चार करोड पेस्की लिएर ४ वर्षदेखि कालोपत्रको काम अलपत्र
१४ मंसिर २०८२
•
३ मिनेट पाठ
चार करोड पेस्की लिएर ४ वर्षदेखि कालोपत्रको काम अलपत्र
तस्बिर : रास्कोट नगरपालिकाको सडक अलपत्र अवस्थामा/नागरिक
कालीकोट जिल्लाको रास्कोट नगरपालिकाको मुख्य सडक कालोपत्रको काम अलपत्र अवस्थामा छ। कर्णाली प्रदेश सरकारको लगानीमा नगरपालिकाभित्रको शान्तीघाट–सिपखाना सडकअन्तर्गत शान्तीघाटदेखि बडिमालिकासम्मको १२ किलोमिटर सडक कालोपत्र गर्न २०७८ साल असार ३ गते ठेक्का सम्झौता भएको थियो। 




ठेक्का सम्झौता भएको ४ वर्षसम्म निर्माण सम्पन्न नगरी सडक अलपत्र अवस्थामा छोडिएको छ। दुई पटक शिलान्यास भएको सडक निर्माण कम्पनीले अलपत्र अवस्थामा छाडेको स्थानीयको गुनासो छ।  

अग्रिम भुक्तानी (पेस्की) बापत ४ करोड ४० लाख भुक्तानी लिएर काम अलपत्र छाडेको पूर्वाधार विकास कार्यालय कालीकोटले जनाएको छ। पूर्वाधार विकास कार्यालय कालीकोटका इन्जिनियर कृष्ण प्रसाद शर्माले ठेक्का सम्झौता भएको ७ महिनापछि काम सुरु गरेको र त्यस यता काम नगरेपछि कार्यालयले निर्माण कम्पनीलाई पटक पटक पत्राचार गरेर काम गर्न भने पनि अहिलेसम्म काम सुरु नगरी अलपत्र जस्तै रहेको जानकारी दिए।  

निर्माण कम्पनी के.एस.शनिदेव जेभि.महेन्द्रनगरले सडक कालोपत्रका लागि २०७८ साल असार ३ गते पूर्वाधार विकास कार्यालय कालीकोटसँग ठेक्का सम्झौता गरेको थियो। सम्झौता भएको ४ वर्षसम्म साइडमा ४५ प्रतिशत मात्र काम भएको र हाल कुनै पनि काम सुरु नगरेको पाइएको छ।  

३८ करोड ४९ लाख ५७ हजार ७७६ रुपैयाँ १६ पैसा लागत स्टिमेटबाट निर्माण कम्पनीले घटेर भ्याटसहित २५ करोड ५५ लाख ५१२ रुपैयाँ ४२ पैसा सम्झौता गरेको थियो। सडक कालोपत्रको काम अलपत्र परेपछि रास्कोटका नागरिक चिन्तित भएका छन्।  

राम्रो सडकमा सहज यात्रा गर्न पाइने खुसी बिस्तारै हराउँदै गएको रास्कोट नगरपालिका–६ का देविन्द्र बमले बताए। उनले अहिले सडकमा धूलो मात्र उठ्ने गरेको र कालोपत्र सडकमा रास्कोटका नागरिकले गाडी गुडाउन नपाएको गुनासो पोखे। सडक कालोपत्र गर्नका लागि पहिला सडक चौडा बनाउनुपर्ने र ढल निकासका लागि नाला पनि बनाउनुपर्ने छ।  

रास्कोट नगरपालिकाका मेयर धर्मराज शाहीले निर्माण कम्पनीका मुख्य प्रतिनिधि देविदत्त भट्टालाई तत्काल काम सुरु गर्न फोनबाट निर्देशन दिएका छन्। उनले रास्कोटका जनताका लागि विकासमा बाधक बनेको बताउँदै साइडमा सबै इक्विपमेन्ट पठाएर छिटो काम सुरु गर्न सुझाव दिएका छन्।  

निर्माण कम्पनी के.एस.शनिदेव जेभिका मुख्य प्रतिनिधि देविदत्त भट्टले आफूले हालसम्म काम सुरु नगर्नुमा ९९ प्रतिशत गल्ती भएको बताए। उनले भने, ‘देशको परिस्थिति, लकडाउन र रकम अभावले पटक पटक काम रोकिएको हो।’ निर्माण कम्पनीले जसरी पनि काम सक्ने गरी काम सुरु गर्न भौतिक पूर्वाधार मन्त्रालयमा एक हप्ता पहिले सम्झौता गरेको उनले बताए। उनले पूर्वाधार विकास कार्यालय कालीकोटले पेस्की दाखिलाका लागि पत्र पठाएको गुनासो गरे।  

उनले भने, ‘पहिला पेस्की लिएको रकम समेत सकिएकाले अहिले तत्काल काम गर्न समस्या भएको हो। अहिलेको अवस्थामा मोडल सपोर्टको आवश्यकता छ।’ रास्कोट नगरपालिकाका मेयर धर्मराज शाहीले धेरै दबाब दिएको उनले गुनासो गरे।  

अहिले चारैतिरबाट दबाब आएको बेला कार्यालयले पेस्की दाखिलाका लागि चिठी पठाउँदा झन् समस्या थपिएको उनको भनाइ छ। अब १३ करोडको काम बाँकी रहेको र आफूले अरूलाई पेटी ठेक्का दिँदा घाटामा परेको भन्दै अब काम सुरु गरेर निर्धारित समयमा सक्ने बताए।

निर्माण कम्पनीले ४ करोड ४० लाख पेस्की लिएकामा हालसम्म ८० लाख पेस्की फर्छ्यौट गरेको र ३ करोड ६० लाख बाँकी रहेको रकम खातामा दाखिलाका लागि बैंक र मन्त्रालयमा पूर्वाधार विकास कार्यालय कालीकोटले चिठी पठाइएको छ।  

पूर्वाधार विकास कार्यालय कालीकोटका प्रमुख प्रभाकर प्रसाद सिंहले पेस्की दाखिलाका लागि कार्यालयले आफ्नो प्रक्रिया अगाडि बढाएको बताए। उनले निर्माण कम्पनीले जसरी पनि काम गर्नुपर्ने धारणा राखे।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
९ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३६ सेकेन्ड अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३३ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस