नेपालगन्ज-कोहलपुर सडकको दुर्दशा : सम्झौता सकियो, योजना अलपत्र
१८ साउन २०८२
•
३ मिनेट पाठ
नेपालगन्ज-कोहलपुर सडकको दुर्दशा : सम्झौता सकियो, योजना अलपत्र
नेपालगन्जबाट कोहलपुरतर्फ फर्कंदै गरेका ३६ वर्षीय सरोज मरासिनीको यात्रा जेठ २२ गतेको राति जीवनकै अन्तिम बन्यो। कोहलपुर नगरपालिका–६ का स्थायी बासिन्दा पेसाले फार्मासिष्ट मरासिनीले न त मादक पदार्थ सेवन गरेका थिए, न त सवारीसाधनको गति नियन्त्रणभन्दा बाहिर थियो। उनी त बस सामान्य यात्रामा निस्केका थिए, तर उनको यात्रा अलपत्र बन्यो, मृत्युमा टुंगियो। कारण थियो, ‘रत्नराजमार्गमा ठेकेदारले खनेर छाडेका खाल्डो।’




यो घटना कुनै अपवाद होइन। दिनहुँजसो ज्यान जोखिममा पार्ने खाल्डाखुल्डीहरूले भरिएको नेपालगन्ज–कोहलपुर सडक खण्डले कयौं यात्रुलाई घाइते बनाइरहेको छ। धेरै भाग्यमानी हुन्छन्, जसले ज्यान जोगाउँछन्, तर चोटपटक र मानसिक आघात उनीहरूको जीवनमा गहिरो छाप छोडेर जान्छ। मरासिनीले ज्यान गुमाए, बेलाबेला अरू धेरै घाइते भए, तर सडक मर्मतको गति भने कछुवाको जस्तै छ। नेपालगन्ज र कोहलपुरलाई जोड्ने यो खण्ड रत्नराजमार्ग अन्तर्गत पर्छ, जुन लुम्बिनी प्रदेशलाई कर्णाली र सुदूरपश्चिमसँग जोड्ने महत्वपूर्ण लाइफलाइन हो। यात्रा सजिलो बनाउनु पर्ने यो राजमार्ग अहिले नागरिकका लागि झन् पीडादायी बनेको छ। बरु यसले दुर्घटनाको जालो बुन्दै गइरहेको छ।

उक्त सडकको मर्मतको जिम्मा ‘महात्रिपुरा पञ्चकोशी नागदेव जोइन्ट भेन्चर’ नामक निर्माण कम्पनीलाई दिइएको थियो। सम्झौता कात्तिक २०८१ मा भएको थियो, जसअनुसार कम्पनीले वैशाख २०८२ भित्र खाल्डाखुल्डी पुर्नुपर्ने थियो। सम्झौतामा एक करोड २४ लाख रुपैयाँको रकम तोकिएको थियो। तर, यो योजना समयमै सम्पन्न हुने नाममा छैन। साउन महिनाको दोस्रो सातासम्म आइपुग्दा पनि सडकका खाल्डाखुल्डी यथावत छन्। कतै खाल्डा माटोले भरिएका छन्, जसले पानी पर्दा दलदलजस्तै अवस्था बनाउँछ। कतै त ठूला खाल्डो खुलेर सडकको एकतर्फको लेन नै बन्दजस्तै बनाइएको छ। यस्ता परिस्थितिमा यात्रु, चालक र पैदल यात्रु तीनैजना जोखिममा छन्।

सडक डिभिजन कार्यालय, नेपालगन्जले पाँचदेखि सातपटक चेतावनीपत्रसमेत पठाइसकेको छ। तर निर्माण कम्पनीले बेवास्ता गरिरहेको देखिन्छ। डिभिजन प्रमुख निरज शाक्य भन्छन्, ‘हामीले बारम्बार अनुरोध गर्यौं। चेतावनीपत्र पनि पठायौं। अहिले हर्जाना मात्र तिराइरहेका छौं।’ शाक्यका अनुसार निर्माण कम्पनीले अहिलेसम्म कुल लागतको ०.०५ प्रतिशत मात्र दैनिक हर्जाना तिरेको छ। तर, नागरिकको पीडा र जोखिमलाई कुनै मौद्रिक सन्तुलनले मापन गर्न सक्दैन। सडक मर्मत हुन नसक्दा व्यवसाय, शिक्षा, स्वास्थ्य, आपतकालीन सेवा सबै प्रभावित भएका छन्।

यो अवस्था नियमनकारी निकायको कार्यशैलीमाथि प्रश्न खडा गर्छ। किन समयमै काम सम्पन्न गराउन दबाब सिर्जना गरिएको छैन? नागरिकका आँखै अगाडि अलपत्र सडक हेरेर न त सरोकारवाला बोल्छन्, न त जनप्रतिनिधि दबाब दिन्छन्। सडक निर्माणमा देखिएको यो लापरवाही केवल भौतिक संरचनाको समस्या होइन, यो नागरिक सुरक्षामाथिको गम्भीर हमला भएको स्थानीय बताउँछन्।

राज्यले नागरिकका लागि सुरक्षित, सहज र समयमै सम्पन्न हुने पूर्वाधार उपलब्ध गराउनु पर्छ भन्ने संवैधानिक दायित्वमाथि प्रहार भएको मोटरसाइकल चालक रमेश गौतम बताउँछन्। ‘योजना विफलताको नतिजा केवल आर्थिक हानि मात्र होइन, मानवीय क्षति पनि हो। सरोज मरासिनीको मृत्युले त्यो कुरालाई प्रत्यक्ष देखाएको छ,’ उनले भने, ‘उनको मृत्युले न त निर्माण कम्पनीलाई झट्का दिएको छ, न त नियमनकारी निकायलाई नै झकझकाएको छ।’

यो अवस्थाले दूरदराजका योजनाको अवस्था झनै भयावह हुनसक्ने संकेत भएको स्थानीय जगदिश सोनीले बताए। ‘जहाँ आँखा पुग्दैन, पत्रकार पुग्दैन, त्यहाँका योजना कति अलपत्र छन् होला भन्ने अनुमान गर्न कठिन छैन,’ उनले भने।

सरोज मरासिनीको मृत्यु केवल एउटा दुर्घटना होइन, यो हाम्रो पूर्वाधार प्रणाली, निर्माण प्रक्रिया र नियमन संयन्त्रको असफलताको चिरफार गर्ने अवसर हो। योजनाको ढिलाइमा सरोकारवाला मौन रहनु भनेको अप्रत्यक्ष रुपमा नागरिकको पीडामा साथ दिनु हो। अब समय आएको छ, नियमनकारी निकायले कडा निर्णय लिने, निर्माण कम्पनीलाई जवाफदेही बनाउने, राजनीतिक नेतृत्वले स्वार्थभन्दा माथि उठेर जनताको पीडा बुझ्ने र नागरिक समाजले आफ्नो आवाज बुलन्द बनाउने। यदि आज सुधार भएन भने, भोलि पनि अर्को सरोज मरासिनी सडकमा ढल्नेछ, अनि हामी फेरि पनि लेख्नेछौं, ‘सामान्य यात्रा, असामान्य अन्त्य।’ 
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
२७ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५१ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस