१२ वर्षपछि सहारामाथि धरानको ऐतिहासिक जित
१४ पौष २०७९
•
३ मिनेट पाठ
१२ वर्षपछि सहारामाथि धरानको ऐतिहासिक जित
धरान फुटबल क्लबका डोना थापा र सहारा क्लब अमिन रावल बलको लागि प्रतिस्पर्धा गर्दै। तस्बिर उमेश पुन/नागरिक
पाएको अवसरलाई सदुपयोग गर्नु नै फुटबलको सुन्दर पक्ष हो। खेलको चौथो मिनेटमा धरान फुटबल क्लबले पाएको फ्रि किक अवसर नै गोलमा परिणत भएपछि धरानले सहारा क्लबमाथि ऐतिहासिक जित दर्ता गर्‍यो।




१२ वर्षपछि पोखरा रंगशालामा यी दुईको भेट हुँदा पूर्वेली क्लब धरानले सहारामाथि यसअघिका दुई हारको श्रृखंलाको समेत अन्त्य गरेको छ। पोखराको मैदानमा सहारा र धरान बिच तेस्रो पटक उद्घाटन भिडन्त थियो। बिहीबार पोखरा रंगशालामा धरानले चौथो मिनेटमा गरेको गोल निर्णायक बन्यो। २०६८ सालमा धरान र सहारा क्लब उद्घाटनका प्रतिस्पर्धी बनेका थिए।

सहाराका भावगत चौधरीले डिबक्स बाहिर फाउल गरेपछि धरानले फ्रिकिकको अवसर प्राप्त गर्‍यो। चौधरीले प्रकाश बुढाथोकीलाई लडाएपछि पाएको फ्रिकिकलाई बुढाथोकीले नै गोल गरे। खेलको चौथो मिनेट गरेको गोलले उनलाई म्यान अफ दि म्याचको हकदार बनाउँदा सहाराको फुटबल स्तर खस्किएको प्रमाणित भयो।

वर्षौँदेखि एकेडेमी सञ्चालन गरेपनि एकेडेमीका खेलाडीलाई सहाराले मैदानमा उतार्न सकेन्। एकेडेमीका खेलाडीलाई प्रोत्साहन गरेपनि प्रभावकारिता भने रहेन। पहिलो हाफमा धरानको त्यो नै एक मात्र अवसर सृजना भएको थियो।

सहाराले पनि घरेलु मैदानमा जुझारु प्रदर्शनबाट चुक्यो। फिनिसिङमा निकै कमजोर देखियो। कप्तान सुशील लामाको क्रस बललाई अमिन रावलले गरेको हेडर पोस्टको फ्रेममा पर्न सकेन्। त्यस्तै २४ औँ मिनेटमा डिबक्स भित्रबाट विक्रमसिंह ठकुरीले दिएको पासलाई अमिन रावलले सदुपयोग गर्न सकेनन्। दुवैको खेल स्तरले मोफसलको फुटबल स्तर निकै कमजोर रहेको प्रष्ट देखिन्थ्यो। त्यसो त दर्शकको उपस्थिति पनि न्यून रहँदा नकआउट फुटबलको रौनक नै घटेको आभास भएको थियो।

धरान फुटबल क्लब १२ वर्षपछि पोखरामा रंगशालामा उद्घाटन खेल खेल्न उत्रिएको थियो। सहारा क्लबसँग आहा रारा गोल्ड कपमा यी दुईको उद्घाटन प्रतिस्पर्धा दसौँ आहा गोल्ड कप पछिको हो। २०६८ सालमा यी दुई बिच उद्घाटनमा प्रतिस्पर्धा गरेका थिए। सहाराले धरानलाई १–० गोलले पराजित गरेको थियो। नवौं संस्करणमा पनि भएको उद्घाटन खेलमा सहाराले २–१ गोल अन्तरले धरानलाई पन्छाएको थियो।

धरानको सहभागिता पोखरामा नियमित जस्तै छ। पहिलो आहा गोल्ड कप(२०५९) देखि धरानको उपस्थिति रहँदै आएको छ। पहिलो आहामा धरानले सिटी योङ देहरादुनसँग प्रतिस्पर्धा गरेको थियो। दोस्रो, तेस्रो, चौथो, पाँचौ, छैटौँसम्म धरान फुटबल क्लबको उपस्थिति थियो। २०६७ को नवौँमा फेरी धरानले आफूलाई आहा गोल्ड कपमा उभ्यायो। त्यसपछि दसौँ, एघारौँ आहा रारा गोल्ड कप, १२ औँ पछि फेरी तीन वर्ष धरानको अनुपस्थिति रह्यो।

१५ औँ, १६ औँ, १७ औंमा पोखरामा सहभागितापछि धरानको २१ औंसम्म आइपुग्दा पोखरा यात्रा रोकियो। तर सहारासँगको उद्घाटन खेल भने १२ वर्षपछि मात्रै हो। नवौँ र दसौँ आहा गोल्ड कपमा पोखरा रंगशालामा यी दुई बिच आमने सामने भएका थिए। गोल्ड कपको दोस्रो दिन पुस १७ गते शुक्रबार नेपाल पुलिस क्लब र चर्च ब्वाईज बिच प्रतिस्पर्धा हुने छ।

सहारा क्लबको आयोजना तथा हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा चाउचाउको मुख्य प्रायोजन रहेको गोल्ड कपको उद्घाटन पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले गरे। उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै साँझमा पनि विमान अवतरण हुने भन्दै साँझकै समयमा फुटबल खेलाउने तर्फ आवश्यक सहयोग महानगरपालिकाले गर्ने प्रतिबद्धता जनाए। ‘स्पोर्टस टुरिजम आजको आवश्यकता हो’ महानगरप्रमुख आचार्यले भने–‘त्यसको लागि महानगरको साथ रहने छ।’

प्रतियोगिता उद्घाटन समारोहमै वर्ष उत्कृष्ट फुटबलरबाट नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर अनन्त तामाङलाई सम्मानित गरिएको थियो। उनलाई नगद ५० हजार राशिसहित दोसल्ला ओढाई सम्मान गरियो। सोही अवसरमा सूर्यबहादुर केसी स्मृति सहारा एकेडेमीलाई पोखरा राम बजारस्थित ज्येष्ठ नागरिक समाजले नगद ५० हजार रुपैयाँ सहयोग हस्तान्तरण गर्‍यो। विजेताले १२ लाख रुपैयाँ र उपविजेताले ६ लाख रुपैयाँ प्राप्त गर्ने छन्। उत्कृष्ट खेलाडीलाई इलेक्ट्रिक स्कुटर प्रदान गरिने छ। उत्कृष्ट पाँच विधालाई सूर्यबहादुर केसी स्मृतिले प्रायोजन गरेको छ।
अर्को समाचार
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
१ घण्टा अघि
•
१ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
काठमाडौं। न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
क्राइष्टचर्चमा दोस्रो दिनको खेलको समाप्तिमा भारतले ६ विकेट गुमाएर ११६ रन बनाएको छ। यो अवस्थामा भारत २४० रनले पछि छ। 
लोकेश राहुल २५ रनमा आउट हुँदा रिसब पन्त २३ र देभदत्त पाडिकलले २१ रन बनाए। अन्यको प्रदर्शन बिर्सन लायक रह्यो। 
कायल जेमिसन र जाकोब डफीले समान २ तथा माट हेन्री र नाथन स्मिथले समान एक विकेट लिए। 
यसअघि ५ विकेटको क्षतिमा २४६ रनबाट आज दोस्रो दिनको खेल थालेको घरेलु टोली न्युजिल्यान्ड ३५६ रनमा अलआउट भयो। किबिज टोलीका लागि टम ब्लुन्डेलले ८९ र कप्तान टम लाथमले ५९ रन बनाए। 
भारतका लागि आकाश दीपले ५ विकेट लिए। अन्सुल काम्बोज र गुरनुर ब्रारले समान २ तथा वासिङटन सुन्दरले एक विकेट झारे। 
२ खेलको सिरिजको पहिलो खेल भने बराबरीमा सकिएको थियो। 


काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ३५ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस