नेपाल रिपब्लिक मिडिया (एनआरएम) ले कान्तिपुर दैनिक, दी काठमाडौं पोष्ट र त्यसका अनलाइन संस्करणमा आफ्नो संस्थाका बारेमा प्रकाशित सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
कान्तिपुर र काठमाडौं पोष्टको अनलाइन संस्करणमा गत २ वैशाख र ३ वैशाखमा पत्रिकामा प्रकाशित ‘अस्तित्व रक्षाको लडाइँमा मिडिया, महिनौंदेखि तलबबिहीन पत्रकार’ शीर्षकको समाचारमा गरिएका दाबीहरू निराधार र यथार्थहीन रहेको भन्दै एनआरएमले आपत्ति जनाएको हो। समाचारले प्रतिस्पर्धी सञ्चार माध्यमको छवि बिगार्ने उद्देश्य राखेको दाबी रिपब्लिक मिडियाले गरेको छ।
समाचारमा नेपाल रिपब्लिक मिडियाले कोभिड-१९ को समयमा कर्मचारीको तलब र व्यवसाय निरन्तरताका लागि २० करोड रुपैयाँ सहुलियतपूर्ण सरकारी ऋण लिएको भनी गरिएको दाबीलाई संस्थाले खण्डन गरेको छ।
एनआरएमले बुधबार असहमति पत्र जारी गर्दै भनेको छ, ‘हामीले ६ जुन २०२१ मा लिएको ७ करोड रुपैयाँ ऋणमध्ये पहिलो वर्ष ५ प्रतिशत, दोस्रो वर्ष ६ प्रतिशत र त्यसपछि बेसरेटमा दुई प्रतिशत प्रिमियम थप गरी ब्याज लिइएको छ। तथ्यतथ्यांकमा फरक पारी प्रतिस्पर्धी सञ्चार माध्यममाथि आक्रमण गर्ने प्रयासका रूपमा हामीले यसलाई लिएका छौँ। अहिले मिडियामाथि चौतर्फी आक्रमण भइरहेको र आर्थिक संकटबाट गुज्रिरहेको अवस्थामा प्रतिस्पर्धी सञ्चारमाध्यमको साख गिराउने उद्देश्य प्रेरित भई यस्तो सामग्री सार्वजनिक गरिएको हो भन्न हामी बाध्य भएका छौँ।’
नेपाल रिपब्लिक मिडियाको विज्ञप्तित्यसैगरी, पत्रकारहरूले ६ महिनादेखि तलब नपाएको र हाकिमको नजिक हुनेले मात्र छिट्टै पैसा पाउने भनी समाचारमा उल्लेख गरिएको विषयमा पनि एनआरएमले असहमति जनाएको छ। संस्थाले विशेष गरी ६ महिनासम्म पारिश्रमिक नपाएको भन्ने दाबी गलत भएको बताएको छ। पालैपालो भुक्तानी गर्दा बरु उपल्लो स्तरमा कार्यरत सहकर्मीले भन्दा तल्लो तहका कर्मचारीले पहिले पारिश्रमिक पाइरहेको अवस्था रहेको उसले जानकारी दिएको छ।
कान्तिपुरको अनलाइन संस्करणमा प्रकाशित समाचार आजको विषम आर्थिक स्थितिमा सबै क्षेत्रमा समस्या रहेको स्वीकार गर्दै संस्थाले १८ वर्षदेखि सहकर्मीहरूको विश्वासकै कारण आफूहरू क्रियाशील रहेको उल्लेख गरेको छ। ‘हाकिमको नजिक भइयो भने छिट्टै पाइयो, होइन भने रोकिन्छ’ जस्ता कुरालाई मनगढन्ते कथाको संज्ञा दिँदै रिपब्लिक मिडियाले आफ्नै उद्योगभित्रका समाचार लेख्दा तथ्यपरक हुन आग्रह गरेको छ।
उसले भनेको छ, ‘हामीले आफ्ना सहकर्मी कर्मचारीलाई काम गरेको पारिश्रमिक नियमित भुक्तानी नगरेको भए यो संस्था विगत १८ वर्षदेखि क्रियाशील हुने थिएन। पारिश्रमिक केही समय ढिला हुँदा पनि हामीमाथि विश्वास गरेर सहकर्मीहरूले काम गरिरहनु भएकोप्रति हामी कृतज्ञ छौँ। तर, ‘हाकिमको नजिक भइयो भने छिट्टै पाइयो, होइन भने रोकिन्छ’ जस्ता मनगढन्ते कथा बुनेर तथ्यपरक समाचार लेखिँदैन। आफ्नै सञ्चार उद्योगभित्रको समाचार लेख्दा कम्तिमा तथ्यपरक हुन हामी आग्रह गर्छौँ।’
कम्पनीलाई निजीबाट सार्वजनिक बनाउँदा नियामक निकायको नियम पालना गरिएको र राज्यको प्रत्यक्ष अनुगमनमा रहेको स्थितिलाई बेवास्ता गर्दै भ्रम छर्ने काम नगर्न उसले कान्तिपुर मिडिया ग्रुपलाई सचेत गराएको छ।
कान्तिपुरले आफ्नो अनलाइन संस्करणमा समाचार प्रकाशित गरेपछि पटक पटक सम्पादन गरेको देखिन्छ। उक्त सामग्री प्रकाशित भइसकेपछि इमेज ग्रुप अफ कम्पनिज्का बारेका जानकारी अद्यावधिक गरिएको छ।
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।
चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।
त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्यो।
सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्यो भने भुवन खड्का ५५ मतमा सीमित भए।
अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।
त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।
नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।
पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।
समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...