त्रियुगाको प्रशासनिक भवन तयार
३२ असार २०८२
•
२ मिनेट पाठ
त्रियुगाको प्रशासनिक भवन तयार
प्रवेशद्वारबाट देखिएको नवनिर्मित प्रशासनिक भवन । तस्विरः महेश्वर ।
त्रियुगा नगरपालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न भएको छ । नवनिर्मित ८४ कोठाको ३ तले अपाङ्गता तथा बालमैत्री रहेको छ।




निर्माण कम्पनीले समयसीमाभित्र सम्पन्न गरेको नवनिर्मित भवन एक कार्यक्रमका बिच नगरपालिकालाई हस्तान्तरण गरिसकेको छ। ज्ञानज्योति बिल्डर्स प्रालि काभ्रेले ०८२ असार १३ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी ३ वर्षअघि सम्झौता गरेको थियो । १२ करोड २६ लाख ३६ हजार २ सय ६३ रुपैयाँमा ठेक्का लिएको भवन सम्झौतामा उल्लेखितभन्दा १३ लाख कम मूल्य १२ करोड १३ लाख ७० हजार २ सय ११ रुपैँया ७७ पैसामा सम्पन्न गरेको छ ।

त्रियुगा नगरप्रमुख बसन्तकुमार बस्नेतले नवनिर्मित भवन विभिन्न कारणले अहिलेलाई उद्घाटन र सञ्चालनमा आउन नसक्ने बताएका छन् । भवन निर्माण सकिए पनि कम्पाउन्ड वाल, फर्निचर, कार्पेटिङ लगायत अत्यावश्यक काम अझै बाँकी रहेकाले तत्काल नयाँ भवनबाट सेवा प्रवाह हुन नसक्ने मेयर बस्नेतले बताए । नयाँ ठाउँ र भिरालो जमिनमा भवन बनाइएकाले आसपासको खाली जग्गा सम्म्याउन, घेराबार लगाउन र अन्य सजावटका काम अझै बाँकी रहेको उनको भनाई छ ।

चालु आर्थिक वर्षमा भवन बनाई सक्ने लक्ष्य हासिल भएको तर, बाँकी केही काम यो आर्थिक वर्षमा गर्न नमिल्ने भएपछि साउन लागेपछि सर्ने गरी भवन जिम्मा लिइएको उनले बताए । नवनिर्मित भवनमा मेयर, उपमेयर तथा प्रमुख प्रशासकीय अधिकृत कार्यकक्ष, विषयगत शाखाका लागि पर्याप्त कोठाहरु र बैठक बस्ने सभाहल लगायत चाहिँदो सबै कोठाहरु रहेका छन् ।

यसअघि साँगुरो भवनमा कार्यालय सञ्चालन गरिँदै आएको त्रियुगाले अव नयाँ भवनबाट सहज रुपमा सेवा प्रवाह गर्न सहज हुने प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद कोइरालाले बताए । उनका अनुसार नवनिर्मित भवन फरक क्षमतामैत्री, बालमैत्री, अपाङ्गतामैत्री, विद्युतीय भर्‍याङ (लिफ्ट) र भूमिगत (अन्डरग्राउण्ड) पार्किङसमेतको सुविधा रहेको छ । भवन अत्याधुनिक र सुविधा सम्पन्न भएकाले नगरबासीलाई सेवा प्रवाह गर्न कर्मचारी तथा जनप्रतिनिधिलाई सहज हुने हाकिम कोइरालाले बताएका छन् ।

नगरपालिकाका सहरी विकास शाखा प्रमुख इन्जिनियर निर्मल चौधरीका अनुसार संघीय सरकारको ५० प्रतिशत अनुदानमा नगरपालिकाले बाँकी ५० प्रतिशत बजेट व्यवस्था भवन निर्माण भएको हो। उनका अनुसार भवनका लागि संघीय सरकारबाट ६ करोड प्राप्त भएको र बाँकी रकम नगरपालिकाले लगानी गरेको हो ।

त्रियुगा नगरपालिकाका संस्थापक तत्कालीन मेयर लालशेर राईले ०५६ सालमा निर्माण गरेको वडा नं. ११ गाईघाट बजारस्थित पुरानो भवन साँगुरो भएपछि अघिल्लो कार्यकालका मेयर बलदेव चौधरीले नयाँ भवन बनाउने प्रक्रिया अघि बढाएका थिए । संघीय सरकारको समपूरक बजेटमार्फत ५० प्रतिशत अनुदानमा नयाँ भवन नगरपालिकाको स्वामित्वको २ बिगाहा क्षेत्रफल जमिनमा निर्माण भएको इन्जिनियर चौधरीले बताएका छन् । 
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
यो पनि पढौँ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस