सगरमाथा आरोहण गर्ने सुरक्षित बाटो खुल्ने
२५ कार्तिक २०८२
•
७ मिनेट पाठ
सगरमाथा आरोहण गर्ने सुरक्षित बाटो खुल्ने
विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सुरक्षित बाटो आगामी चैतभित्रमा सञ्चालन हुने भएको छ। न्यूजील्याण्डका सर एडमण्ड हिलारी र नेपालका तेञ्जिङ नोर्गे शेर्पाले पहिलो पटक सन् १९५३ मा प्रयोग गरेको नुप्से हिमालतर्फबाट सगरमाथा आरोहण गर्ने मार्ग करिब ८० प्रतिशत निर्माण सकिएको पर्यटन विभागले जनाएको छ।  




विभागका निर्देशक हिमाल गौतमका अनुसार यो मार्ग खुम्बु आइसफलतर्फको भन्दा सुरक्षित रहेकाले आगामी वसन्तयाम (स्प्रिङ) मौसमभित्र सञ्चालन हुनेगरी तयारी भइरहेको छ। यो करिब २०० मिटरजति लामो हुने भएकाले छोटो बाटोका लागि सिधै खुम्बु आइसफल हुँदै सगरमाथा आरोहण गर्ने मार्ग खोलिएको उनले बताए।

खुम्बु आइसफलको बाटो पहिलोपटक सन् १९८४ मा सञ्चालनमा ल्याइएको विश्व पर्वतारोहण महासङ्घका विज्ञ एवं पर्यटनविद् आङ्छिरिङ शेर्पा बताए। उनका अनुसार खुम्बु आइसफलको बाटो खुलेपछि परम्परागत मार्गको नामले परिचित नुप्सेतर्फको उक्त बाटो उपयोगविहीन भएको हो। यो बाटो खुम्बु आइसफलतर्फको भन्दा धेरैगुणा सुरक्षित र भरपर्दो रहेको उनको भनाइ छ।

सोही मार्गको खोजी, अनुसन्धान तथा पुनःसञ्चालनका लागि विश्वविख्यात आरोही तथा अनुसन्धानकर्ता काजी शेर्पा, फ्रान्सका आरोही मार्क वटाई र फ्रान्सकै अर्का विश्वविख्यात आरोही एन्ट्वान एरोलाई जिम्मा दिइएको पर्यटन विभागका निर्देशक हिमाल गौतमले जानकारी दिए। उनका अनुसार नुप्से हिमालको फेदीमा सगरमाथा आधार शिविर हुनेगरी उक्त मार्ग निर्माणको करिब ८० प्रतिशत सम्पन्न भइसकेको छ।  

बाँकी २० प्रतिशत कार्य पूरा गरी आगामी वसन्तयाम (फागुन–चैत) भित्रमा सञ्चालन गर्नेगरी तयारी भइरहेको विभागका निर्देशक गौतमले बताए। 'विश्वविख्यात आरोही नेपालका काजी शेर्पा र सगरमाथा आरोही फ्रान्सका मार्क वटाईको टोली सक्रिय भएका छन्, मन्त्रिपरिषद्को निर्णयअनुसार विभागले अनुमति दिइसकेको छ,' उनले भने, 'यद्यपि त्यसका लागि सरकारको आर्थिक लगानी भने गरेको छैन।'

फ्रान्सस्थित विभिन्न पर्वातारोहण सङ्घसंस्थाको आर्थिक सहयोगमा पर्यटन मन्त्रालयले उक्त ऐतिहासिक बाटोलाई वैकल्पिक रूपमा खुलाउन लागेको गौतमले जानकारी दिए।  

'सगरमाथा आरोहणका लागि अहिले सञ्चालनमा रहेको खुम्बु आइसफल हुँदै क्याम्प एकसम्मको बाटो असाध्यै जोखिमयुक्त मानिन्छ। बर्सेनि आधा दर्जनभन्दा बढी आरोहीले अरोहणका क्रममा सगरमाथा क्षेत्रमा ज्यान गुमाउने गरेका छन्। तीमध्ये एक चौथायी घटना खुम्बु आइसफलमा हुने गरेको छ,' विभागका निर्देशक गौतमले भने।

सगरमाथा आरोहण गर्दा पहिलो जोखिम भनेको खुम्बु आइसफलमा हो। यहाँ हिउँ पग्लने, फाट्ने भइरहने हुनाले धेरै खतरा मोलेर जानुपर्ने सगरमाथा आरोही विजय घिमिरेले बताए। नयाँ मार्ग नुप्सेको फेदीबाट खुम्बु आइसफल छलेर जाने भएकाले अन्यन्त उपयोगी र कम जोखिमयुक्त हुनसक्ने उनको भनाइ छ।  

सोही बाटो हुँदै ७२ वर्षअघि तेञ्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पहिलो पटक सगरमाथा शिखरमा पाइला टेकेका थिए। यही पुरानो मार्गलाई पुनःजीवन दिनेगरी करिब १० जना विश्वविख्यात आरोहीसहितको समूहले करिब तीन वर्षअघिदेखि सक्रिय नयाँ पदमार्ग खोजी गरेको खोज तथा अनुसन्धानकर्ता काजी शेर्पाले बताए।

उनका अनुसार आगामी वसन्तयाम (स्प्रिङसिजन) भित्र सो आरोहण मार्ग औपचारिक रूपमा खुल्ने तयारी तीव्र गतिमा अघि बढेको छ। काजीले भने, 'यो केबल हिमाल आरोहणको बाटो होइन। यो नेपालको इतिहास, गौरव र पहिचानको पुनर्जन्म हो, जसमा यसपटक स्थानीय समुदाय, नेपाली आरोही, अन्तर्राष्ट्रिय दाताहरू र नेपाल सरकार सबैको सहकार्य जोडिएको छ। अहिलेसम्म पूरै मार्गको ८० प्रतिशत काम पूरा भइसकेको छ। बाँकी काम आगामी मार्च–अप्रिल अर्थात् वसन्तयामभित्र सक्ने लक्ष्य राखिएको छ।'

सरकारद्वारा अनुमति प्राप्त

सगरमाथाका लागि ऐतिहासिक उक्त मार्ग खुलाउन सरकारले काजी शेर्पा र फ्रान्सका मार्क वटाईको नेतृत्वमा अनुमति प्रदान गरेको छ। सङ्घीय सरकारको २०८१ पुस २१ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शेर्पा र वटाईको टोलीलाई लिखित रूपमा अनुमति दिइएको विभागका निर्देशक गौतमले जानकरी दिए।

विभिन्न फ्रान्सेली संस्था तथा दाताहरूको आर्थिक सहयोगमा काम अघि बढे पनि अन्य सहयोग र समन्वयमा सङ्घीय सरकारअन्तर्गत पर्यटन विभागको साथ रहेको उक्त समूहको नेतृत्व लिएका शेर्पाले बताए।  

विभागले आरोही शेर्पाको नेतृत्वमा रहेको समूहलाई छ हजार १०० मिटर उचाइसम्म मार्ग विस्तार र निश्चित मार्ग निर्माणको लिखित अनुमति दिएको छ। 'सगरमाथा क्याम्प एकसम्म मात्रै अनुमति दिइएको छ। क्याम्प एकभन्दा माथि जाने बाटो भने एउटै छ,' पर्यटन विभागका निर्देशक गौतमले भने। यो मार्ग सञ्चालनमा ल्याउनसके आरोहण यामका बेला हालको आधार शिविरमा भइरहेको मानवीय चाप, कोलाहल तथा प्रदूषणलाई कम गर्न सकिने विभागको विश्वास छ।

यो परियोजना नेपालको पर्वतारोहण इतिहाससँग सम्बन्धित भएकाले मन्त्रालयको सहमति र पर्यावरणीय स्वीकृतिसहित अघि बढाइएको गौतमले बताए। उनले भने, 'हामीले यसलाई सुरक्षित र स्थायी बनाउन सबै प्राविधिक मापदण्डमा ध्यान दिएका छौँ।'

स्थानीय र अन्तर्राष्ट्रिय सहकार्यको नमुना

यो अभियानको विशेषता केबल सरकारी परियोजना मात्र नभएर मुलुकको इतिहाससँग जोडएको विज्ञको भनाइ छ। यस अभियानमा हिमालयन एक्सपेडिसन लुम्बिनी विकास कोषका गुडविल एम्बासडर तथा ग्रिसका कन्सुलर विक्रम पाँडेकाजीले पनि आर्थिक सहयोग गरेका छन्। साथै पर्यटन विभागका तत्कालीन महानिर्देशक डा नारायणप्रसाद रेग्मीले प्राविधिक र नीतिगत समन्वयमा सक्रिय रूपमा साथ दिएको शेर्पाले उल्लेख गरे।

फ्रान्सका एन्तोनियो इरोडले पनि उक्त टोलीसँग जोडिएर काम गरिरहनुभएको छ। 'यो केबल मार्ग निर्माण होइन, यो विश्वका आरोहीहरूसँग नेपालको पुरानो सम्बन्ध पुनःस्थापना हो,' इरोडले भने। उनका अनुसार अहिलेसम्म करिब २२० वटा निश्चित खुट्किला तयार भइसकेका छन्। 'यसले आरोहणमा प्रयोग हुने सुरक्षा डोरी र सिँढीहरूको आधार तयार गर्छ। कूल करिब २७० वटा खुट्किला बनाउनुपर्नेमा बाँकी ५० वटाको काम आगामी फागुन, चैतभित्र सम्पन्न हुने योजना छ,' उनले भने।

चार लाख अमेरिकी डलरको अनुमानित लागत

यो मार्ग पूर्ण रूपमा तयार गर्नका लागि करिब चार लाख अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ। अहिलेसम्म तीन लाख डलर खर्च भइसकेको आरोही काजी शेर्पाले बताए। बाँकी एक लाख डलर दाताहरूले अझै सङ्कलन गरिरहेएको उनको भनाइ छ।

शेर्पाले भने, 'मुख्य सहयोग फ्रान्सका पर्वतारोहण प्रेमी र निजी दाताबाट आएको छ। यो रकम निश्चित मार्गसहित खुट्किला निर्माण, सुरक्षा व्यवस्थापन, प्राविधिक उपकरण र मार्ग सफाइका लागि प्रयोग भइरहेको छ।'

नयाँ बाटोः कम जोखिम, बढी सुरक्षा

नयाँबाटो पुरानो खुम्बु आइसफल मार्गको विकल्पका रूपमा तयार हुँदैछ। खुम्बु आइसफल सगरमाथाको सबैभन्दा जोखिमपूर्ण भाग मानिन्छ। जहाँ वार्षिक रूपमा हिउँपहिरो र हिउँका ब्लक खस्ने घटनाले आरोहीको ज्यान लिने गर्छ। आरोहीको ज्यान लिने अधिकांश घटना खतरायुक्त खुम्बु आइसफल क्षेत्रमा हुने गरेको पर्यटन विभागका निर्देशक गौतमले बताए।  

उनका अनुसार सगरमाथा आरोहणका लागि बर्सेनि करिब ५०० जना विदेशी तथा ३०० जति नेपाली सहयोगी गरी ८०० जनाभन्दा बढीले अनुमति लिने गर्दछन्। खुम्बु आइसफल जोखिमयुक्त भएकाले कतिपय आरोहीले आरोहण नगरी फर्कने गरेका गौतमको भनाइ छ।  

अब खुल्ने भनिएको वैकल्पिक बाटो दूरीको हिसाबले करिब २०० मिटर जति लामो रहेको जनाउँदै जोखिम निकै कम हुने आरोहण क्षेत्रका जानकारहरू बताउँछन्। पर्यटन विज्ञ आङ्छिरिङ शेर्पाले भने, 'यो बाटोले खुम्बु आइसफलको खतरा घटाउँछ र सगरमाथा आरोहण अझ सुरक्षित र विश्वसनीय बन्नेछ।'  

यो बाटो खुल्दा नेपालको पर्वतारोहण उद्योगमा क्रान्ति ल्याउने विश्वास व्यक्त गर्दै उनले यो बाटो खुल्ने हो भने नेपालमा सगरमाथा आरोहणका लागि आउने आरोहीहरूको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि हुने बताए।

अन्तर्राष्ट्रिय ध्यान पुनःसगरमाथातर्फ  

यो परियोजनाले अन्तरराष्ट्रिय पर्वतारोहण जगत्को ध्यान फेरि नेपालतिर तानेको छ। विश्वका प्रमुख पर्वतारोहण संस्था र डोनरहरूले यसलाई ‘हिस्टोरिक रुट रिभाइभल’ का रूपमा नियालेका छन्। मार्ग निर्माणका क्रममा उनीहरूले पर्यावरणीय सन्तुलनमा विशेष ध्यान दिएका छन्।

पर्यटनमा हुने सम्भावित प्रभाव

यो मार्ग खुल्नेपछि सगरमाथा आरोहणका लागि आउने पर्यटकको सङ्ख्या उल्लेखनीय रूपमा बढ्ने अनुमान गरिएको छ। नेपाल पर्वतारोहण सङ्घका अनुसार हरेक वर्ष करिब ८०० भन्दाबढी आरोही सगरमाथाको अनुमति लिन्छन्। तर खुम्बु आइसफलको जोखिमका कारण धेरै आरोही नेपाल बाहिरका अन्य हिमाल रोज्ने गरेका छन्। नयाँ मार्गले त्यो धारणा तोड्ने अपेक्षा गरिएको छ।  

सगरमाथा क्षेत्रका पर्यटन व्यवसायी दावा शेर्पाले भने, 'यो बाटो खुल्दा नेपालका गाइड, पोर्टर र स्थानीय व्यवसायी सबैको रोजगारी बढ्नेछ। सगरमाथा पुनःविश्व पर्वतारोहणको केन्द्र बन्नेछ।'  

इतिहास, संस्कृति र आत्मसम्मानको पुनर्जन्म

तेञ्जिङ नोर्गे र एडमण्ड हिलारीले सन् १९५३ मा सगरमाथा आरोहण गर्दा नेपाली जनताको आत्मसम्मान विश्वमाझ पुगेको थियो। सगरमाथा आरोही तेम्बा छिरी शेर्पाले भने, 'हिँडेको बाटो पुनःखुल्दैछ, त्यसले त्यो गौरवलाई पुनर्जीवित गरेको अनुभूति सबैमा छ।'

यो मार्ग नेपालका युवाका लागि प्रेरणाको बाटो हो, सगरमाथा राष्ट्रिय निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले भने, 'यो केबल चढाइ होइन, इतिहाससँगको पुनःसम्बन्ध हो।'
अर्को समाचार
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
१९ मिनेट अघि
•
१ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
उदयपुर। गाईघाट दिक्तेल सगरमाथा लोकमार्गअन्तर्गत फोक्सिन्टारमा लगाइने बेलिब्रीज एक महिनाभित्र पुन: जडान हुने भएको छ। गाईघाट दिक्तेल सडक योजना कार्यालय उदयपुरले बेलिब्रीज पुन: जडानका लागि ठेक्का लगाउने काम अन्तिम चरणमा पुगिसकेको जनाएको छ।




फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो। जसमा इच्छुक प्रतिस्पर्धी निर्माण व्यवसायीहरूमध्ये नियमानुसार अन्तिम छनोट गर्न बाँकी रहेको कार्यालयका सूचना अधिकारी इन्जिनियर सुमन गोलेले बताए।

गोलेका अनुसार केही दिनभित्र निर्माण व्यवसायीको टुंगो लगाएर बेलिब्रीज पुन: जडानको जिम्मा लगाउने तयारी भइरहेको छ। कार्यालय प्रमुख (डीई) परिवर्तन भएका कारण ठेक्का प्रक्रिया टुंग्याउन केही समय लागेको उनले बताए। यसअघिका डीई विवेक पाण्डेलाई कटारी घुर्मी सडक योजना कार्यालयमा मात्र खटाउँदै सरकारले गाईघाट दिक्तेल योजना कार्यालय प्रमुखमा अच्युतशविलाश पन्तलाई पठाएको छ।

नयाँ डीई पन्त सातादिनअघि मात्र कार्यालयमा हाजिर भएर केही दिनका लागि सुत्केरी बिदामा बसेका छन्। मंसिर दोस्रो साता उनी फर्केलगत्तै बेलिब्रीज पुन: जडानको जिम्मा लिने ठेकेदार टुंग्याएर काम अघि बढाउने तयारीमा कार्यालय रहेको छ।

इन्जिनियर गोलेका अनुसार बेलिब्रीज पुन: जडानका लागि डेढ करोड खर्च गर्ने गरी कार्यालयले टेन्डर आह्वान गरेको छ। ठेक्का सम्झौता भएमा पुस दोस्रो साताभित्र बेलिब्रीज निर्माण भइसक्ने अपेक्षा योजना कार्यालयले गरेको छ। गतवर्ष पनि पुस अन्तिमदेखि बेलिब्रीज सुचारु भएको थियो। यसवर्ष केही चाँडो सुचारु गर्न खोजे पनि परिस्थितिले उही समय पुर्‍याउने देखिएको कार्यालयले जनाएको छ।

उदयपुर र खोटाङलाई सोझो यातायात मार्गले जोड्ने फोक्सिन्टारस्थित सुन नदीमा दशक बढी समय लगाएर निर्माण भएको पक्की मोटरेबल पुल बाढीले बगाएदेखि २ वर्षयता वर्षमा मुस्किलले ६ महिना बेलिब्रीजको माध्यमबाट यातायात आउजाउ गर्ने गरिएको छ भने बाँकी समय फोक्सिन्टारदेखि ३ किलोमिटर टाढा रसुवाघाटस्थित झोलुंगे पुल तरेर दुई जिल्ला आउजाउ गर्नुपर्ने बाध्यता छ।

उदयपुरतर्फ रौतामाई गाउँपालिका ५ पोखरी र खोटाङतर्फ खोटेहाङ गाउँपालिका ९ चिच्कीराम्चेबीचमा पर्ने फोक्सिन्टारमा १३ वर्ष लगाएर १ सय ५ मिटर लामो पक्की मोटरेबल पुल निर्माण भएको थियो। पुल बनेर गाडी वारपार गर्न थाले पनि एप्रोच सडक निर्माण नभइसकेकाले उद्घाटन गर्ने तयारी हुँदै गर्दा ०८१ असोज १२ गते राति आएको भीषण वर्षापछिको बाढीले पुल बगाएको थियो।

डेढ दशक लामो प्रतीक्षापछि बल्ल निर्माण सम्पन्न भएको पुल बाढीले बगाएपछि भर्खर सुचारु भएको लोकमार्गको सोझो यातायात सम्बन्ध पुनः विच्छेद हुन पुगेको हो। बाढीले पुल बगाएपछि पुनर्निर्माण गर्ने या मर्मत भन्ने विषयको टुंगो सरकारले लगाउन नसक्दा सोही वर्ष हिउँददेखि कामचलाउ अस्थायी बेलिब्रीज जडान गरेर यातायात सुचारु गर्न थालिएको हो।

पुल बन्नुअघि पनि डेढ दशक बेलिब्रीजकै माध्यमबाट यातायात सुचारु गर्ने गरिएको फोक्सिन्टारको बेलिब्रीज पुल बनेपछि अन्यत्र लगिएको थियो। तर, पुल बगाएपछि फेरि बेलिब्रीजकै भर पर्नुपर्दा अर्को खरिद गर्दा दोहोरो आर्थिक भार राज्यलाई परेको स्थानीय बताउँछन्।

त्यहाँ अर्को पुल लगाउने भन्दै तत्कालीन सरकारले प्राविधिक खटाएर विस्तृत परियोजना प्रतिवेदन बनाउन लगाएको थियो। रौतामाई ५ का वडाध्यक्ष पाण्डव राईका अनुसार घटनास्थल पुगेको प्राविधिक टोलीले भत्केको पुरानो पुल मर्मत गर्नुभन्दा नयाँ पुल बनाउनु उपयुक्त हुने सुझाव दिँदै ३४ करोड लागतको नयाँ इस्टिमेटसमेत तयार गरेको थियो।

तर, पुल बगेको २६ महिना बितिसक्दासम्म त्यहाँ पुल बनाउने सुरसार सरकारले गरेको छैन न त मर्मतकै प्रक्रिया अघि बढाएको छ। बाढीले पुल बगाएर दुई जिल्लालाई यातायात सम्पर्क विच्छेद गराएको अढाई वर्ष पुग्नै लाग्दासम्म राज्यले नयाँ पुल बनाउने कि मर्मत गर्ने भन्ने नै टुंगो गर्न नसक्दा सगरमाथा लोकमार्ग भएर सञ्चालन हुने सयौँ सवारीसाधन र दुई जिल्लाबासी यात्रु मारमा परेको वडाध्यक्ष राई बताउँछन्।
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
यो पनि पढौँ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस