जलवायु संकट समाधानका लागि इटहरीमा राष्ट्रिय युवा सम्मेलन हुँदै
२० कार्तिक २०८२
•
२ मिनेट पाठ
जलवायु संकट समाधानका लागि इटहरीमा राष्ट्रिय युवा सम्मेलन हुँदै
नेपालमा जलवायु संकटका कारण सबैभन्दा बढी किसान मर्र्कामा परेकाले गर्दा त्यसमा सुधार ल्याउने योजनाका साथ इटहरीमा यही मंसिर ५ गतेदेखि दुई दिने राष्ट्रिय सम्मेलन हुने भएको छ। आइएएएस नेपालको आयोजना तथा तरहरा जेसीजको सहकार्यमा आयोजना हुने “राष्ट्रिय युवा सम्मेलन २०२५ दिगो कृषि प्रणालीका लागि” भन्ने नाराका साथ ७ गतेसम्म चल्नेछ ।




कृषि अनुसन्धान निर्देशनालय, तरहरामा हुने सम्मेलनले जलवायुले संकट ल्याउँदा पनि यस क्षेत्रमा उपेक्षा भएकाले गर्दा जलवायु सहनशील र दिगो कृषि–खाद्य प्रणालीका लागि युवाः वकालत, नीति र नवप्रवर्तन भन्ने मूल नारासहितको सम्मेलन गर्न लागिएको हो।  कृषि तथा वातावरण क्षेत्रका युवा नेतृत्वकर्ता, नीति–निर्माता, अनुसन्धानकर्ता र विद्यार्थीहरूलाई एउटै मञ्चमा ल्याउने उद्देश्य लिएको आयोजक समितिका संयोजक प्रभाव कट्‍वालले बताए।

कोशी प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको राष्ट्रिय सम्मेलनलाई आइएएएस नेपाल स्थानीय समिति ईआरसी, स्थानीय समिति गौरादह र स्थानीय समिति जीपीसीएआर ले संयुक्त रूपमा आयोजना र समन्वय गर्दैछन्। यसले पूर्वी नेपालको कृषि शिक्षा, अनुसन्धान, नवप्रवर्तन र युवा सहभागिता क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ।  

खासगरी सम्मेलनमा राष्ट्रियस्तरका कृषि विज्ञ, जलवायु परिवर्तनका अभियन्ता, नीति–निर्माता, अनुसन्धानकर्ता, शैक्षिक तथा सरकारी निकायका प्रतिनिधि, निजी क्षेत्रका सरोकारवाला र सामुदायिक विकासमा संलग्न संस्थाहरूका प्रतिनिधिहरू सहभागी हुनेछन्।

युवाहरूको सहभागिताले नीति संवाद, व्यावहारिक समाधान पहिचान र युवा नेतृत्वमा आधारित कार्ययोजनालाई थप प्रभावकारी र परिणाममुखी बनाउने विश्वास लिइएको छ।  

कार्यक्रममा समूह छलफल, विशेषज्ञ सत्र, क्षमता विकास कार्यशाला, परियोजना प्रदर्शन (परियोजना प्रस्तुतिकरण) तथा दिगो कृषि अभ्यास सम्बन्धी क्षेत्र अवलोकनजस्ता गतिविधिहरू समावेश हुने उनले बताए। कार्यक्रममासहभागी युवाले व्यावहारिक सीप, सहकार्य सञ्जाल निर्माण र नीतिगत सोचमा स्पष्ट दिशा प्रदान गर्ने अपेक्षा गरिएको कटवालको भनाइ छ।  

राष्ट्रिय युवा सम्मेलन २०२५ को मुख्य उद्देश्य युवा आवाजलाई कृषि नीति र कार्यान्वयनमा प्रभावकारी रूपमा प्रविष्ट गराउने, युवाबीच सहकार्य र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने, र दिगो तथा जलवायु–अनुकूल कृषि प्रणाली निर्माणमा युवालाई केन्द्रीय भूमिकामा स्थापित गर्नु रहेको बताइएको छ। 
अर्को समाचार
जलवायु संकट समाधानको पहलका लागि इटहरीमा राष्ट्रिय युवा सम्मेलन सुरु
०५ मंसिर २०८२
•
१ मिनेट पाठ
जलवायु संकट समाधानको पहलका लागि इटहरीमा राष्ट्रिय युवा सम्मेलन सुरु
स्कुले विद्यार्थीहरुलाई जलवायु संकटबारे आवश्यक सचेतना प्रदान गरिँदै । तस्बिर: अमर खड्का/नागरिक
जलवायु परिवर्तनले मानिसको जीवनलाई खतरातर्फ धकेलिरहेको बेला नेपालमा संकट समाधानका लागि पहल गर्न इटहरीमा शुक्रबारदेखि तीन दिने युवा सम्मेलन सुरु भएको छ । आइतबारसम्म चल्ने सम्मेलनले नेपालमा जलवायु संकट आउने कारण पहिचान गरि समाधानका उपाय निकाल्नेछ ।




आइएएएस नेपालको आयोजना तथा तरहरा जेसीजको सहकार्यमा युवा सम्मेलन भएको हो । आयोजक संस्थाका संयोजक प्रभात कट्वालका अनुसार यो मुद्दालाई त्यतिकै छाड्दा मानिस र प्रकृतिले थप विनास वेर्होने हुँदा यसबारे युवा विद्यार्थीलाई झिकाएर एउटा निश्कर्ष निकाल्न कार्यक्रम गरिएको हो । वास्तवमा जलवायु परिवर्तन पछिल्लो समय विश्वको चुनौतीको विषय बनेको छ ।  

सम्मेलनको उद्घाटन गर्दै जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहताले जलवायु परिवर्तनको खराब परिणमबाट नेपाललाई बचाउने हो भने आम नागरिक  प्रकृतिले त्राहीमाम बेर्होनु नपर्ने बताए । देशभरका ५० भन्दा बढी   कृषि तथा वातावरण क्षेत्रका युवा नेतृत्वकर्ता, नीति–निर्माता, अनुसन्धानकर्ता र विद्यार्थीहरू कार्यक्रममा सहभागी छन् । कार्यक्रममा सहभागीबिच प्यानल छलफल गरि एउटा निचोड निकालिनेछ ।  

उद्घाटनका क्रममा इटहरी क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थीलाई समेत सचेतना कार्यक्रम पनि प्रदान गरिएको आयोजक समितिका संयोजक कट्वालले बताए । खासगरेर जलवायु संकट हुँदा निम्तिने समस्याबारे स्कुले विद्यार्थीलाई सचेतना फैलाउन ज्ञान  प्रदान गरिएको हो ।  

कोशी प्रदेशमा पहिलोपटक आयोजना भएको यस राष्ट्रिय सम्मेलनलाई आइएएएस नेपाल स्थानीय समिति ईआरसी, स्थानीय समिति गौरादह र स्थानीय समिति जीपीसीएआर ले संयुक्त रूपमा आयोजना र समन्वय गरेका छन् ।  
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस