हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ
०४ मंसिर २०८३
•
४ मिनेट पाठ
हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ
राजधानी काठमाडौँबाट धुवाँ तथा कोलाहल छिचोल्दै दक्षिणतर्फ चोभार र टौदह पार गरेपछि फर्पिङ पुगिन्छ। दक्षिणकाली नगरपालिकामा पर्ने यो ठाउँ इतिहास, प्रकृति र संस्कृतिका दृष्टिले महत्त्वपूर्ण छ। सल्ला र उत्तिसका रुख, चराचुरुङ्गीको चिरबिर तथा चिसो पहाडी हावाबीच यस ठाउँमा राणाकालीन समयमा निर्मित इँटाको पावरहाउस छ। यही हो, नेपालको पहिलो जलविद्युत् केन्द्र, चन्द्रज्योति विद्युत् गृह। जुन अहिले फर्पिङ जलविद्युत् केन्द्रका रूपमा परिचित छ। पावरहाउसमा पुराना पेल्टन टर्बाइन, जेनेरेटर र अन्य यन्त्रहरू संरक्षित छन्।




दक्षिणकाली नगरपालिकाले यस क्षेत्रलाई अहिले पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले योजना बनाइरहेको छ।दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतका अनुसार फर्पिङ घुम्न जानेका लागि ऐतिहासिक जलविद्युत् केन्द्रसँगै शेषनारायण मन्दिर र त्यहाँका कुण्ड, गुरु पद्मसम्भवसँग सम्बन्धित असुर गुफा र बौद्ध गुम्बाहरू पनि आकर्षक गन्तव्य बन्न सक्छन्।यस यात्रामा दक्षिणकाली मन्दिरलाई पनि समेट्न सकिन्छ।

काठमाडौँबाट बिहानै निस्कने हो भने यी स्थल दिनभरीमा मजाले घुम्न सकिन्छ।रात बिताउने चाहना भए नजिकै हात्तीबन हिमालयन हाइट रिसोर्ट र चम्पादेवी हिलसाइड रिसोर्टजस्ता आवासका विकल्प पनि छन्।

फर्पिङ हाइड्रोको शताब्दी पुरानो इतिहास

राणा प्रधानमन्त्री चन्द्रशमशेरको शासनकालमा योजना अघि बढेको चन्द्रज्योति विद्युत् गृह १९६८ जेठ ९ गते उद्घाटन भएको हो। पाँच सय किलोवाट क्षमताको यो आयोजना नेपालको पहिलो जलविद्युत् केन्द्र हो।

केन्द्रले चीनको पहिलो जलविद्युत् केन्द्र शिलोंग्बाभन्दा करिब एक वर्षअघि बिजुली उत्पादन सुरु गरेको थियो।शिलोंग्बा सन् १९१२ मा ४८० किलोवाट क्षमतामा सञ्चालनमा आएको थियो। भारतमा भने त्यसअघि नै सन् १८९७ मा १३० किलोवाटको सिद्रापोङ र सन् १९०२ मा चार हजार ५०० किलोवाटको शिवसमुद्रम आयोजना सञ्चालनमा आइसकेका थिए।

आयोजनाको योजना बनाउने काममा नेपाली इन्जिनियर कर्णेल किशोर नरसिंह राणाको नेतृत्व थियो। कुमार नरसिंह राणा पनि निर्माण कार्यमा संलग्न थिए। बेलायती इन्जिनियरले विस्तृत लागत अनुमान र उपकरण जडानमा काम गरे भने जनरल पद्मशमशेरले निर्माणको समग्र निरीक्षण गरेका थिए। नेपाली कामदार र केही भारतीय प्राविधिकको संलग्नतामा मुख्य निर्माण करिब २० महिनामा पूरा भएको थियो।

आयोजनामा सात लाख १३ हजार २७३ खर्च भएको अभिलेख छ। त्यसमध्ये  तीन लाख ६७ हजार ९८४ रुपैयाँ नेपालभित्रै खर्च भएको थियो। टर्बाइन र जेनेरेटर बेलायत सरकारबाट अनुदानमा प्राप्त भएकाले तिनको मूल्य उक्त लागतमा समावेश थिएन। आवश्यक उपकरण बेलायतबाट कलकत्ता, भीमफेदी हुँदै फर्पिङसम्म ल्याइएको थियो।

फर्पिङदेखि टुँडिखेलसम्म पुगेको उज्यालो

बिजुली निकाल्न फर्पिङमा कुनै विशाल नदी थुनिएको थिएन।सातमूले र शेषनारायण क्षेत्रका मुहानबाट ल्याइएको पानी जम्मा गर्न २०० फिट व्यास र १८ फिट गहिराइको गोलाकार जलाशय बनाइएको थियो। त्यसको पानी सञ्चय क्षमता पाँच लाख २८ हजार ७८३ घनफिट छ।

जलाशयबाट दुई हजार ५३८ फिट लामो र २० इन्चको पाइप हुँदै पानी पावरहाउससम्म पुर्‍याइयो। पानीको बलले २५०–२५० किलोवाटका दुई पेल्टन टर्बाइन घुमाउँथ्यो। जेनेरेटरबाट उत्पादित तीन फेजको ३.३ किलोभोल्ट विद्युत् ट्रान्सफर्मरमार्फत ११ किलोभोल्टमा बढाएर प्रसारण गरिन्थ्यो।काठ र स्टिलका पोलमा टाँगिएको करिब छ माइल लामो लाइनले फर्पिङको बिजुली टुँडिखेलसम्म पुर्‍याएको थियो।

विसं १९६८ जेठ ९ गते साँझ टुँडिखेलमा उद्घाटन समारोह आयोजना गरिएको थियो। तत्कालीन राजा पृथ्वीवीरविक्रम शाहले साँझ करिब ६ः३० बजे बत्ती बालेर चन्द्रज्योति विद्युत् गृहको उद्घाटन गरेका थिए। त्यसपछि टुँडिखेल क्षेत्रमा एक सातासम्म बत्ती बालिएको थियो।उद्घाटनको भोलिपल्ट जङ्गी तथा निजामती कर्मचारीलाई एक दिन बिदा दिइएको इतिहास छ। सुरुका वर्षमा भने यस केन्द्रको बिजुली मुख्यतः राजपरिवार, राणा परिवार र पहुँच भएका स्थानमा सीमित थियो।

फर्पिङ जलविद्युत् केन्द्रले २०३८ सालसम्म नियमित विद्युत् उत्पादन गर्‍यो। त्यसपछि यसको पानी खानेपानी आपूर्तिमा प्रयोग हुन थालेपछि नियमित उत्पादन रोकियो। पुराना यन्त्रहरू मर्मत गरेर प्रदर्शनका लागि कहिलेकाहीँ चलाइने अवस्थामा राखिएका छन्। नेपाल विद्युत् प्राधिकरणले यस क्षेत्रलाई ऐतिहासिक विद्युत् सङ्ग्रहालयका रूपमा विकास गर्ने काम अघि बढाएको छ।

दक्षिणकाली नगरपालिकाका प्रमुख बस्नेत आफूहरु यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा थप विकास गर्नेगरी काम गरिरहेको बताउँछन्। उनका अनुसार अहिले नगरपालिकाले म्यापिङको काम गरिरहेको र चाँडै सार्वजनिक पनि गरिनेछ।

“फर्पिङ काठमाडौँको नजिकै भएको एतिहासिक पर्यटकीय क्षेत्र हो, यहाँ धार्मिक हिसाबले, इतिहास अध्ययन गर्न चाहनेहरूका लागि उपयुक्त गन्तव्य हो, त्यसबाहेक एक दिनको ट्रेकिङका जाने जाने र पिकनिक मनाउनेका लागि पनि उत्तम स्थलका रुपमा विकास भइरहेको छ”, उनले भने।

जलविद्युत्का लगानीकर्ता विजय सागर प्रधान आज फर्पिङलाई ऐतिहासिक, सांस्कृतिक र शैक्षिक भ्रमणको गन्तव्यका रूपमा चिनाउने प्रशस्त आधार भएको बताउँछन्। उनका अनुसार जलविद्युत् केन्द्रको संरक्षण र प्रवर्द्धन गर्दै यस क्षेत्रलाई शैक्षिक गन्तव्यका रुपमा पनि विकास गर्न सकिन्छ। साथै जलाशय, पावरहाउस, मन्दिर र गुम्बालाई जोडेर भ्रमणको राम्रो अनुभव तयार गर्नसके यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई नेपालको विद्युत् इतिहास नजिकबाट बुझ्ने अवसर मिल्ने उनको भनाइ छ।
अर्को समाचार
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
६ घण्टा अघि
•
१ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।




पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।

चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।

त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्‍यो।

सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्‍यो भने भुवन खड्का ५५ मतमा सीमित भए।

अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।

त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।

पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।

समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस