्टबार च्याप्दै हानेको बल बाहिरिएको थियो।  आयुषकै पाललाई स्टेफन प्रहारमा ढिलो हुदाँ क्लियर हुन पुग्यो।  

अतिरिक्त समयको पहिलो हाफ पनि गोलरहित भएपछि खेल टाईब्रेकरमा उद्दत थियो।  तर खेलको ११७ औं मिनेटमा संकटाका कप्तान सुनिलले उत्कृष्ट फिनिसिङ गर्दै उपाधि दिलाए।  मेसुकेको पासमा बलले पेनाल्टी बक्सभित्रबाट सदुपयोग गरेका थिए।  खेलमा म्यान अफ दि म्याचको हकदार भने मेसुके बने।  

सहारा क्लबको आयोजना तथा हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा चाउचाउको मुख्य प्रायोजन रहेको २२ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको सर्वोत्कृष्ट खेलाडी पुरस्कार संकटाका सुलिन बलले प्राप्त गरे।  उनले इलेक्ट्रिक स्कुटर प्राप्त गरेका छन्।  सर्वाधिक गोलकर्ताको पुरस्कार संकटाका स्ट्राईकर मेसुकेले पाए।  उनले चार गोल गरेका थिए।  संकटाका गोलकिपर  टिकेन्द्रसिंह थापा उत्कृष्ट गोलकिपर घोषित भए।  उत्कृष्ट डिफेण्ड भुटनिजका हेक्टर ओर्टेगा भए।  बेष्ट मिडफिल्ड संकटाका आयुष घालान बने।  उत्कृष्ट स्ट्राईकरको पुरस्कार भने स्टेफन विनोङलाई प्रदान गरियो।  उत्कृष्ट प्रशिक्षक संकटाका प्रशिक्षक सल्यान खड्गी बने।  

विजेता संकटा क्लबले नगद १२ लाख रुपैया नगदसहित ट्रफी उचाल्यो।  उपविजेता बनेको भुटनिज युथ स्पोर्टस क्लबले ६ लाख रुपैयाँ प्राप्त गर्यो।  उत्कृष्ट पाँच विधाका विजेताले नगद २५ हजार रुपैयाँ प्राप्त गरेका छन्।  उत्कृष्ट विधाको पुरस्कार प्रायोजन सुर्यबहादुर केस स्मृतिले प्रायोजन गरेको थियो।  विजेता तथा उपविजेता एवं विधागत उत्कृष्टलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकज नेम्वाङ लगायतले पुरस्कार प्रदान गरेका थिए।   
अर्को समाचार
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
१ घण्टा अघि
•
१ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
काठमाडौं। न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
क्राइष्टचर्चमा दोस्रो दिनको खेलको समाप्तिमा भारतले ६ विकेट गुमाएर ११६ रन बनाएको छ। यो अवस्थामा भारत २४० रनले पछि छ। 
लोकेश राहुल २५ रनमा आउट हुँदा रिसब पन्त २३ र देभदत्त पाडिकलले २१ रन बनाए। अन्यको प्रदर्शन बिर्सन लायक रह्यो। 
कायल जेमिसन र जाकोब डफीले समान २ तथा माट हेन्री र नाथन स्मिथले समान एक विकेट लिए। 
यसअघि ५ विकेटको क्षतिमा २४६ रनबाट आज दोस्रो दिनको खेल थालेको घरेलु टोली न्युजिल्यान्ड ३५६ रनमा अलआउट भयो। किबिज टोलीका लागि टम ब्लुन्डेलले ८९ र कप्तान टम लाथमले ५९ रन बनाए। 
भारतका लागि आकाश दीपले ५ विकेट लिए। अन्सुल काम्बोज र गुरनुर ब्रारले समान २ तथा वासिङटन सुन्दरले एक विकेट झारे। 
२ खेलको सिरिजको पहिलो खेल भने बराबरीमा सकिएको थियो। 


काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock २६ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस