मोरङको कटहरी–३ स्थित कटहरी चोकबाट शनिबार राति प्रहरीले लागुऔषध गाँजा ठूलो परिमाणमा बरामद गरेको छ ।
कटहरिबाट शनिबार मध्यराति तरकारी (बन्दाकोभी) बोकेको ट्रकबाट लागुऔषध गाँजा ३ हजार १ सय ५० केजी बरामद गरेको मोरङ प्रहरी प्रवक्ता डिएसपी कोपिला चुँडालले जानकारी दिइन् । उनका अनुसार मध्यरातमा प्रहरीलाई देख्नासाथ ट्रक चालक फरार भएपछि शंका लागेर हेर्दा ट्रकमा तरकारीसहित गाँजा फेला परेको हो ।
प्रहरी चौकी कटहरिका वरिष्ठ सई भीम खड्का नेतृत्वको टोलीले उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को १ ख ४५१८ नम्बरको ट्रक रोक्न खोजेपछि चालक फरार भएको बताउँदै, डिएसपी चुँडालले भनिन्, ‘ट्रक छाडेर चालक फरार भएपछि ट्रकलाई नियन्त्रणमा लिएर खानतलासी गर्ने क्रममा माथिबाट बन्दा कोभीको बोराले छोपेर तल गाँजा प्याक गरेको १ सय ५ बोरा गाँजा फेला परेको थियो । उक्त गाँजा तौल लिँदा ३ हजार १ सय ५० केजी रहेको पाइयो ।’
बरामद भएको गाँजा कसले कहाँबाट ल्याएर कता लग्न लागेको खुल्न सकेको छैन । फरार रहेका चालकको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।
पहाडमा उत्पादन हुने गाँजा भारत कटाउनका लागि ल्याइएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । बरामद भएको गाँजा र नियन्त्रणमा लिइएको ट्रकलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पछिल्लो समय प्रहरीले सीमावर्ती क्षेत्रबाट धमाधम गाँजा बरामद गरिरहेको छ ।