यी चार भवन उच्च जोखिममा
०५ असोज २०८२
•
२ मिनेट पाठ
यी चार भवन उच्च जोखिममा
जेन-जी आन्दोलनका क्रममा गत भदौ २४ गते जलाइएका तथा तोडफोड गरिएका भवनहरूमध्ये चार वटा उच्च जोखिममा रहेकाले मान्छे छिर्न पनि नहुने निष्कर्ष निकालिएको छ। इन्जिनियरहरूले अध्ययनपछि यस्तो निष्कर्ष निकालेका हुन्।




नेपाल इन्जिनियर्स एसोसियनका अध्यक्ष सुवासचन्द्र बरालका अनुसार सिंहदरबारको मूल भवन, सर्वोच्च अदालत रहेको उत्तरपट्टिको भाग, स्वास्थ्य मन्त्रालयको भवन र काठमाडौं जिल्ला अदालत भवन उच्च जोखिममा रहेकाले पूर्ण रूपमा प्रयोग गर्न नमिल्ने अवस्थामा छन्। ती भवनहरूमा सरसफाइका लागि मान्छे छिर्नसमेत नहुने अध्ययनबाट पाइएको इन्जिनियर्स एसोसिएसन, सहरी विकास तथा भवन निर्माण विभाग, स्ट्रक्चर्स इन्जिनियर्स (सिनेट) को संयुक्त टोलीको प्रारम्भिक प्रतिवेदनमा भनिएको छ।

‘नेपाल भूकम्पीय दृष्टिकोणले जोखिमपूर्ण क्षेत्र हो। आगलागीबाट पूर्ण ध्वस्त भएका चार भवनभित्र सरसफाइ गर्न मान्छे छिर्न पनि जोखिमपूर्ण हुनेछ। त्यसैले ती भवनहरूमा नजिक तथा भित्र जान उच्च जोखिम छ। सानो भुइँचालो आए पनि पुरै भत्कने अवस्था छ,’ बरालले भने, ‘ती चार वटा भवनको वरिपरि जान सकिन्छ तर भित्र जान निकै होसियारी अपनाउनुपर्ने हुन्छ।’ उनका अनुसार ती चार भवन सानो भुइँचालो आए पनि पुरै भत्कने अवस्थामा छन्।

जेन-जी आन्दोलनका क्रममा संघीय सरकारको मातहतमा रहेका दुई सय ३० वटा भवनमा क्षति भएको छ। प्रदेश सरकार र स्थानीय सरकरको मातहतमा रहेका भवनहरूको संख्यासमेत जोड्ने हो भने पाँच सयभन्दा बढी भवनमा क्षति भएको बरालले जनाए।

उनका अनुसार जेनजी आन्दोलनपछि इन्जिनियर तथा भवन विभागको संयुक्त टोलीले आन्दोलनका क्रममा जलाइएका भवनहरूमध्ये हाललाई पूर्ण रूपमा प्रयोग गर्न मिल्ने, आंशिक रूपमा प्रयोग गर्न मिल्ने तथा पूर्ण रूपमा प्रयोग गर्न नमिल्ने भनी तीन वटा शीर्षकमा अध्ययन गरिएको थियो। प्रारम्भिक अध्ययनमा ती चार वटा भवन पूर्ण रूपमा प्रयोग गर्न नमिल्ने निष्कर्ष निकालिएको हो।

‘यो प्रारम्भिक प्रतिवेदन हो। विस्तृत प्रतिवेदन तयार गर्दै छौं,’ बरालले भने। बरालका अनुसार सिंहबारको मूल भवन २०७२ सालको भूकम्पपछि पुनर्निर्माण गरी तयार गरिएको हो। बरालका अनुसार इन्जिनियरहरूको प्रतिवेदनले बबरमहलस्थित सडक विभागको अगाडिपट्टिको भवन पनि हाल पूर्ण रूपमा प्रयोग गर्न मिल्दैन।

उक्त भवन पनि २०७२ सालको भूकम्पपछि पुनर्निर्माण गरिएको थियो। इन्जिनियरहरूको टोलीले चार वटा भवनबाहेक अन्य भवनहरूमा आंशिक रूपमा प्रयोग गर्न मिल्ने निष्कर्ष निकालेका छन्।

जेनजी आन्दोलनले सहरी विकास तथा भवन निर्माण विभागकै मूल भवनमा ठुलो क्षति पुर्‍याएको छ। विभागका कर्मचारीहरूले क्षति नभएका कोठाबाट काम चलाइरहेका छन्। जेनजी आन्दोलनका क्रममा देशभरि नै सरकारी भवन जलाइएका छन्। यी भवनहरूको पुनर्निर्माण गर्न कम्तीमा एक खर्ब रुपैयाँ खर्च हुने विभागका उच्च कर्मचारीहरूले प्रारम्भिक अनुमान गरेका छन्।
अर्को समाचार
बागलुङकाे एक स्वास्थ्यचौकी भवन पहिराको जोखिममा
२४ भदौ २०७९
•
१ मिनेट पाठ
बागलुङकाे एक स्वास्थ्यचौकी भवन पहिराको जोखिममा
बागलुङ नगरपालिका–९ स्थित तित्याङ स्वास्थ्यचौकी पहिराको उच्च जोखिममा छ। भवन निर्माण गर्नुपूर्व उपयुक्त ठाउँ छनोट नहुँदा लाखौँ रुपैयाँको लागतमा निर्माण भएको उक्त स्वास्थ्यचौकी भवन पहिराको जोखिममा परेको हो




विसं २०७६ मा निर्माण भएको उक्त भवन नजिकै पहिरा जाने क्रम रोकिएको छैन। भवन माथिदेखि झरेको पहिराले पछाडितिरका झ्यालमा क्षति पुर्‍याएको छ। भवनमाथिदेखि तथा तलपट्टिबाट पहिरो गएको छ।

माथिदेखि झरेको पहिराले भवन पुरिन थालेको छ। तलदेखि भवनको जगनै उप्किन थालेको छ।  दुई करोड तीन लाखमा निर्माण भएको सो भवन पहिराको जोखिममा परेपछि वडा कार्यालयले यसको संरक्षणका लागि पहल थालेको छ। 

बागलुङ नगरपालिका–९ का वडाध्यक्ष राजु थापाले भवन जोखिममा परेपछि यसको संरक्षणका लागि ६५ लाख विनियोजन भएको बताए। उनले बर्खा सकिएपछि पर्खाल लगाउने बताए। 'बर्खा रोकिएपछि पर्खाल लगाएर संरक्षण गर्ने योजना छ', थापाले भने। ठाउँ उपयुक्त नहुँदा अहिलेको अवस्था सिर्जना भएको उनकाे भनाइ छ।

'यो ठाउँमा हुँदैन, जोखिम हुन्छ भन्दाभन्दै जबर्जस्ती भवन निर्माण गर्ने काम भयो', थापाले भने, 'पानीको मूल फुटने ठाउँमै भवन निर्माण गरिएको छ।' भवनको जग नै कमजोर भएको पाइएको छ। उक्त  भवन निर्माणका लागि स्थानीय यामबहादुर खड्का र बेलबहादुर खत्रीले चार रोपनी जग्गा दान गरेका हुन्।
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस