सुखद बिदाइको खोजीमा मेसी, दुर्लभ लक्ष्यमा एमबाप्पे
०३ पौष २०७९
•
३ मिनेट पाठ
सुखद बिदाइको खोजीमा मेसी, दुर्लभ लक्ष्यमा एमबाप्पे
अर्जेन्टिनाका कप्तान लियोनल मेसी विश्वकप उपाधिसहित आफ्नो अन्तर्राष्ट्रिय खेलजीवनको सुखद अन्त्य गर्ने लक्ष्यमा छन्। तर, मेसीले त्यसका लागि साबिकको विजेता फ्रान्स र कीर्तिमानको संघारमा रहेका केलियन एमबाप्पेको चुनौती पार लगाउनु पर्नेछ।




एमबाप्पे आइतबार ब्राजिलका पेलेपछि दुई वटा विश्वकप जित्ने सबैभन्दा युवा खेलाडी बन्न सक्छन्। पेले २१ वर्षमा दुई पटक विश्व विजेता बनिसकेका थिए। आइतबार लुसेल स्टेडियममा अर्जेन्टिनामाथि जितसहित विश्वकप उपाधि रक्षा गरेमा एमबाप्पे २३ वर्षमा दुई पटक विश्व विजेता बन्नेछन्। मैदान बाहिर र मैदानभित्र अनेकौं विवादले घेरिएको कतार विश्वकप २०२२ आइतबार विश्व फुटबलका दुई शक्ती राष्ट्र अर्जेन्टिना र फ्रान्सबीच एक टोलीलाई विजेताको ताज पहिराउँदै अन्त्य हुनेछ। सन् १९६२ पछि विश्वकपको उपाधि रक्षा गर्ने पहिलो टोली बन्ने लक्ष्यमा रहेको फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पका लागि अर्को टाउको दुखाईको विषय भनेको भाइरसका कारण केही खेलाडी प्रशिक्षणमा उपस्थित हुन नसक्नु हो।

अर्जेन्टिना र फ्रान्स दुवै राष्ट्र तेस्रो पटक विश्व विजेता बन्ने दौडमा छन्। रुस विश्वकपमा उपाधि जितेको फ्रान्स चार वर्षपछि पनि सोही सफलता दोहो¥याउने लक्ष्यमा छ। लगातार दुई विश्वकप जित्न सके डेसच्याम्पका लागि अर्को उपलब्धि हुनेछ। सन् १९६२ मा ब्राजिलपछि कुनै पनि राष्ट्रले विश्वकपको उपाधि रक्षा गर्न सकेको छैन। मेसी आफ्नो अन्तिम विश्वकप खेलमा जितसहित सुखद बिदाइको लक्ष्यमा छन्। उनले यस अघि नै फ्रान्सविरुद्धको प्रतिस्पर्धा आफ्ना लागि विश्वकपको अन्तिम खेल हुने घोषणा गरेका थिए। क्लब फुटबलमा सबै सफलता हात पारेका सात पटक बलोन डी’ ओर विजेता मेसीले जित्न बाँकी उपाधि भनेको विश्वकप मात्र हो।

मेसीकै कप्तानीमा गत वर्ष अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको थियो। आफ्नो पाँचांै विश्वकप सहभागितामा मेसी उत्कृष्ट लयमा छन्। समूह चरणको पहिलो खेलमा साउदी अरेबियासँग निराश भएको अर्जेन्टिनाले त्यसपछि भने मेसीको प्रेरणामा उत्कृष्ट नतिजाका साथ फाइनल यात्रा तय गरेको हो। अर्जेन्टिनाको फाइनल यात्रामा मेसीले पाँच गोल र तीन गोलका लागि असिस्ट गरेका छन्। त्यस्तै युलियन अल्भारेजले पनि चार गोल गरिसकेका छन्। ‘हामी निकै उत्साही छौं। तर हामी विशेष क्षणबाट एक कदम पछि छांै,’ अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कोलानीले भने।

३५ वर्षका मेसी २०१४ को ब्राजिल विश्वकपमा पनि उपाधि संघारमा रहे पनि जर्मनीसँग निराश भएका थिए। आठ वर्षपछि जुरेको विश्वविजेता बन्ने दोस्रो अवसर गुमाउने पक्षमा मेसी छैनन्। सन् १९८६ मा डिएगो म्याराडोनाको प्रेरणामा विश्वकप जितेको अर्जेन्टिनाले त्यसयता उपाधि जित्न सकेको छैन। ‘म आपैmँमा रमाइरहेको छु। मैले यो विश्वकप विशेष रूपमा लिएको छु,’ क्रोएसियाविरुद्ध सेमिफाइनलमा ३–० को जित निकालेपछि मेसीले भनेका थिए। तर मेसीको जितले कतार विश्वकप २०२२ यादगार बन्छ वा फ्रान्सको उपाधि रक्षा गर्ने उपलब्धिले ? त्यो पनि चासोको विषय बनेको छ। फ्रान्सले फाइनलसम्म पुग्दा कुनै कठिनाई भोग्नु परेको छैन। तर फाइनल खेलको एक दिन अघि मात्र केही खेलाडी बिरामी पर्दा त्यसले साबिकको विजेतालाई केही दबाब दिएको छ। रुघा खोकीकै कारण रक्षक राफेल भरान र इब्राहिमा कोनाटेका साथै किंग्स्ले कोमान शुक्रबार प्रशिक्षणमा अनुपस्थित थिए। डेसच्याम्पले मेसीको टोलीविरुद्ध गुमाउन नचाहेका खेलाडी एमबाप्पे नै हुन्। एमबाप्पेले पनि जारी विश्वकपमा पाँच गोल र दुई असिस्ट गरेका छन्। एमबाप्पे र मेसी संयुक्त रूपमा सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छन्।

यद्यपि, उनी इङ्ल्यान्डविरुद्धको क्वार्टरफाइनल र मोरक्कोविरुद्धको सेमिफाइनलमा भने प्रभावशाली देखिएका थिएनन्। रुस विश्वकपमा एमबाप्पे १९ वर्षमा नै विश्वकप जित्दै सो उपलब्धि हासिल गर्ने सबैभन्दा कान्छो खेलाडी बनेका थिए। रुस विश्वकपमा फ्रान्सले फाइनलमा क्रोएसियाविरुद्ध ४–२ को जित निकाल्दा एमबाप्पेले एक गोल गरेका थिए। उनले अर्जेन्टिनाविरुद्धको अन्तिम १६ को खेलमा भने दुई गोल गरेका थिए। फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) मा मेसी र एमबाप्पे टिमका सहयात्री हुन्। ‘हामी मैदानमा सकेसम्म मेसीको प्रभाव कम गर्ने काम गर्छौं,’ डेसच्याम्पले भने, ‘त्यस्तै अर्जेन्टिना पनि एमबाप्पे र अन्य खेलाडीको प्रभाव कम गर्ने प्रयासमा हुनेछ।’
अर्को समाचार
सुखद बिदाइको खोजीमा मेसी, दुर्लभ लक्ष्यमा एमबाप्पे
०३ पौष २०७९
•
३ मिनेट पाठ
सुखद बिदाइको खोजीमा मेसी, दुर्लभ लक्ष्यमा एमबाप्पे
अर्जेन्टिनाका कप्तान लियोनल मेसी विश्वकप उपाधिसहित आफ्नो अन्तर्राष्ट्रिय खेल जीवनको सुखद अन्त्य गर्ने लक्ष्यमा छन्। तर, मेसीले त्यसका लागि साबिकको विजेता फ्रान्स र कीर्तिमानको संघारमा रहेका केलियन एमबाप्पेको चुनौती पार लगाउनु पर्नेछ।




एमबाप्पे आइतबार ब्राजिलका पेलेपछि दुई वटा विश्वकप जित्ने सबैभन्दा युवा खेलाडी बन्न सक्छन्। पेले २१ वर्षमा दुई पटक विश्व विजेता बनिसकेका थिए। आइतबार लुसेल स्टेडियममा अर्जेन्टिनामाथि जितसहित विश्वकप उपाधि रक्षा गरेमा एमबाप्पे २३ वर्षमा दुई पटक विश्व विजेता बन्नेछन्।

मैदान बाहिर र मैदानभित्र अनेकौं विवादले घेरिएको कतार विश्वकप २०२२ आइतबार विश्व फुटबलका दुई शक्ती राष्ट्र अर्जेन्टिना र फ्रान्सबीच एक टोलीलाई विजेताको ताज पहिराउँदै अन्त्य हुनेछ। सन् १९६२ पछि विश्वकपको उपाधि रक्षा गर्ने पहिलो टोली बन्ने लक्ष्यमा रहेको फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पका लागि अर्को टाउको दुखाईको विषय भनेको भाइरसका कारण केही खेलाडी प्रशिक्षणमा उपस्थित हुन नसक्नु हो।

अर्जेन्टिना र फ्रान्स दुवै राष्ट्र तेस्रो पटक विश्व विजेता बन्ने दौडमा छन्। रुस विश्वकपमा उपाधि जितेको फ्रान्स चार वर्षपछि पनि सोही सफलता दोहोर्‍याउने लक्ष्यमा छ। लगातार दुई विश्वकप जित्न सके डेसच्याम्पका लागि अर्को उपलब्धि हुनेछ। सन् १९६२ मा ब्राजिलपछि कुनै पनि राष्ट्रले विश्वकपको उपाधि रक्षा गर्न सकेको छैन। मेसी आफ्नो अन्तिम विश्वकप खेलमा जितसहित सुखद बिदाइको लक्ष्यमा छन्। उनले यस अघि नै फ्रान्सविरुद्धको प्रतिस्पर्धा आफ्ना लागि विश्वकपको अन्तिम खेल हुने घोषणा गरेका थिए। क्लब फुटबलमा सबै सफलता हात पारेका सात पटक बलोन डी’ ओर विजेता मेसीले जित्न बाँकी उपाधि भनेको विश्वकप मात्र हो।

मेसीकै कप्तानीमा गत वर्ष अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको थियो। आफ्नो पाँचौं विश्वकप सहभागितामा मेसी उत्कृष्ट लयमा छन्। समूह चरणको पहिलो खेलमा साउदी अरेबियासँग निराश भएको अर्जेन्टिनाले त्यसपछि भने मेसीको प्रेरणामा उत्कृष्ट नतिजाका साथ फाइनल यात्रा तय गरेको हो। अर्जेन्टिनाको फाइनल यात्रामा मेसीले पाँच गोल र तीन गोलका लागि असिस्ट गरेका छन्। त्यस्तै युलियन अल्भारेजले पनि चार गोल गरिसकेका छन्। ‘हामी निकै उत्साही छौं। तर हामी विशेष क्षणबाट एक कदम पछि छौं,’ अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कोलानीले भने।

३५ वर्षका मेसी २०१४ को ब्राजिल विश्वकपमा पनि उपाधि संघारमा रहे पनि जर्मनीसँग निराश भएका थिए। आठ वर्षपछि जुरेको विश्वविजेता बन्ने दोस्रो अवसर गुमाउने पक्षमा मेसी छैनन्। सन् १९८६ मा डिएगो म्याराडोनाको प्रेरणामा विश्वकप जितेको अर्जेन्टिनाले त्यसयता उपाधि जित्न सकेको छैन। ‘म आफैंमा रमाइरहेको छु। मैले यो विश्वकप विशेष रूपमा लिएको छु,’ क्रोएसियाविरुद्ध सेमिफाइनलमा ३-० को जित निकालेपछि मेसीले भनेका थिए। तर मेसीको जितले कतार विश्वकप २०२२ यादगार बन्छ वा फ्रान्सको उपाधि रक्षा गर्ने उपलब्धिले? त्यो पनि चासोको विषय बनेको छ। फ्रान्सले फाइनलसम्म पुग्दा कुनै कठिनाई भोग्नु परेको छैन। तर फाइनल खेलको एक दिनअघि मात्र केही खेलाडी बिरामी पर्दा त्यसले साबिकको विजेतालाई केही दबाब दिएको छ।

रुघाखोकीकै कारण रक्षक राफेल भरान र इब्राहिमा कोनाटेका साथै किंग्स्ले कोमान शुक्रबार प्रशिक्षणमा अनुपस्थित थिए। डेसच्याम्पले मेसीको टोलीविरुद्ध गुमाउन नचाहेका खेलाडी एमबाप्पे नै हुन्। एमबाप्पेले पनि जारी विश्वकपमा पाँच गोल र दुई असिस्ट गरेका छन्। एमबाप्पे र मेसी संयुक्त रूपमा सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छन्।

यद्यपि, उनी इङ्ल्यान्डविरुद्धको क्वार्टरफाइनल र मोरक्कोविरुद्धको सेमिफाइनलमा भने प्रभावशाली देखिएका थिएनन्। रुस विश्वकपमा एमबाप्पे १९ वर्षमा नै विश्वकप जित्दै सो उपलब्धि हासिल गर्ने सबैभन्दा कान्छो खेलाडी बनेका थिए। रुस विश्वकपमा फ्रान्सले फाइनलमा क्रोएसियाविरुद्ध ४–२ को जित निकाल्दा एमबाप्पेले एक गोल गरेका थिए। उनले अर्जेन्टिनाविरुद्धको अन्तिम १६ को खेलमा भने दुई गोल गरेका थिए। फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) मा मेसी र एमबाप्पे टिमका सहयात्री हुन्। ‘हामी मैदानमा सकेसम्म मेसीको प्रभाव कम गर्ने काम गर्छौं,’ डेसच्याम्पले भने, ‘त्यस्तै अर्जेन्टिना पनि एमबाप्पे र अन्य खेलाडीको प्रभाव कम गर्ने प्रयासमा हुनेछ।’
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस