राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बागमती प्रदेश प्रशिक्षक विभाग प्रमुख हरीप्रसाद कंडेल पक्राउ परेका छन्। नक्कली शैक्षिक प्रमाणपत्र बनाउन संलग्न भएको आरोपमा कंडेललाई रुपन्देही प्रहरीले बिहीबार चितवनको कालिका नगरपालिकाबाट पक्राउ गरेको हो।
चितवनको कालिका नगरपालिका वडा नम्बर ५ स्थित पदमपुरका ५० वर्षीय कंडेललाई विभिन्न विश्वविद्यालयको नक्कली शैक्षिक प्रमाणपत्रहरू बनाउने गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी सुरज कार्कीले जानकारी दिए। कार्कीका अनुसार, कंडेल चितवनको कलेज कोच नेपाली प्रालिका सञ्चालक समेत हुन्। उनले त्यहाँबाट नेपाल र भारतमा रहेका विभिन्न शैक्षिक संस्था र विश्वविद्यालयहरूको नक्कली शैक्षिक प्रमाणपत्र बनाउने गरेको खुल्न आएको बताए।
उनीमाथि नक्कली शैक्षिक प्रमाणपत्र बनाएको कसुरमा अनुसन्धान सुरु भएको उनले जानकारी दिए। रुपन्देही प्रहरीले गत साउन ३० गते रुपन्देहीको बेलहिया बसपार्कमा रहेको होटल मुक्तिनाथ परिसरबाट ठूलो मात्रामा विभिन्न विश्वविद्यालयका नक्कली शैक्षिक प्रमाणपत्रसहित एक जना भारतीयलाई पक्राउ गरेको थियो।
भारतको कानपुर नौबस्तीका २५ वर्षीय अभिषेक यादव नाम गरेका ती युवकको साथबाट नेपाली र भारतीय विश्वविद्यालयका नक्कली कागजात र ती बनाउन प्रयोग हुने सामग्रीहरू बरामद गरेको थियो। सोधपुछका क्रममा यादवले कंडेलको नाम जोडेपछि पक्राउ गरिएको उनले बताए। नक्कली शैक्षिक प्रमाणपत्रसहित प्रहरीले स्टाम, होलोग्राम, र स्टिकर समेत बरामद गरेको छ।
चितवनका जिल्ला सभापति कृष्णप्रसाद भूसालका अनुसार कंडेल राष्ट्रिय स्वतन्त्र पार्टीका बागमती प्रदेश प्रशिक्षक विभाग प्रमुख हुन्। उनी सो पदमा तीन महिना अघि मात्र नियुक्त भएको भूसालले जानकारी दिए। उनले वि.सं. २०८० सालमा रास्वपाको सदस्यता लिएका थिए। त्यसअघि कालिकाको भिमोदय माध्यमिक विद्यालयको प्रधानाध्यापक समेत रहेको भूसालले जानकारी दिए। पदमपुरको भिमोदय माविको प्रधानाध्यापक रहेको बेला नक्कली प्रमाणपत्रको बारेमा अख्तियारमा उजुरी परेपछि कंडेल यस पदका लागि अयोग्य ठहर भएका थिए।
त्यसयता उनले कन्सल्टेन्सी सञ्चालन गरेको खुलेको छ। यद्यपि आफूलाई कन्सल्टेन्सीको विषयमा थाहा भएको भूसालले बताए। कंडेलले नक्कली शैक्षिक प्रमाणपत्र बनाएर भारतसहित तेस्रो मुलुकका देशमा पठाउने गरेको समेत बताइएको छ। कंडेल कालिका नगरपालिकाको मेयरको उम्मेदवार हुने चर्चा समेत थियो।
कँडेलले निम्न माध्यमिक विद्यालयको तृतीय तहमा भिमोदय माध्यमिक विद्यालय, चितवनमा स्थायी नियुक्त हुँदा विरेन्द्र क्याम्पस चितवनबाट आइ.एस.सी. उत्तीर्ण गरेको भनी उल्लेख गरी त्रिभुवन विश्वविद्यालयबाट प्रविणता प्रमाणपत्र (विज्ञान) उत्तीर्ण भएको तथा छत्रपति साहु जी महाराज विश्वविद्यालय, कानपुर, भारतबाट स्नातक तह उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको आयोगले उल्लेख गरेको थियो ।