यातायात व्यवसायीको दाबी: प्रतिवेदन कार्यान्वयन नहुँदा सडक दुर्घटना बढे
०४ चैत्र २०८२
•
४ मिनेट पाठ
यातायात व्यवसायीको दाबी: प्रतिवेदन कार्यान्वयन नहुँदा सडक दुर्घटना बढे
यातायात व्यवसायीहरूले सडक दुर्घटना रोक्ने उद्देश्य राखेर विभिन्न समयमा गठन गरिएका सरकारी प्रतिवेदन कार्यान्वयन नहुँदा सडक दुर्घटना बढेको बताएका छन्।




पछिल्लो समय दिनहुँजसो सडक दुर्घटना हुन थालेका छन्। सडक दुर्घटना बढ्दा यसले सामाजिक आर्थिक, मानवीय लगायत सबै क्षेत्रमा गम्भीर असर पारेको छ।  यसबाट व्यवसायीहरू चिन्तित हुन थालेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले मंगलबार विज्ञप्ति जारी गरी सडक दुर्घटनाको विषयमा सरकारले विभिन्न समयमा गठन गरेका प्रतिवेदन कार्यान्वयन नहुँदा, प्रतिवेदनमा उल्लेख गरिएका सुझाव र सिफारिसलाई बेवास्ता गर्दा दुर्घटना बढेको बताएको छ।

सिमलताल बस दुर्घटना प्रतिवेदन, यातायात सुधार सुझाव कार्यदलको प्रतिवेदन २०८० लगायतका प्रतिवेदनहरू  कार्यान्वयन नभएको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन्।

सडक दुर्घटना रोक्ने कानुन अलपत्र

सरकारले पटक–पटक सडक सुरक्षा ऐन ल्याउने र सडकको अवस्था सुधार गरी दुर्घटना न्यूनीकरण गर्ने प्रतिबद्धता गरेको छ तर सडक सुरक्षा ऐनको मस्यौदा बने पनि त्यो सात वर्षदेखि अलपत्र छ।

गत वर्ष नै सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको नीति तथा कार्यक्रममा ‘राष्ट्रिय यातायात नीति, सार्वजनिक सवारी र यातायात व्यवस्था ऐन, सार्वजनिक सडक ऐन, सडक सुरक्षा ऐन तर्जुमा गरिने’ प्रतिबबद्धता गरेको थियो।

उक्त प्रतिबद्धता यो वर्ष लगभग कार्यान्वयन नहुने निश्चित भएको छ। किनभने पुरानो सरकार ढलिसकेको छ र नयाँ सरकार अझै बनिसकेको छैन।

गत वर्ष  सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भनेका थिए,  ‘यात्रुलक्षित सचेतना कार्यक्रम सञ्चालन गर्ने तथा सवारीचालकको क्षमता विकास गरी जिम्मेवार बनाइनेछ।’

सडक दुर्घटना कसरी न्यूनीकरण गर्ने, दुर्घटना भइसकेपछि कसरी चाँडोभन्दा चाँडो घाइतेको उद्धार गर्नेलगायतका विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तयार पारेको ‘सडक सुरक्षा ऐन तथा राष्ट्रिय सडक सुरक्षासम्बन्धी एक्सन प्लान (कार्ययोजना) को मस्यौदा ७ वर्षदेखि मन्त्रालयमै थन्किएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक उच्च कर्मचारीले तयार पारेको सडक सुरक्षा ऐनको मस्यौदामा गत जेठमै  अर्थ र कानुन मन्त्रालयले सहमति जनाएको छ। ‘ऐनको अन्तिम मस्यौदा तयार भइसकेको छ। त्यसलाई अब चाँडै मन्त्रिपरिषद्मा लग्ने तयारी भएको छ’, ती कर्मचारीले भने।

मन्त्रालयका कर्मचारीका अनुसार सडक सुरक्षासम्बन्धी ऐनको प्रारम्भिक मस्यौदा २०७५ सालमै तयार पारिएको थियो। २०७५ मै सडक सुरक्षासम्बन्धी कार्ययोजना पनि तयार पारिएको थियो। सडक विभागले सडक सुरक्षा तथा ट्राफिक शाखा बनाए पनि कानुन नहुँदा यो प्रभावकारी हुन सकेको छैन। अर्थ मन्त्रालयले सहमति दिन ढिलो गरकाले सात वर्षसम्म सडक सुरक्षा ऐनको मस्यौदा अड्किएको मन्त्रालयका एक कर्मचारीले बताए। ती कर्मचारीका अनुसार अर्थले दुवै कानुनलाई एकीकृत गरी एउटै बनाउन भनेका कारण पनि ढिलो भएको हो। भौतिक मन्त्रालयले सडक सुरक्षा ऐन र सार्वजनिक सडक सुरक्षा ऐनको छुट्टाछुट्टै मस्यौदा बनाएर अर्थमा सहमतिका लागि पठाएको थियो तर अर्थले एकीकृत मस्यौदा बनाउन भन्यो। मन्त्रालयका कर्मचारीका अनुसार सडक सुरक्षा ऐन सडकको सुरक्षासम्बन्धी हो भने सार्वजनिक सडक ऐन सडक निर्माणसम्बन्धी हो।

ती कर्मचारीले भने ‘अन्य देशमा सडक सुरक्षासम्बन्धी कानुन र कार्ययोजनालाई अति नै महत्त्व दिइएको पाइन्छ तर हाम्रो देशमा अहिलेसम्म कानुनसमेत बनेको छैन।’

अहिले सडक सुरक्षासम्बन्धी छुट्टै कानुन नहुँदा सडक दुर्घटना न्यूनीकरण सम्बन्धमा यातायात व्यवस्थासम्बन्धी ऐन र नियमावलीका आधारमा काम गरिएको छ। हर्न बजाउने, गाडीको गति नियन्त्रण गर्ने, ट्राफिक नियम पालना गर्नेलगायतमा यातायात व्यवस्थासम्बन्धी नियमावली लागु गरिएको छ। मन्त्रालयका एक उच्च कर्मचारीका अनुसार सडक सुरक्षाका लागि यातायात व्यवस्थासम्बन्धी ऐन र नियमावली एकदमै अपर्याप्त छ।

प्रहरीको निर्देशन

सडक दुर्घटना बढ्दै गएपछि प्रहरी पनि चिन्तित छ। उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले सडक दुर्घटना न्यूनीकरण गर्न थप जिम्मेवारीका साथ काम गर्न निर्देशन दिएका छन्।

उपत्यका ट्राफिक प्रहरी कार्यालयको अनुगमन पछि उनले ट्राफिक प्रहरी कर्मचारीलाई अनुशासित, शिष्ट र सेवामुखी भई प्रभावकारी ट्राफिक व्यवस्थापन गर्न र सडक दुर्घटना न्यूनीकरणका लागि थप जिम्मेवार बन्न निर्देशन दिएका हुन्।

उपत्यकामा बढ्दो सवारी चाप र सडक दुर्घटनाको चुनौतीलाई ध्यानमा राख्दै ट्राफिक व्यवस्थापनलाई अझ व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो। ट्राफिक प्रहरीको भूमिका नागरिकको सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएको बताउँदै प्रत्येक ट्राफिक प्रहरीले आफ्नो जिम्मेवारी इमान्दारी, अनुशासन र सेवाभावका साथ निर्वाह गर्नुपर्ने बताए।

सडकमा ट्राफिक प्रहरीले ठूलो जिम्मेवारी बोकेर काम गरिरहेका हुन्छन्। सडकमा खटिने प्रत्येक ट्राफिक प्रहरी नागरिकको सुरक्षासँग प्रत्यक्ष रूपमा सम्बन्धित छन्’, उनले भने।

ट्राफिक व्यवस्थापनलाई चुस्तदुरुस्त बनाउँदै दुर्घटना न्यूनीकरणका लागि थप सक्रियता देखाउनुपर्ने उनको भनाइ थियो। त्यस अवसरमा उनले उपत्यका ट्राफिक प्रहरी कार्यालयका विभिन्न शाखा, सेवा प्रवाहको अवस्था, दैनिक ट्राफिक व्यवस्थापनको प्रणाली तथा भौतिक पूर्वाधारको अवस्थाबारे जानकारी लिएका थिए।  
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
१९ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ४३ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस