प्राथमिक स्वास्थ्य उपचार तालिम लिँदै राउटे
२२ पौष २०८२
•
४ मिनेट पाठ
प्राथमिक स्वास्थ्य उपचार तालिम लिँदै राउटे
नेपालको एकमात्रै घुमन्ते राउटे समुदाय दशक अघिसम्म औषधि उपचारका लागि स्वास्थ्य संस्थासम्म आउँदैनथे। घाउ चोट लागेमा जंगली जडिबुटी र खोटोको प्रयोग गर्थे।




हात–खुट्टा भाँचिए काब्रो लगाउँथे। पछिल्लो समय भने राउटे समुदाय औषधोपचारसँगै आफ्नो स्वास्थ्यप्रति सजक हुन थालेको देखिन्छ।

हाल राउटे समुदाय सुर्खेतको लेकवेशी नगरपालिका वडा नं- ७ स्थित लमनामा छन्। राउटेको संख्या जम्मा १३३ मात्रै छ। केही महिनाअघि राउटे समुदायका दुई युवतीले त आफ्नो रक्त समूह पत्ता लगाउन रगत नै दिए। पहिलोपटक राउटे समुदायका १५ जना युवायुवतीले अहिले प्राथमिक स्वास्थ्य उपचारको तालिम लिइरहेका छन्।

तालिम लिइरहेका मध्येका एक दिपक शाहीले फलामको प्रयोग धेरै गर्नुपर्ने भएकाले चोटपटक लागिरहने बताए। ‘हामी काठका भाँडाकुँडा बनाएर गुजारा चलाउने समुदाय हौं, काठ काट्न जाँदा, काठका सामाग्रीहरु बनाउँदा चोटपटक लाग्छ,’ उनले भने, ‘बस्तीमा बाह्य मानिस पनि हुँदैनन्, चोटपटक लागेका बेला कसरी सुरुको उपचार गर्ने भनेर सिकिरहेका छौं।’

राउटे समुदायको मुख्य पेशा रुखहरु काटेर त्यसबाट खाट, मधुस, कोसी, डाडु, पन्युलगायतका सामाग्रीहरु बनाउने हो। यसका साथै बाँदरको सिकार अर्को मुख्य पेशा हो।

खेतीपानी नगर्ने, एकै ठाउँमा नबस्ने यो समुदाय बन्चरो, बसुलोलगायतका फलामे औजारहरुको प्रयोग गर्छ। एकसरो कछाड लगाउने समुदायका अधिकांसका हात खुट्टाहरु फलामे औजारले काटिएका छन्।

सुरुसुरुमा काटिएको घाउमा मल्हम पनि लगाउन नमान्ने राउटे अहिले भने बस्तीमा खटिएका स्वास्थ्यकर्मीसँग मल्हमपट्टी लगाइ माग्ने, औषधि खान मान्ने भएका छन्।

‘पहिले–पहिले काम गर्दा फलामे औजारले घाउ चोट लागेपनि हामीलाई जानकारी नदिएर बस्थे,’ सोसेक नेपालबाट राउटे बस्तीमा कार्यरत स्वास्थ्यकर्मी अनुजा पन्तले भनिन्, ‘अहिले त सानो घाउ हुने वित्तिकै हामीलाई खोज्दै आउन थालेका छन्।’

राउटे समुदाय पहिले फलामे औजारले काटेको ठाउँमा रगत रोक्नका लागि खोटोको प्रयोग गर्थे। अहिले पनि केही बुढापाकाबाहेक सबै बस्तीमा कार्यरत स्वास्थ्यकर्मी कहाँ उपचार गराउन आउँछन्। स्वास्थ्यकर्मीहरुले सामान्य अवस्थाको भए त्यहीँ उपचार गर्दछन्, गम्भीर प्रकृतिको भएमा स्वास्थ्य संस्थाहरुसम्म पुर्‍याउँछन्।

राउटे युवती काजलु शाहीले काम गर्दा घाउचोट लागेमा कसरी बस्तीमै उपचार गर्ने भनेर सिकिरहेको बताइन्। ‘चोट लागेमा कसरी पट्टी बाँध्ने, भाँचिएमा कसरी बाँध्ने भन्ने सिकेका छौं,’ उनले भनिन्, ‘पछि बस्तीमा कसैलाई यस्तो समस्या परेमा हामी आफै उपचार गछौं।’

सोसेक नेपालको सहयोगमा नेपाल रेडक्रस सोसाइटीले राउटे समुदायका १५ जना युवायुवतीका साथै उनीहरुसँग काम गरिरहेका स्वास्थ्यकर्मी र कर्मचारीलाई प्राथमिक उपचार तालिम दिइरहेको छ।

‘प्राथमिक उपचार विधि र प्रक्रियाका बारेमा हामीले राउटे समुदायलाई सिकाइरहेका छौं,’ रेडक्रसका कर्मचारी सम्झना खत्रीले भनिन्, ‘पढाउँदा यो समुदायले नबुझ्ने भएकाले अभ्यासका माध्यमबाट कसरी काटिएको घाउको उपचार गर्ने, कसरी हात खुट्टा भाँचिएमा उपचार गर्ने, कसरी मेरुदण्ड भाँचिएमा स्टेचरमा राखेर अस्पतालसम्म पुर्‍याउने लगायतका क्रियाकलापहरु सिकाइरहेका छौं।’

उनले राउटे समुदायमा अझै काटिएको घाउमा खोटो लगाउने र त्यसलाई प्लाष्टिकले बाँध्ने गरिएको बताउँदै त्यसको असरहरुका बारेमा पनि सिकाइरहेको बताइन्।

सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले सुरुमा उपचारनै गर्न नमान्ने राउटे समुदाय अहिले थोरै समस्या हुँदा पनि स्वास्थ्यकर्मी कहाँ आउने गरेको बताउँदै अब उनीहरुलाई प्राथमिक उपचार आफै गर्ने बानीको विकास गर्नका लागि तालिम दिइएको बताए।

‘जंगलमा रुख काट्न जान्छन्, सिकार खेल्न जान्छन्, त्यहाँ हाम्रा सुरक्षाकर्मीहरु पुग्न सक्दैनन्,’ उनले भने, ‘त्यस्तो बेला चोट पटक लाग्यो, रुख काट्दा फलामे औजारले कहीँ घाउ चोट लाग्यो भने प्राथमिक उपचार आफै गरुन् भन्ने उद्देश्यले यो तालिमको आयोजना गरिएको हो।’

तालिमसँगै प्राथमिक उपचार सामाग्रीहरु पनि राउटे समुदायलाई दिइने उनले जानकारी दिए। ‘हाम्रा कर्मचारीहरु २४ सैं घण्टा बस्तीमा राख्न सकिँदैन्,’ उनले भने, ‘उनीहरु नभएको बेला आफ्नो प्राथमिक उपचार आफै गरुन् भन्ने उद्देश्य यो तालिमको हो।’

गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीले राउटे समुदाय परिवर्तन उन्मुख भएको बताउँदै बाल मृत्युदर घटाउनेतर्फ ध्यान दिन आवश्यक रहेको बताए।

उनले पछिल्लो समय विरामी पर्दा, घाउ चोट लाग्दा स्वास्थ्यकर्मीको खोजी गर्ने, नजिकको स्वास्थ्य संस्थामा उपचार गर्न जाने बानीको विकास भएको बताउँदै अब प्राथमिक उपचार पनि आफै गर्न सक्ने बनाउनु ठूलो उपलब्धी भएको बताए।

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले पछिल्लो १० वर्षमा राउटे समुदायमा आएको परिवर्तनलाई उल्लेख्य उपलब्धीका रुपमा लिनुपर्ने बताए।

‘बाह्य औषधि नखाने, गम्भीर विरामी हुँदा पनि बस्ती नछोड्ने, उपचार गर्न नमान्ने यो समुदाय अहिले आफै प्राथमिक उपचारको तालिममा सहभागी भएका छन्,’ उनले भने, ‘यो धेरै ठूलो उपलब्धी हो।’ 

मन्त्री भण्डारीले कर्णाली प्रदेश सरकारले राउटेको सशक्तिकरण र मूलप्रवाहिकरणका लागि राउटे नीति तयार गरिएको जानकारी दिए।

‘अब बस्ने मन्त्रिपरिषद् बैठकले नीति पारित गरेपछि लागू हुनेछ,’ उनले भने, ‘त्यसपछि राउटेको सशक्तिकरण र मूलप्रवाहिकरणमा महत्वपूर्ण उपलब्धीहरु हाँसिल हुने अपेक्षा गरेका छौं।’

उनले राउटे समुदायलाई मदिरा सेवन गराउने, विक्री वितरण गराउने कार्यमा पूर्ण प्रतिवन्ध, राउटे करिडोरको निर्माण, एकद्वार प्रर्णालीद्वारा राहत वितरण, राउटे बस्ती प्रवेशमा कडाईलगायतका विषय समेटेर राउटे नीति तयार पारिएको जानकारी दिए।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
१ घण्टा अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस