आशिष चौधरी र आशिष चापागाईँको ‘व्युटिफुल कम्बिनेशन’ बनेपछि चर्च ब्वाईज युनाईटेड आहा रारा पोखरा गोल्डकपको डेब्यु सहभागितामै सेमिफाइनल प्रवेश गरेको छ।
आइतबार पोखरा रङ्गशाला फुटबल मैदानमा चर्च ब्वाईजले मछिन्द्रको चुनौतीलाई ३–१ गोलले पन्छाउँदै अन्तिम चारको यात्रा तय गर्दा साबिक शहीद स्मारक ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लब पहिलो यात्राबाट बिदा लिएको छ।
पहिलो हाफमै दुई गोलले पछि परेको मछिन्द्रले दोस्रो हाफ भने केही सुधारिएको प्रदर्शन गर्यो। यद्यपि गोलको अवसर सृजना गरेपनि फिनिसिङमा चुक्दा मछिन्द्रले पोखराको बसाई थप सुखद बनाउन सकेन।
खेलको चौथो मिनेटबाट चर्च ब्वाईजले आक्रमण बुन्यो। पाएको फ्रिकिकलाई एरिक विष्टले प्रहार गरे। उनको प्रहार क्रस बारमा लागेर गोल लाइन नजिकैबाट पोस्टबाट बाहिर निस्कियो।
त्यसो त मछिन्द्रले पनि ९ मिनेटमा गोल गर्ने अवसर गुमाउँदै अग्रताबाट बन्चित हुन पुग्यो। रितिक खड्काले गोलकिपरलाई विट गर्न निकालेको बल पोस्टभन्दा बाहिरिन पुग्यो। कप्तान अनन्त तामाङले गोलकिपर किशोर गिरीलाई ब्याक हेड पास दिएका थिए। तर त्यो पास गोलकिपरसम्म नपुग्दै रितिकले ‘कलेक्ट’ गर्दै विट गरेपनि बललाई पोस्टको दिशा दिनबाट चुके।
चर्चले पहिलो गोल २३ औँ मिनेटमा गर्यो। गोलको खडेरी तोड्ने क्रममा अफसाइड ‘ट्र्याप’ बिट गर्दै अन्जन विष्टले मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठ मात्रै भएको अवस्थामा गरेको हेडरलाई बचाए। क्लियर हुन नसकेको बललाई आशिष चापागाईँले फिनिसिङ टच दिए। गोलको खुसीसँगै चर्च ब्वाईजले अग्रता लियो।
एकपछि अर्को आक्रमण बुन्न प्रयास गरिरहेको चर्चले पहिलो हाफको अतिरिक्त समयमा अर्को गोल गर्दै पहिलो हाफमा २–० ले अग्रता लियो। आशिष चापागाईँले मछिन्द्रका तीन जना डिफेण्डरको बिचबाट प्रहार गरेको बलले जाली चुमेपछि चर्च मछिन्द्रमाथि हाबी बन्यो। उनलाई आशिष चौधरीले पास उपलब्ध गरेका थिए। ४४ औ मिनेटमा विमल घर्ती मगरले मछिन्द्रका लागि गोल गर्ने प्रयास गरे। तर उनको लेफ्ट प्रहार क्रस बार भन्दा निकै माथिबाट बाहिरियो।
मछिन्द्रमाथि दबाब बनाइरहेको चर्चले ६७ औँ मिनेटमा अर्को गोल थप्यो। गोल अन्तर फराकिलो बनाउने क्रममा आशिष चापागाईँको पासलाई सदुपयोग गर्दै आशिष चौधरीले फष्टबारमा गोल गरे। उनले लेफ्ट सट पोस्टभित्र छिरेपछि मछिन्द्रलाई कमब्याक गर्ने अवसर नै दिएनन्। आशिषद्वयको गोल र असिष्टले ‘व्युटिफुल कम्बिनेसन’ बनेको थियो।
पाँच खेलाडी परिवर्तन गर्दै खेलमा फर्किन कोसिस गरेको मछिन्द्रले ८९ औँ मिनेटमा गोल फर्काउँदै लिग च्याम्पियनको इज्जत जोगाउने प्रयास गर्यो।
वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका अभिषेक गुरुङको पासलाई सदुपयोग गर्दै सौरब सुब्बाले गोल फर्काए। उनै सुब्बाले ८५ औँ मिनेटमा डिफेन्सलाई विट गर्दै वान भर्सेस वानको अवस्थाको अवसरलाई खेर फाले। खेलमा चर्च ब्वाईजका आशिष चापागाईँ म्यान अफ दि म्याचको पुरस्कार थापे।
‘विपक्षी टोली बलियो नै थियो। हामीले राम्रो खेल्यौँ’ चर्च ब्वाईज युनाईटेडका प्रशिक्षक विक्रम लामाले भने–‘सुधार गर्नुपर्ने धेरै छ। टाईटल उचाल्ने लक्ष्यसहित आएका हौँ। सुधार गर्दै जान्छौँ।’
उनले सबै खेलाडीलाई अवसर दिनुपर्छ भन्ने आशयले खेलाडी परिवर्तन गरिएको बताए।
सहारा क्लबको आयोजना तथा हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा चाउचाउको मुख्य प्रायोजनमा आयोजित २२ औँ संस्करणको आहा रारा पोखरा गोल्ड कप अन्तर्गत सोमबार तेस्रो क्र्वाटरफाईनल खेल संकटा विरुद्ध त्रिभुवन आर्मी क्लब बिच हुने छ।
काठमाडौं। न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ। क्राइष्टचर्चमा दोस्रो दिनको खेलको समाप्तिमा भारतले ६ विकेट गुमाएर ११६ रन बनाएको छ। यो अवस्थामा भारत २४० रनले पछि छ। लोकेश राहुल २५ रनमा आउट हुँदा रिसब पन्त २३ र देभदत्त पाडिकलले २१ रन बनाए। अन्यको प्रदर्शन बिर्सन लायक रह्यो। कायल जेमिसन र जाकोब डफीले समान २ तथा माट हेन्री र नाथन स्मिथले समान एक विकेट लिए। यसअघि ५ विकेटको क्षतिमा २४६ रनबाट आज दोस्रो दिनको खेल थालेको घरेलु टोली न्युजिल्यान्ड ३५६ रनमा अलआउट भयो। किबिज टोलीका लागि टम ब्लुन्डेलले ८९ र कप्तान टम लाथमले ५९ रन बनाए। भारतका लागि आकाश दीपले ५ विकेट लिए। अन्सुल काम्बोज र गुरनुर ब्रारले समान २ तथा वासिङटन सुन्दरले एक विकेट झारे। २ खेलको सिरिजको पहिलो खेल भने बराबरीमा सकिएको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...