बूढीगण्डकीको मुख्य बाढी पास भइसक्यो, चितवनमा बस्ती डुबाउने जोखिम छैन
२५ असोज २०८३
•
६ मिनेट पाठ
बूढीगण्डकीको मुख्य बाढी पास भइसक्यो, चितवनमा बस्ती डुबाउने जोखिम छैन
जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले गोरखाको बूढीगण्डकी नदीमा आएको मुख्य बाढी पास भइसकेको र तल्लो तटीय क्षेत्रमा बस्ती डुबाउने गरी ठूलो बाढी आउने सम्भावना तत्काललाई नदेखिएको बताएका छन्। उनका अनुसार बाढी बेनीघाट आसपास पुगेको छ भने थप तीनदेखि चार घण्टामा चितवन पुग्ने अनुमान छ।




बूढीगण्डकी नदीको बहाव आरुघाटमा करिब सात मिटर बढेको पराजुलीले बताएका छन्। माथिल्लो क्षेत्रमा भने नदीको सतह आठदेखि नौ मिटरसम्म बढेको प्रारम्भिक आकलन छ। बाढी त्रिशूली नदीमा मिसिएपछि पानीको सतह तीनदेखि चार मिटरसम्म बढ्न सक्ने उनले बताए।

'मुख्य ठूलो बाढी आएको देखिन्छ। अब सानासाना बाढी कतैकतै आउन सक्छन्, माथिल्लो क्षेत्रमा पानी थुनिएको हुन सक्छ। तर तत्कालै फेरि यस्तै ठूलो बाढी आउने सम्भावना देखिँदैन,' पराजुलीले नागरिकन्युजलाई जानकारी दिए।

बूढीगण्डकी करिडोरमा बाढीको जोखिम ठूलो भए पनि त्रिशूलीमा मिसिएपछि तल्लो क्षेत्रमा बस्ती तथा सडकमा पानी उक्लिने अवस्था नदेखिएको उनले बताए। यद्यपि नदी किनारमा कटान हुन सक्ने जोखिम भने रहेको उनको भनाइ छ।

'चितवनतिर बस्ती र बाटोघाटमा उक्लिने बाढी होइन। माछा मार्न जाने वा खोलाको छेउछाउमा पुग्नेहरूलाई भने जोखिम हुन सक्छ,' उनले भने।

बाढी नारायणगढको पुल क्षेत्रमा पुग्दा पानीको सतह करिब दुई मिटर बढ्न सक्ने उनको अनुमान छ। बाढी भारतको सीमासम्म पुग्न थप सातदेखि आठ घण्टा लाग्न सक्ने उनले बताए।

'बाढीको वर्तमान स्थिति नियाल्दा बाढी बेनीघाट आसपास छ अहिले। अब थप ३ देखि ४ घण्टाभित्र चितवन पुग्छ अनि यो इन्डिया बोर्डर पुग्न अर्को ७–८ घण्टा जति लाग्छ,' उनले भने।

बाढीको मुख्य जोखिम माथिल्लो क्षेत्रमा रहेको भन्दै पराजुलीले त्यहाँका बासिन्दालाई बेलुकासम्मै सतर्क रहन आग्रह गरिएको जानकारी दिए।

'चितवनतिर त जोखिम छैन, खाली अब माछा मार्न जाने अथवा खोलाको छेउछाउ जानुभएकाहरूलाई जोखिम भयो, तर बस्ती तथा बाटाघाटाहरूमा उक्लिने बाढी होइन, ठूलो छैन,' उनी भन्छन्, 'बुढीगण्डकी करिडोरमा भने जोखिम भयो ठूलो, अब बाढी पनि पास भइसकेको छ, बुढीगण्डकीबाट त्रिशूलीसम्म आइसकेको छ। त्रिशूलीमा मिसिए पछाडि उच्च जोखिम छैन, अब कटानहरू हुनसक्छ कतै बाटोघाटाहरू, तर बाटोमाथि उक्लिने बस्तीमाथि उक्लिने अवस्था हुँदैन।'

बूढीगण्डकीमा अचानक ठूलो बाढी आउनुको कारणबारे विभागले अध्ययन गरिरहेको पनि उनले बताए। पराजुलीका अनुसार भू–उपग्रह तस्बिरमा ठूलो पहिरो खसेको देखिएकाले त्यसले बूढीगण्डकीको शाखा खोला थुनेको हुन सक्ने प्रारम्भिक विश्लेषण गरिएको छ।

'भू–उपग्रह तस्बिरमा ठूलो पहिरो खसेको देखिएको छ। त्यसले शाखा खोला थुनेको हुनुपर्छ भन्ने हाम्रो प्रारम्भिक विश्लेषण छ,' उनले भने, 'तर विस्तृत कारण पत्ता लगाउन अझै अध्ययन गर्नुपर्नेछ।'

घटनास्थलको अवस्था बुझ्न नेपाली सेनाको हेलिकप्टरसमेत परिचालन भएको र मौसम सफा रहेकाले स्थलगत स्रोत तथा तस्बिरका माध्यमबाट थप जानकारी संकलन गर्ने प्रयास भइरहेको उनले बताए।

गोरखा जिल्लामा पछिल्लो २४ घण्टामा हल्का वर्षा मात्रै भएको देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानसम्मको विवरणमा गोरखामा ठूलो वर्षा भएको देखिँदैन।

'पूर्वसूचनाले सुरक्षित हुन सहयोग पुग्यो'

बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको यकिन विवरण भने बाढी पूर्वानुमान शाखासँग आइनसकेको पराजुलीले बताए। उनका अनुसार पहिलो सानो बाढी आएपछि पूर्वसूचना जारी गरिएको थियो। त्यसपछि दोस्रो ठूलो बाढी आउँदासम्म जोखिम क्षेत्रका मानिसलाई सुरक्षित स्थानमा जान समय मिलेको देखिएको छ।

'धनजनको क्षति अहिलेसम्म हामीलाई थाहा छैन एनडीआरएमबाट हुन्छ त्यो, तर पूर्वसूचना पहिला सानो बाढी आएर अहिले अलर्ट गराउन पनि भायो, हाम्रो पूर्वसूचना पनि समयमै गयो, अनि दोस्रो ठूलो बाढी आउँदा सबै सुरक्षित ठाउँमा गइसकेको जस्तो देखिन्छ,' उनी भन्छन्।

बाढीका कारण माथिल्लो क्षेत्रमा पानी थुनिएको अवस्था र थप जोखिमबारे स्पष्ट विवरण आइनसकेकाले बूढीगण्डकीको माथिल्लो तटीय क्षेत्रका बासिन्दालाई बेलुकासम्म सतर्क रहन उनले आग्रह गरे।

'माथिल्लो क्षेत्रका लागि सतर्क रहनैपर्यो किनभने त्यो १ इन्च त्यहाँ कति ताल बनेको थियो, कति फुट्यो, कति बाँकी छ केही थाहा छैन। नि त, त्यसो भएर हामीले बेलुकासम्म नै सतर्क भनेका छौँ, बेलुकासम्म केही थप सूचना पनि आउला, तर तल्लो क्षेत्रको लागि बेनीघाटभन्दा तल्लो क्षेत्रको लागि त्यति आत्तिनुपर्ने, डराउनुपर्ने अवस्था देखिँदैन,' पराजुलीले सतर्क रहन आग्रह गर्दै भने।

गोरखामा ठूलो वर्षा भएको देखिँदैन

गोरखा जिल्लामा पछिल्लो २४ घण्टामा हल्का वर्षा मात्रै भएको देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानसम्मको विवरणमा गोरखामा ठूलो वर्षा भएको देखिँदैन। विगत २४ घण्टामा सिराहामा २७.८ मिलिमिटर र बागलुङमा १७.४ मिलिमिटर वर्षा मापन भएको छ। बाँकी भूभागमा उल्लेखनीय वर्षा नभएको महाशाखाले जनाएको छ।

बूढीगण्डकी बाढीः ६ पुल बगे, १० जना सम्पर्कविहीन

चुमनुब्री गाउँपालिका–६ स्थित उकेलुङ खोलानजिक ठूलो पहिरो खसेर थुनिएपछि बाढी आएको अनुमान गरिएको छ। बाढीले छ वटा पुल बगाएको छ भने कम्तीमा १० जना सम्पर्कविहीन भएका छन्। बाढीले दुई वटा मोटरेबल  र चारवटा झोलुङ्गे पुल बगाएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए।

उनका अनुसार आरुघाट र धादिङको त्रिपुरासुन्दरी तथा आरुघाटको सोती र मान्बु जोड्ने पक्की पुल बगेका हुन्। बाढीले धार्चेगाउँपालिका १ र ३ जोड्ने बेलिब्रिज पनि बगाएको छ। यसैगरी, माछिखोला र केरौँजाजोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडो भर्याङ र जगत जोड्ने पुल र सिर्दिबासको घट्टेखोला र फिलिमजोड्ने झोलुङ्गे पुल पनि बगेका छन्।

बाढीले चुमनुब्रीगाउँपालिका– ३ पैयुँ र बगरका करिब ३५ घर पनि बगाएको छ भने बाढीबाट जगत्, सल्लेरी, दोभान र घट्टेखोलागाउँमा पनि क्षति भएको छ।

चार जलविद्युत् आयोजनामा क्षति, क्याम्प र निर्माण उपकरण बगायो

गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीले नदी आसपास निर्माणाधीन जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) द्वारा जारी प्रारम्भिक विवरणअनुसार चारवटा आयोजनामा निर्माणस्थल, क्याम्प क्षेत्र, पुल, निर्माण सामग्री तथा उपकरणमा क्षति पुगेको हो।

बाढीले ३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र बगाएको छ। आयोजनाका केही निर्माण उपकरणसमेत बगाएको प्रारम्भिक विवरणमा उल्लेख छ। उक्त आयोजना टाइम्स इनर्जी प्रालिले प्रवर्द्धन गरिरहेको छ।

त्यस्तै, २४.५ मेगावाटको दोभान खोला जलविद्युत् आयोजना, ३०.५९ मेगावाटको यारु खोला जलविद्युत् आयोजना र १६ मेगावाटको माछाखोला जलविद्युत् आयोजनामा पनि क्षति पुगेको विवरण छ।

बाढीले बूढीगण्डकी जलविद्युत् आयोजना (३४१ मेगावाट)को मुख्य क्याम्प क्षेत्र र केही निर्माण उपकरण बगाएको छ भने दोभान खोला जलविद्युत् आयोजना (२४.५ मेगावाट) को क्याम्प क्षेत्रका केही घरमा क्षति पुगेको छ।

यसैगरी, यारु खोला जलविद्युत् आयोजना (३०.५९ मेगावाट) को बेलिब्रिज बगाएको तथा निर्माण सामग्री र उपकरण बगाएको छ भने माछाखोला जलविद्युत् आयोजना (१६ मेगावाट) को बेलिब्रिजमा क्षति पुगेको तथा पहुँच सडक र आयोजना स्थल पुग्ने पुलमा क्षति भएको छ।
अर्को समाचार
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
७ घण्टा अघि
•
१ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।




पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–२ का ४२ वर्षीय कमल खड्का, झापाको गौरादह नगरपालिका–७ का ५० वर्षीय गोपालबहादुर विष्ट, स्याङ्जाको भिरकोट नगरपालिका–५ का ४६ वर्षीय देवप्रसाद अर्याल र काठमाडौं महानगरपालिका–२९ अनामनगरका ५६ वर्षीय नरेन्द्रप्रसाद भण्डारी रहेका छन्।

त्यसैगरी ललितपुरको इमाडोलका ५७ वर्षीय ओमशरण रानामगर, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–३ का ४८ वर्षीय रमेशप्रसाद पुडासैनी तथा तेह्रथुमको म्याङलुङ नगरपालिका–६ का ५७ वर्षीय स्वयम्कृष्ण निरौला पक्राउ परेका छन्।

जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई बिचौलियाले दुःख तथा हैरानी दिने गरेको जनगुनासोका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

पक्राउ परेका सातै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ७ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस