विदेशको सीप र कमाइले गाउँमै च्याउखेती
०७ मंसिर २०८३
•
३ मिनेट पाठ
विदेशको सीप र कमाइले गाउँमै च्याउखेती
लाउँलाउँ खाउँखाउँको किशोर र जवानीको उमेर विदेशमा पसिना बगाएका महोत्तरीको सोनमा–५ खैरवनीका ३४ वर्षीय मनिषकुमार यादवले आर्जित रकम र सीपलाई उद्यममा लगाएका छन्।




अल्लारे १६ वर्षीय किशोर उमेरबाटै भारतको चण्डीगढ, मद्रास र मलेसिया तथा कुवेतमा गरी १५ वर्ष विदेशमा बिताएका उनले आर्जित रकम र सीपलाई अब आफ्नै ठाउँमा च्याउ (तरकारी विशेष) उत्पादनको उद्यममा लगाएका हुन्।

“अब जे सिकेँ र जे आर्जन गरें, यहीँ लगाउने निधो गरेर च्याउ उत्पादन गर्ने उद्यम थाले”, मनिषकुमार भन्छन्, “विदेशमा पनि यसबारे अनुभव सँगालेको थिएँ, देश फर्केपछि सरकारले सञ्चालन गरेको च्याउखेतीसम्बन्धी १५ दिने तालिम लिएपछि म ढुक्क भएर काममा लागेको हुँ।”

जिल्लाको भारतीय सीमावर्ती बस्तीका उनले च्याउको बजार र मागको सर्वे गरेपछि उद्योग भने बर्दिबासमा सञ्चालन गरेका छन्।

“अहिले पाँच कट्ठा जग्गा पाँच वर्षको करारमा लिएर उद्योग सुरु गरेको छु, आफ्नो सीप र अनुभवसँगै कृषि विषय नै अध्ययन गरेका दक्ष प्राविधिक भाञ्जा विकास यादवको साथ छ”, उनी भन्छन्, “बजारसँग सम्पर्क र समन्वय छ, प्रत्येक महिना दुई क्विन्टल च्याउ बजार जानेगरी काम थालेको छु।”

करारको जग्गा  बर्सेनि १० हजार रुपैयाँमा पाइएको र उद्योग सञ्चालन गर्दासम्म छ लाख लागत पुगेको मनिषकुमारको भनाइ छ। “मैले कतै ऋण गर्नुपरेको छैन, आफ्नै कमाइ हो”, उनी  भन्छन्, “अब बाँकी जीवन घरपरिवारका बाबु, आमा, पत्नी र छोराछोरीसँग यतै बिताउने निधोसाथ काम थालेको छु।”

तरिका पुर्‍याएर खेती गरिए यसबाट अपेक्षित उत्पादन लिन सकिने उनको विश्वास छ। च्याउको अहिले व्यापारीले लाने दर प्रतिकिलो १७५ र खुद्रा बिक्री २०० रुपैयाँ प्रतिकिलो रहेको मनिषकुमारको भनाइ छ।

मधेसका लागि च्याउका प्रचलित चारपाँच जातमध्ये यहाँ कन्ने जात बढी फस्टाउने हुँदा आफूले प्रारम्भ यसैेबाट गरेको मनिष बताउँछन्। जाडो याममा यसको उत्पादन राम्रो लिन सकिने हुँदा फागुनसम्म १० क्विन्टल उत्पादन लिनेउनको लक्ष्य छ। जाडोभरि प्राकृतिक रूपमै उपयुक्त तापक्रम रहने र गर्मी याममा भने ताप व्यवस्थापन गरिँदा वर्षभरि नै च्याउ उत्पादन लिन सकिने उनको भनाइ छ।

“मुख्य कुरा उत्पादन र बजारको हो, यसको बजार बर्दिबासदेखि पूर्व इटहरीसम्म जोडेका छौँ, मागकर्ताले उत्पादितस्थलबाटै लिएर जाने हुँदा ढुवानीको झन्झट रहँदैन”, मनिषकुमार भन्छन्, “उद्योग स्थापनाताका बाह्य जनशक्ति लगाउन परे पनि अबका नियमित काम आफ्नै घरपरिवारबाट गर्दैछौँ।”

अन्य घरायसी काम नभएका बेला परिवारका सबै यस काममा लाग्नसक्ने हुँदा सबैलाई उत्पादनसँग प्रत्यक्ष जोड्न पाइएको उनको भनाइ छ।

योजनाबद्ध काम थालिए सानै पुँजीमा पनि उद्यम सञ्चालन गर्न सकिने हुँदा विदेशमा हासिल गरेको सीप र अनुभव आफ्नै ठाउँमा ढाल्न सकिन्छ। यो देखाउन पनि आफूले उद्यम स्थापना गरेको मनिषकुमारको भनाइ छ।

यो उद्यम स्थापनाका लागि कच्चा पदार्थ (घर बनाउन बाँस, घेरबेरका लागि खर र झुत्रा बोरा आदि) अधिकांश आफ्नै वरपर पाइने चिज छन्। उत्पादन लिन चाहिने मुख्य कच्चा पदार्थ पराल र गहुँको भुस जति पनि सरल मूल्यमा आफ्नै वरपर पाइने भएपछि बीउ र केही  औषधिमात्र बजारको भरपर्दो ठाउँबाट ल्याउनुपरेको उनी बताउँछन्।

“प्रत्येक पटक २८ दिनमा उत्पादन तयार हुन्छ”, मनिषकुमार भन्छन्, “तयार हुनासाथ व्यापारीले यहीँबाटै लान्छन्।”

प्रयत्न नै नगरी केही भएन भन्ने गुनासो गर्ने प्रवृत्ति पनि देखिएको बताउँदै उनले आफूलाई सीपसँग जोड्ने, सीपलाई श्रमसँग र त्यसलाई उद्यममा परिणत गर्नुपर्ने युवा पुस्तालाई उनको सुझाव छ।

“सीप र श्रम जुटेपछि उद्यमका लागि रकमको सहयोग गर्ने पाइन्छन्”, उनी भन्छन्, “खासगरी वैदेशिक रोजगारीबाट फर्केकाहरूले आफ्नै बलबुताबाट यो गर्न सक्छन्।”

लामो समय विदेश रहेको अनुभवबाट आफूलाई उता बगाइने पसिना अब आफ्नै ठाउँमा बगाउन प्रेरणा जागेको मनिषकुमारले बताए।

“हाम्रो यस ठाउँमै सम्भावना छन्, आफ्नो सीप र दक्षताअनुसार हामीले कामको क्षेत्र छनोट गर्नुपर्छ”, उनी भन्छन्, “सङ्कल्प र लगनचाहिँ चाहिन्छ।”

आफ्ना पुस्ताका विदेश रहेका थुप्रै साथी अहिले अब यतै काममा जुट्ने मनस्थिति बनाइरहेका मनिषकुमारको भनाइ छ।
अर्को समाचार
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
२ घण्टा अघि
•
१ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।




पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।

चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।

त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्‍यो।

सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्‍यो भने भुवन खड्का ५५ मतमा सीमित भए।

अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।

त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।

पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।

समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस