कम्पनी भन्छ– ‘मल छ’, किसान भन्छन्, ‘पाइएन’
२० साउन २०८२
•
५ मिनेट पाठ
कम्पनी भन्छ– ‘मल छ’, किसान भन्छन्, ‘पाइएन’
यस वर्ष साउन महिनाको तेस्रो हप्ताको सुरूवातसम्म देशका धेरैजसो भू-भागमा खडेरीजस्तो अवस्था सिर्जना भयो। लामो समयसम्म पानी नपर्दा किसानहरू चिन्तित थिए।




बीउ रोप्ने समयमै खेतमा पानी थिएन, धानको उत्पादन अनिश्चित देखिन्थ्यो। तर साउनको तेस्रो सातादेखि अविरल वर्षा सुरू भयो, र किसानले ढिलो भए पनि धान रोप्न सके। अब रोपिएको धानलाई मल चाहिने संवेदनशील समय आएको छ।

सिरहास्थित कृषि सामग्री कम्पनी लिमिटेडको शाखा कार्यालय लहानमा किसानलाई आवश्यक पर्ने रासायनिक मल पर्याप्त मात्रामा मौज्दात रहेको भए पनि वितरण प्रक्रियामा भने समस्या देखिएको छ।

कम्पनीका शाखा प्रमुख दीपराज पौडेलका अनुसार जिल्लामा हालसम्म तीन चरणमा मल वितरण भइरहेको छ। दोस्रो चरण साउन महिनामा मात्रै डिएपी ९३९ मेट्रिक टन र युरिया एक हजार २७ मेट्रिक टन मल जिल्लामा आइपुगेको छ। तेस्रो चरणको मल आउने क्रम पनि जारी रहेकाले अभाव नहुने पौडेलले जानकारी दिए।

शाखा प्रमुख पौडेलले जिल्लामा रासायनिक मल पर्याप्त मात्रामा मौज्दात रहेको दाबी गरे पनि वास्तविक किसानहरू भने मल नपाएको गुनासो गरिरहेका छन्।

नरहा गाउँपालिका–२ का किसान रघुवीर यादवले भने, ‘हिजो बिहान ४ बजेदेखि लाइनमा बसेँ, तर बेलुका मल सकियो भनेर फर्काइयो। कम्पनी भन्छ मल छ, हामीलाई त छैन’, उनले अगाडि भने, ‘धान अब बढ्न थालेको छ। युरिया हाल्ने यही बेला हो। नत्र बाला लाग्दैन, बोट कम्जोर हुन्छ।’

समयमै मल नपाउँदा रघुवीरजस्तै लहान–१८ का अखन यादवको पनि चिन्ता उस्तै छ। आज लहानस्थित रासायनिक मल वितरण गर्ने लहान–१ मा रहेको कृषि सहकारी संस्थामा पुगेर रित्तै हात फर्कनुपरेको उनको गुनासो थियो।

‘पानी पाएकोमा ढुक्क भयौँ, अब मल नपाएर गारोमा परेका छौँ’, उनले भने, ‘मौसमले पनि समयमा साथ दिएन, मलखाद्य पनि पाइएन। किसान त सधैँ दोहोरो मारमा छ हजुर, के गर्ने।’ उनले दुई हजार ५०५ सम्म पर्ने ५० किलोको डिएपी मल बाहिर पशलमा किन्दा तीन हजार ५०० सम्म तिर्नुपरेको गुनासो गरे।

गोदाममा मल भए पनि वास्तविक किसानले मल नपाएको सम्बन्धमा कृषि सामग्री कम्पनी लिमिटेड लहानका शाखा प्रमुख पौडेलको भनाइ छ, ‘समस्या सहकारीहरूले समयमा मलको माग प्रक्रिया अगाडि नबढाउँदा हो। गोदाममा मल छ, तर वितरण स्थानीय तह र सहकारीमार्फत हुने भएकाले ढिलाइ भएको हो।’

उनको अनुसार, दोस्रो चरणको वितरणअन्तर्गत सिराहाको १७ वटै पालिकामा १२५ कृषि सहकारीमार्फत मल वितरण गरिएको छ। डिएपी मल मात्रै १८ हजार छ सय बोरा वितरण गरिएको हो।

यसमध्ये लहान नगरपालिकाले दुई हजार ९० बोरा, सिराहा नगरपालिकाले दुई हजार २०० बोरा, धनगढीमाईले एक हजार ५५५ बोरा, गोलबजारले एक हजार ५१० बोरालगायत बाँकी पालिकामा पनि हजारौँ बोराको दरले मल वितरण गरिएको छ।

हालको वितरण प्रणाली पहुँच र सिफारिसमा आधारित भएकाले कतिपय वास्तविक किसान मलबाट वञ्चित हुनसकेको कम्पनीले स्वीकार गरेको छ। शाखा प्रमुख पौडेल भन्छन्, ‘कतिपय किसानको पालो अझै आएको छैन, किनभने मल किस्तामा आउँछ। सबै किसानलाई पालैपालो दिने व्यवस्था मिलाइएको छ।’

यता स्थानीय किसानहरू भने सहकारीले राजनीतिक आस्था र चिनजानका आधारमा मल वितरण गरेको गुनासो गरिरहेका छन्। उनीहरूका अनुसार सहकारीहरूले पारदर्शी वितरण प्रक्रिया अपनाएका छैनन्, जसले गर्दा सर्वसाधारण किसानलाई समयमा मल नपाउने अवस्था सिर्जना भएको छ।

त्यस्तै पालिकामा प्रमुख वा अध्यक्षले आफ्नो लागि कोटा तोक्ने र आफ्ना मान्छेलाई वितरण गर्ने परिपाटीले  मलको वितरण प्रणालीमाथि नै प्रश्न उठेको छ। पालिका तथा वडाको मनोमानी रूपमा सिफारिस गर्दा किसान र वितरकबीच कुटाकुट हुने स्थिति रहेको छ।

मल तथा खाद्य वितरणमा अनियमितताको गुनासो बढेसँगै आज लहान नगरपालिका र भगवानपुर गाउँपालिकामा रहेका कृषि सहकारीहरूको अनुगमन गरिएको छ। इलाका प्रशासन कार्यालय लहानको नेतृत्वमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका प्रतिनिधिसहितको टोलीले अनुगमन गरेको हो।

अनुगमनको क्रममा सहकारीहरूले बिलबिजक नराख्ने, मूल्य सूची टाँस नगर्ने, रासायनिक मल तथा खाद्यान्न एउटै स्थानमा राख्नेजस्ता गम्भीर त्रुटिहरू फेला परेको इलाका प्रशासन कार्यालय लहानका प्रशासकीय अधिकृत सन्तोष रायले जानकारी दिए।

उनले भने, ‘सहकारीहरूले बिलबिजक नदेखाउने, मूल्य सूची नराख्ने, मल र खाद्यान्न एउटै ठाउँमा राख्ने कार्यले वितरण प्रक्रियामा गम्भीर अनियमितता देखाएको छ।’ 

त्यस्तै उनले अन्य पालिकाहरूमा पनि यस्तै अनियमितता हुनसक्ने भएकाले नियमित अनुगमन आवश्यक रहेको बताए। ‘अन्य पालिकाहरूमा पनि यस्ता गम्भीर त्रुटिहरू दोहोरिन नदिन अब निरन्तर अनुगमन गरिनेछ। आज अनुगमन गरिएका सहकारीहरूलाई हामीले पहिलोपटक भएकाले चेतावनी मात्र दिएको छौँ,’ उनले भने।

कृषि सामग्री कम्पनी लिमिटेड लहान शाखाका प्रमुख पौडेलले पनि सहकारीहरूको अवस्था सुधार गर्न आवश्यक रहेको बताउँदै नियमित अनुगमनलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिए।

उनले भने, ‘हामीले वितरण प्रणाली सुधार गर्न सहकार्य गर्दै आएका छौँ। तर सहकारीहरूले नियम विपरीत कार्य गरेकाले थप कडाइका साथ अनुगमन आवश्यक छ।’

यसअघि आइतबार पनि सहायक जिल्ला अधिकारीको नेतृत्वमा सिरहा नगरपालिकाका कृषि सहकारीमा अनुगमन गरिएको थियो।

प्रमुख पौडेलले यस्ता अनियमितता रोक्नका लागि स्थानीय तहले ‘किसान कार्ड’ को व्यवस्था गर्न आवश्यक रहेको उल्लेख गरे। यदि किसानको पहिचान सुनिश्चित गर्न किसान कार्ड लागू गरियो भने पहुँच र भनसुनको भरमा वितरण हुने मलखाद रोक्न सहज हुने उनको भनाइ छ।

सरकारका तर्फबाट अनुगमन र सुधारको प्रक्रिया अघि बढाए पनि स्थायित्वका लागि सहकारीहरू स्वयं पनि जिम्मेवार बन्नुपर्ने सरोकारवालाको धारणा छ। कृषि सामग्री कम्पनीसँगै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले पनि मल वितरण गरिरहेको छ।

कृषि ज्ञान केन्द्रले पालिकालाई आवश्यकताअनुसार कोटा निर्धारण गरिदिने र त्यसपछि पालिकाले सहकारीमार्फत वितरण गर्ने प्रक्रिया अपनाइँदै आइएको छ। यहाँका किसानका अनुसार मलको मौज्दात पर्याप्त भए पनि वितरण प्रणालीमा सुधार नआउँदासम्म किसानको गुनासो कम हुने देखिँदैन।
अर्को समाचार
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
१ घण्टा अघि
•
१ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।




पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।

चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।

त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्‍यो।

सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्‍यो भने भुवन खड्का ५५ मतमा सीमित भए।

अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।

त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।

पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।

समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस