सोमबारदेखि १९औं माछापुच्छ्रे बैंक ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता
०८ पौष २०७९
•
३ मिनेट पाठ
सोमबारदेखि १९औं माछापुच्छ्रे बैंक ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता
प्रतियोगिताको बारे जानकारी दिदैं प्रतियोगिताका संयोजक एवं कास्की जिल्ला टेनिस संघका उपाध्यक्ष नविन चालिसे। तस्बिर नागरिक
पोखरा रंगशाला टेनिस एरिनामा आगामी सोमबारदेखि १९ औं संस्करणको माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता शुरु हुदैंछ। कास्की जिल्ला टेनिस संघको आयोजनामा हुने प्रतियोगितामा विभिन्न १२ वटा इभेण्ट्मा प्रतिस्पर्धा हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो। प्रतियोगिता पुस ११ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने छ।




पोखरा–५ पस्र्याङस्थित टेनिस कोर्टबाट २०५९ सालदेखि शुरु भएको भेट्रान्स प्रतियोगिता पोखरा रंगशालाको टेनिस कम्प्लेक्समा आईपुग्दा १९ औं वर्ष पुगेको छ। दुई वर्ष संघले टेनिस प्रतियोगिता आयोजना गरेन। एक वर्ष कोभिडले स्थगित गरियो भने अर्को वर्ष पोखरा रंगशालामा टेनिस कोर्ट निर्माण हुदैं गर्दा स्थगित गरिएको थियो।  

सोमबारदेखि शुरु हुने प्रतियोगितामा १५० जना खेलाडीहरुले सहभागिता जनाउने छन्। नेपालका शीर्ष बरियता खेलाडीहरुसहित भारतबाट ५ जना प्रतियोगिता खेल्नै पोखरा आईपुगेको प्रतियोगिता निर्देशक राजन पौडेलले जानकारी दिए। उनका अनुसार प्रतियोगितामा भुटान, बेलायतमा बस्ने नेपाली समुदायबाट समेत खेलाडीको सहभागिता रहने छ। नेपालमा बस्ने फ्रान्सेली नागरिकले पनि प्रतियोगितामा उपस्थिति जनाउने छन्।  

संघले केही हप्ता अघि मात्रै पोखरामा अन्तराष्ट्रिय टेनिस महासंघ(आईटिएफ)को जे–५ पोखरा सर्किट १ र २ प्रतियोगिता सम्पन्न गरेको थियो। संघले टेनिसको विकासको लागि आगामी महिना जुनियर च्याम्पियनसिप समेत आयोजना गर्ने प्रतियोगिताका संयोजक एवं कास्की जिल्ला टेनिस संघका उपाध्यक्ष नविन चालिसेले जानकारी दिए।  

प्रतियोगितामा पुरुष एकल तथा महिला एकल तर्फका विजेताले नगद ८० हजार रुपैयाँ प्राप्त गर्ने छन्। त्यसैगरी उपविजेताले समान ४०–४० हजार रुपैयाँ प्राप्त गर्ने संयोजक चालिसेले सुनाए। एकल तर्फ दुई सेमिफाईनलिष्ट महिला तथा पुरुषले १०–१० हजार प्राप्त गर्ने छन् । पुरुष युगल र महिला युगल विजेताले ३०–३० हजार पाउँदा उपविजेताले १५–१५ हजारको पुरस्कार राशी पाउने छन्। सेमिफानलिष्टको हकमा पनि १०–१० हजार रुपैयाँ प्रदान गरिने छ।  

पुरुष एकलसँगै ३५, ४५, ५५ र ६५ वर्ष माथिको उमेर समूहमा समेत प्रतिस्पर्धा गराईने संघले जनाएको छ। ६ वटा कोर्टमा प्रतियोगिता खेलाईने छ। ३५ वर्षमाथिको उमेर समूहको प्रतिस्पर्धामा विजेताले ६० हजार उपविजेताले ३० हजार र सेमिफाईनलिष्ट खेलाडीद्वयले १०÷१० हजार राशीको पुरस्कार पाउने छन् युगल तर्फको इभेण्टमा विजेताले २० हजार र उपविजेताले १० हजार पाउँदा अन्तिम चारमा प्रवेश गर्ने अन्य दुई खेलाडीको हकमा पनि नगद १० हजार रुपैयाँ प्रदान गरिने संघले उल्लेख गरेको छ।  

४५ वर्षमाथिको उमेर समूहका विजेताले नगद ४० हजार रुपैयाँ प्राप्त गर्ने छन्। उपविजेताले नगद २० हजार र सेमिफाइनल खेल्ने खेलाडीले १० हजारसहित पदक तथा प्रमाणपत्र पाउने छन्। युगल तर्फ विजेताले २० हजार र उपविजेताले १० हजार तथा सेमिफाईनलिष्टले १० हजार थाप्ने छन्। ५५ वर्षको उमेर समूहको एकलले ३० हजार उपविजेताले १५ हजार र सेमिफाईनल खेल्ने खेलाडीले १० हजार पुरस्कार पाउँदा युगल प्रतिस्पर्धाको विजेताले २०, उपविजेताले १० र सेमफिाईनलिष्टले पनि १० हजार पाउने छन्। ६५ वर्ष माथिको उमेर समूहको प्रतिस्पर्धामा विजेताले १५ हजार र उपविजेताले ७ हजार ५ सय पाउदाँ सेमिफाईनलिष्टले २ हजार ५ सय रुपैयाँसहित पदक तथा प्रमाणपत्र प्राप्त गर्ने छन्। प्रतियोगितालाई माछापुच्छ्रे बैंकले मुख्य प्रायोजन गर्दै आएको छ।  
अर्को समाचार
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
१ घण्टा अघि
•
१ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
काठमाडौं। न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
क्राइष्टचर्चमा दोस्रो दिनको खेलको समाप्तिमा भारतले ६ विकेट गुमाएर ११६ रन बनाएको छ। यो अवस्थामा भारत २४० रनले पछि छ। 
लोकेश राहुल २५ रनमा आउट हुँदा रिसब पन्त २३ र देभदत्त पाडिकलले २१ रन बनाए। अन्यको प्रदर्शन बिर्सन लायक रह्यो। 
कायल जेमिसन र जाकोब डफीले समान २ तथा माट हेन्री र नाथन स्मिथले समान एक विकेट लिए। 
यसअघि ५ विकेटको क्षतिमा २४६ रनबाट आज दोस्रो दिनको खेल थालेको घरेलु टोली न्युजिल्यान्ड ३५६ रनमा अलआउट भयो। किबिज टोलीका लागि टम ब्लुन्डेलले ८९ र कप्तान टम लाथमले ५९ रन बनाए। 
भारतका लागि आकाश दीपले ५ विकेट लिए। अन्सुल काम्बोज र गुरनुर ब्रारले समान २ तथा वासिङटन सुन्दरले एक विकेट झारे। 
२ खेलको सिरिजको पहिलो खेल भने बराबरीमा सकिएको थियो। 


चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ४२ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस