यहाँका युवा व्यवसायीहरू जिल्लाको जल पर्यटन प्रवर्द्धनका लागि एकत्रित भएका छन्। स्थानीय विभिन्न जलस्रोतलाई पर्यटनसँग जोड्ने उद्देश्यले शुक्रबार भएको युवा व्यवसायीहरूको भेलाले ‘नेपाल र्याफ्टिङ तथा क्यानोनिङ संघ जिल्ला तदर्थ समिति’ गठन गरेको छ।
सदरमुकाम गाईघाटमा सम्पन्न भेलाले युवा व्यवसायी दिनेशकुमार श्रेष्ठको संयोजकत्वमा १३ सदस्यीय तदर्थ समिति गठन गरेको हो। समितिको उपाध्यक्षमा भूपालराज राउत, सचिवमा सञ्जीव राजभण्डारी, सहसचिवमा भानुनारायण श्रेष्ठ र कोषाध्यक्षमा तुलसा मिश्र चयन भएका छन्।
भेलाले नवराज राई, दिलीप साह, सुरेश चौधरी, सागर मगर, शर्मिला थापा, भीमबहादुर मगर, नारायण राई र शान्तबहादुर माझीलाई सदस्य चयन गरेको छ। नेपाल र्याफ्टिङ तथा क्यानोनिङ महासंघ कोशी प्रदेशका सचिव सुरेश बस्नेतको उपस्थितिमा चयन भएको तदर्थ समितिले शुक्रबार नै बस्नेतबाट शपथ लिएको छ।
शपथ गराउँदै सचिव बस्नेतले उदयपुर जलसम्पदाले भरिएको जिल्ला भएकाले र्याफ्टिङ र क्यानोनिङजस्ता साहसिक जल पर्यटनको प्रचुर सम्भावना रहेको बताए। अहिलेको युग पर्यटनको भएको बताउँदै उनले जल पर्यटन साहसिक, मनोरञ्जनात्मक र प्रकृतिमैत्री हुने भएकाले यसबाट स्वास्थ्य, अर्थतन्त्र र सामाजिक क्षेत्र सबैलाई फाइदा पुग्ने बताए।
पर्यटन तथा होटल व्यवसायी संघका अध्यक्ष डेबिड बस्नेतका अनुसार उदयपुर र्याफ्टिङ र क्यानोनिङका लागि प्रदेशकै प्रचुर सम्भावना भएको जिल्ला हो। उदयपुरमा आधा दशकअघिदेखि नै र्याफ्टिङ सुरु भए पनि व्यावसायिक रूपमा सञ्चालन हुन नसकेको बस्नेत बताउँछन्। गत वर्ष पनि हिउँदको सिजनमा सुनकोसी नदीमा र्याफ्टिङ सञ्चालन गरिएको तर व्यवस्थित बनाउन नसक्दा केही समयपछि नै बन्द भएको उनले बताए।
उदयपुर र सिन्धुलीको सीमादेखि नै सुनकोसी नदीले उदयपुरका कटारी नगरपालिका, ताप्ली, लिम्चुङबुङ र रौतामाई गाउँपालिका तथा त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिका हुँदै सुनसरीको सीमास्थल चताराघाटसम्म छोएकाले र्याफ्टिङ व्यवसायको ठूलो सम्भावना रहेको बस्नेतको भनाइ छ।
विगतको अनुभवका आधारमा अब व्यवस्थित र योजनाबद्ध ढंगले र्याफ्टिङ सञ्चालन गर्ने र त्यससँगै क्यानोनिङ पनि यसै वर्षदेखि सुरु गर्ने योजना पर्यटन संघले बनाएको छ। यसअघि होटल तथा पर्यटन संघले सञ्चालन गरे पनि नियमित हुन नसकेपछि संघ नै गठन गरेर व्यावसायिक रूपमा र्याफ्टिङ र क्यानोनिङ सञ्चालन गर्न लागिएको हो।
बस्नेतका अनुसार मंसिर दोस्रो सातादेखि नै र्याफ्टिङ र क्यानोनिङ सँगसँगै सञ्चालनमा ल्याउने योजना संघले बनाएको छ। उनका अनुसार सुरुवाती चरणमा सुनकोसी नदीको फोक्सिन्टारदेखि चतारासम्मका लामो तथा छोटो दूरीका प्याकेज सार्वजनिक गरिएको छ।
फोक्सिन्टारदेखि चताराघाटसम्मको ५६ किलोमिटर दूरीमा र्याफ्टिङ गर्ने दुईदिने प्याकेजका लागि खाना, नास्ता, आवास र यातायातसहित प्रतिव्यक्ति १० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ। त्यस्तै, फोक्सिन्टारदेखि धाब्लाङसम्म १३ किलोमिटर जलयात्राका लागि खाना, नास्ता र यातायातसहित ५ हजार रुपैयाँ शुल्क तोकिएको छ।
त्यस्तै, धाब्लाङदेखि कम्पुघाटसम्मको ६ किलोमिटर यात्राका लागि खाना, नास्ता र यातायातसहित प्रतिव्यक्ति २ हजार ५०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ। समितिले धाब्लाङमा एक दिन मात्र बिताउन चाहनेहरूका लागि पनि प्याकेज घोषणा गरेको छ। त्यहाँ एक दिन दह (जमेको पानीको पोखरी) मा पौडी खेल्न, खाना तथा नास्ता र गाईघाटदेखि आउजाउ गर्नसमेत प्रतिव्यक्ति २ हजार ५०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
नवगठित तदर्थ समितिका संयोजक श्रेष्ठले त्रियुगा नगरपालिका–१४ साउने र वडा नम्बर १५ खाँबुको सुनकोसी नदीमा र्याफ्टिङ सुरु गरिसकेको बताए। नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्दै आएका स्थानीयलाई स्वरोजगार बनाउन र जल पर्यटनको दिगो विकास गर्न नगरपालिकाले आधारभूत र्याफ्टिङ तालिमसमेत गराइसकेको छ। तालिममा सहभागी युवालाई रोजगारीमा जोड्न तथा जल पर्यटनको दिगो विकास गर्न थप दक्षतामूलक तालिमका लागि नगरपालिकासँग समन्वय गरिने पनि श्रेष्ठले बताए।
त्रियुगा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्षसमेत रहेका श्रेष्ठका अनुसार वाणिज्य संघले यही मंसिर १७ देखि २७ गतेसम्म आयोजना गर्न लागेको १० दिन लामो ‘तेस्रो प्रदेश महोत्सव–२०८३’ लाई लक्षित गर्दै र्याफ्टिङ र क्यानोनिङको योजना अघि सारिएको हो। महोत्सवदेखि नै दुवै साहसिक पर्यटन गतिविधिलाई निरन्तरता दिँदै जाने तदर्थ समितिले जनाएको छ।
सुनकोसी नदीमा र्याफ्टिङ सञ्चालन गर्ने समितिले क्यानोनिङ भने त्रियुगा नगरपालिका–१६ को बेलदोभानस्थित बरुवा खोला र बेलदोभान खोलाका छाँगामा सञ्चालन गर्ने योजना बनाएको छ। बेलदोभानमा पहाडबाट खसेका दुवै खोलामा आकर्षक चट्टानी छाँगा रहेका छन्। त्यहाँ आकर्षक गुफा तथा बेलदोभान शिव मन्दिरसमेत रहेको छ।