सोलुखुम्बुमा पहिरोका कारण दुई वडा कार्यालय जोखिममा, ११ परिवार विस्थापित
२५ साउन २०८३
•
३ मिनेट पाठ
सोलुखुम्बुमा पहिरोका कारण दुई वडा कार्यालय जोखिममा, ११ परिवार विस्थापित
सोलुखुम्बुमा निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण दुईवटा वडा कार्यालय भवन उच्च जोखिममा परेका छन् भने ११ घरपरिवार विस्थापित भएका छन्।




जिल्लाको सोलुदूधकुण्ड नगरपालिका-३ तामाखानी र सोताङ गाउँपालिका–४ को वडा कार्यालय भवन पहिरोको उच्च जोखिममा परेका हुन्। पहिरोका कारण वडा कार्यालयका संरचनासँगै आसपासका बस्तीसमेत जोखिममा परेका छन्। जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी कमानसिंह थापामगरका अनुसार सोलुदूधकुण्ड नगरपालिका-३ को वडा कार्यालय भवन गत शनिबार राति गएको पहिरोका कारण जोखिममा परेको हो। 

यस्तै, सोताङ गाउँपालिका–४ को वडा कार्यालय भवन केही दिनअघि गएको पहिरोका कारण जोखिममा परेको छ। 'निरन्तर वर्षात् भइरहेकाले जिल्लाका अन्य सरकारी संरचनामा समेत सामान्य क्षति पुगेको छ', प्रमुख जिल्ला अधिकारी थापामगरले भने।सोलुदूधकुण्ड नगरपालिका–३ तामाखानीस्थित वडा कार्यालय भवनभन्दा ठिक माथिबाट विस्तार गरिएको सडक क्षेत्रमा पहिरो जाँदा वडा कार्यालयको शौचालय बगाएको छ। पहिरोका कारण नजिकै रहेको प्रशासनिक भवनसमेत उच्च जोखिममा रहेको वडाध्यक्ष ल्हाक्पागेलु शेर्पाले बताए। उनका अनुसार वडा कार्यालयको माथिल्लो भिरबाट ठूलो पहिरो खसेको छ। पहिरोले सडकसहित आसपासका संरचनामा क्षति पुर्याएको छ भने पहिरो थप विस्तार हुनसक्ने जोखिम छ।

'पहिरो निकै ठूलो भएकाले तत्काल रोकथाम गर्न सकिने अवस्था छैन', वडाध्यक्ष शेर्पाले भने। पहिरो थप बढेमा वडा कार्यालय भवनसँगै स्वास्थ्यचौकीसमेत प्रभावित हुनसक्ने उनले बताए। वडा कार्यालयभन्दा माथिल्लो क्षेत्रमा रहेको भिरबाट पहिरो निरन्तर खसिरहेकाले आसपासको भूभाग थप जोखिमपूर्ण बन्दै गएको उनको भनाइ छ। त्यसैगरी, सोताङ गाउँपालिका–४ को वडा कार्यालय भवन पनि पहिरोको उच्च जोखिममा परेको छ। पहिरोले वडा कार्यालय परिसरको पर्खाल बगाएको छ। यस्तै वडा कार्यालय भवन र कर्मचारी आवाससमेत जोखिममा परेका वडाध्यक्ष दीपबहादुर राईले बताए।

पहिरो निरन्तर बढ्दै गएकाले कुनै पनि बेला वडा कार्यालय भवनसमेत तान्न सक्ने अवस्था रहेको उनले बताए। वडा कार्यालयभन्दा तल रहेका पाँच घरपरिवार पहिरोका कारण विस्थापित भएका छन्। घर जोखिममा परेपछि उनीहरू सुरक्षित स्थानमा पाल टाँगेर बसिरहेका छन्।' पहिरो बढ्दै गएको छ। वडा कार्यालय त जोखिममा छ नै, यसले बस्तीसमेत धरापमा पारेको छ। ठूलो पानी परेको समयमा मलाई राति निद्रा लाग्दैन', वडाध्यक्ष राईले भने,'झरी निरन्तर छ। वडा कार्यालय आसपासको जमिन पहिरोले थिलथिलो भएको छ। असाध्यै चिन्ता लाग्छ, कुन बेला के घटना हुने हो थाहा छैन।'

यसैबीच पहिरोका कारण जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका–९ मा पाँच घरपरिवार विस्थापित भएका छन्। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक नविनराजा बुढाथोकीका अनुसार पहिरोका कारण घर जोखिममा परेपछि उनीहरूलाई नजिकै रहेको विद्यालय भवनमा स्थानान्तरण गरिएको छ। त्यस्तै, लिखुपिके गाउँपालिका–३ चौलाखर्कमा पनि पहिरोका कारण एक घरपरिवार विस्थापित भएको प्रहरीले जनाएको छ। घर पहिरोको जोखिममा परेपछि उक्त परिवारलाई विद्यालय भवनमा स्थानान्तरण गरिएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए।  

जिल्लाका विभिन्न क्षेत्रमा पहिरोका कारण हालसम्म ११ घरपरिवार विस्थापित भएका छन्। विस्थापित परिवारलाई जोखिमयुक्त घरमा बस्न नदिई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ। निरन्तर वर्षाका कारण जिल्लाका ग्रामीण सडक, सरकारी संरचना तथा बस्ती आसपासका क्षेत्रमा पहिरोको जोखिम बढेको छ। विशेषगरी भिरालो भूभागमा सडक विस्तार गरिएका क्षेत्र तथा पहिरोको पुरानो जोखिम रहेका क्षेत्रमा थप सतर्कता आवश्यक देखिएको छ।  

जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहले वर्षाका कारण उत्पन्न हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै जोखिमयुक्त स्थानमा रहेका बस्ती तथा संरचनाको अवस्थाबारे निगरानी गरिरहेको जनाइएको छ। वर्षा निरन्तर भइरहेकाले पहिरोको जोखिम तत्काल घट्ने अवस्था नरहेको स्थानीय जनप्रतिनिधिको भनाइ छ। जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहन तथा सम्भावित विपद्को अवस्थामा सुरक्षित स्थानमा जान जिल्ला विपद् व्यवस्थापन समितिले आग्रह गरेको छ।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
१३ मिनेट अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock २ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
यो पनि पढौँ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस