सीमावर्ती विपत्ति अन्त्य गर्न नेपाल-भारतको द्विपक्षीय ‘ब्रेक थ्रु’
२६ साउन २०८३
•
४ मिनेट पाठ
सीमावर्ती विपत्ति अन्त्य गर्न नेपाल-भारतको द्विपक्षीय ‘ब्रेक थ्रु’
वर्षायाम सुरु हुनासाथ नेपालगञ्जदेखि सर्लाहीसम्मका सीमावर्ती भूभागमा दोहोरिने विनाशकारी बाढी र डुबानको समस्यालाई अन्त्य गर्न नेपाल र भारतका प्राविधिक टोलीले संयुक्त रूपमा दीर्घकालीन समाधानको खोजी थालेका छन्।




हरेक वर्ष हजारौं बिघा खेतीयोग्य जमिन र दर्जनौं बस्ती जलमग्न हुने समस्या सुल्झाउन दुवै देशका उच्चस्तरीय प्राविधिक टोली आगामी माघ २७ गतेभित्र एकीकृत प्रतिवेदन पेस गर्ने गरी स्थलगत अध्ययनमा जुटेका हुन्।

नेपाल-भारत डुबान तथा बाढी व्यवस्थापन संयुक्त समिति अन्तर्गत गठित दुवै देशका प्रतिनिधिहरूको टोलीले सीमाक्षेत्रको स्थलगत निरीक्षण गरेपछि गत अगस्ट ७ तारिखका दिन जलस्रोत तथा सिँचाइ विभाग, जाउलाखेलमा विशेष बैठक आयोजना गरेको थियो।

उक्त बैठकले नेपालतर्फ जम्मा हुने बाढीको पानीलाई सीमापार भारततर्फ सुरक्षित र सहज रूपमा निकास गराउने उपायसहितको दीर्घकालीन प्राविधिक प्रतिवेदन माघ २७ भित्र तयार पार्ने ऐतिहासिक निर्णय गरेको हो।

जाउलाखेल बैठकमा सीमाक्षेत्रमा वर्षेनी दोहोरिने डुबानको मूल कारक, नदीको प्राकृतिक बहावमा ल्याइएका संरचनागत अवरोध, सीमावर्ती बाँध तथा तटबन्धका कारण सिर्जित समस्या र त्यसबाट नेपालतर्फका बस्ती एवम् कृषि क्षेत्रमा परेको असरबारे सूक्ष्म छलफल भएको थियो।

प्राविधिक टोलीले पेस गर्ने यही प्रतिवेदनका आधारमा नदी व्यवस्थापन, तटबन्ध सुदृढीकरण, प्राकृतिक बहावको पुनःस्थापना र आवश्यक संरचना निर्माणको काम अघि बढाइने बताइएको छ।

जाउलाखेल बैठकको निर्णयलगत्तै नेपाल र भारतका उच्च अधिकारी सम्मिलित संयुक्त टोलीले रौतहटको ईशनाथ नगरपालिका-१ स्थित लालबकैया नदीको बाँध तथा आसपासको सीमाक्षेत्रको गहन स्थलगत निरीक्षण गरेको छ।

निरीक्षण टोलीको नेतृत्व गर्दै पुगेका रौतहटका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) दिनेश सागर भुसालका अनुसार सीमाक्षेत्रमा पानीको प्राकृतिक निकास थुनिँदा सर्वसाधारणले वर्षौँदेखि सास्ती खेप्दै आएका छन्।

‘द्विपक्षीय काउन्टरपार्ट बैठकहरूमा हामीले यस विषयलाई निरन्तर उठाउँदै आएका छौं। भारतीय सुरक्षा निकायका अधिकारीहरूलाई समस्याको यथार्थ स्थिति देखाउनुका साथै गृह मन्त्रालयमार्फत परराष्ट्र मन्त्रालयसम्म कूटनीतिक पहलका लागि आग्रह गरिएको छ,’ प्रजिअ भुसालले भने।

स्थलगत निरीक्षणका क्रममा टोलीले लालबकैया नदीको जलप्रवाह, बाँधको मौजुदा अवस्था, कटानको जोखिम तथा वर्षायाममा उत्पन्न हुने डुबानको सम्भावित असरबारे प्रत्यक्ष जानकारी लिएको थियो।

विशेषगरी नदीमा पानीको सतह बढेका बेला कमजोर बाँध फुटेर वा कटान तीव्र भएर वर्षेनी रौतहटका सीमावर्ती बस्तीहरूमा त्रास फैलने गरेको छ।

अनुगमनका क्रममा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) सिताराम रिजाल, सशस्त्र प्रहरी उपरीक्षक (एसपी) रामहरि अधिकारी, स्थानीय जनप्रतिनिधि र करिब ७० देखि ८० जना स्थानीय नागरिकको उपस्थिति रहेको थियो।

त्यस क्रममा स्थानीयवासी तथा जनप्रतिनिधिहरूले टोलीसमक्ष अस्थायी मर्मत वा ‘टाटेरा’ टाल्ने काम छाडेर दीर्घकालीन, वैज्ञानिक र दुवै देशको सहमतिमा दिगो नदी व्यवस्थापन योजना ल्याउन माग राखेका थिए।

सीमापार जल व्यवस्थापनजस्तो संवेदनशील र प्राविधिक विषय भएकाले यसपटकको अध्ययनमा दुवै देशका उच्च पदस्थ प्राविधिक अधिकारीहरू प्रत्यक्ष मैदानमा उत्रिएका हुन्।

भारतीय टोलीको नेतृत्व जेसीएम सदस्य सन्दीप कुमार राजनले गरेका छन्। टोलीमा भारतको केन्द्रीय जल आयोग (सीडब्लुसी) का प्रमुख इन्जिनियर भी.डी. रोय, जलशक्ति मन्त्रालयका अधिकारी राजेश कुमार, सीडब्लुसीका निर्देशक मुकेश कुमार सिंह, बिहार सरकारको जलस्रोत विभागका इन्जिनियर ब्रिजेश मोहन, निर्देशक मनुस्मृति, सीडब्लुसी इन्जिनियर धर्मेन्द्र कुमार तथा उत्तर प्रदेशका सीडब्लुसी इन्जिनियर आर. विकास कुमार सिंह सहभागी छन्। साथै, काठमाडौंस्थित भारतीय दूतावासका प्रथम सचिव सुमन शेखर, ए.के. साहु र गंगेश कुमार गुन्जनसमेत निरिक्षण टोलीमा छन्।

नेपालतर्फबाट जलस्रोत तथा ऊर्जा आयोग, जल तथा मौसम विज्ञान विभाग, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय र जलस्रोत तथा सिँचाइ विभागका वरिष्ठ अधिकारीहरू सहभागी छन्।

नेपाली टोलीमा सिँचाइ विभागका महानिर्देशक डा. महेश्वर श्रेष्ठ, उपमहानिर्देशक दिनेश राजौरिया, सहसचिव नवीनचन्द्र अधिकारी, सिनियर डिभिजनल इन्जिनियर (एसडीई) विराट घ्यावाली, ईजी जिसी, सुष्मा चौधरी र डीईओसीकी सविना खरबुजालगायत प्राविधिक विज्ञहरूको सहभागिता रहेको छ।

अस्थायी मर्मत होइन, दीर्घकालीन समाधानको पर्खाइ

तराईका सीमावर्ती जिल्लाहरूमा बाढी र डुबान केवल वर्षायामको तत्कालीन उद्धार वा तटबन्ध मर्मतको विषय मात्र होइन। यो दुई देशबीचको कूटनीतिक, प्राविधिक र भू-धरातलीय जल व्यवस्थापनसँग जोडिएको जटिल मुद्दा हो।

विशेषगरी लालबकैया, बागमती, कमला लगायत सीमाक्षेत्र भएर बग्ने प्रमुख नदीहरूमा पानीको बहाव बढ्दा नेपालतर्फका बस्तीहरू डुबानमा पर्ने र भारततर्फ निर्मित बाँधका कारण पानी थप्पिने समस्या वर्षौंदेखि कायमै छ।

त्यसैले नदीको प्राकृतिक बहाव कायम राख्ने, जोखिमयुक्त तटबन्धलाई सुदृढ बनाउने र सीमापार पानीको सहज निकासका लागि संयुक्त प्राविधिक प्रतिवेदन कोशेढुंगा बन्ने विश्वास लिइएको छ।

यदि उक्त प्रतिवेदनलाई दुवै देशका सरकारले तदारुकताका साथ कार्यान्वयनमा लगेमा नेपालगञ्जदेखि सर्लाहीसम्मका लाखौं नागरिकले वर्षौंदेखि भोग्दै आएको विनाशकारी बाढी र डुबानको नियतिबाट सधैंका लागि मुक्ति पाउने आधार बन्न सक्ने देखिन्छ।
अर्को समाचार
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
९ मिनेट अघि
•
१ मिनेट पाठ
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
तनहुँ। निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा रहेका चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण सुरु गरेको छ।




आयोजना निर्माणका क्रममा रूख कटान तथा अन्य गतिविधिबाट चमेराको प्राकृतिक बासस्थान प्रभावित हुन सक्ने भएपछि वैकल्पिक आश्रयस्थल तयार गर्न लागिएको हो।

आयोजनाका प्रमुख श्यामजी भण्डारीले वन्यजन्तु संरक्षण तथा बासस्थान व्यवस्थापन योजनाअन्तर्गत चमेराका लागि काठबाट बनाइने आवासको ‘डिजाइन’ तयार गरी निर्माण कार्य सुरु गरिएको जानकारी दिए। 

राष्ट्रिय वन्यजन्तु विशेषज्ञले चमेराको बासस्थानका लागि काठको घरको डिजाइन तयार गरेका हुन्। सोही डिजाइनअनुसार आयोजना क्षेत्रभित्र तीनवटा आवास निर्माण गरिने आयोजना प्रमुख भण्डारीले बताए। 

भण्डारीले भने, 'विशेषगरी आयोजना निर्माणका क्रममा हुने गतिविधि तथा रूख हटाउने कार्यबाट प्राकृतिक बासस्थान प्रभावित हुन सक्ने स्थानलाई ध्यानमा राखेर चमेराका लागि वैकल्पिक आश्रयस्थल निर्माण गर्न लागिएको हो। निर्माण सम्पन्न भएपछि आयोजना क्षेत्रभित्र चमेराका लागि उपयुक्त स्थान पहिचान गरी ती आवास स्थापना गरिनेछ।'

चमेराले प्राकृतिक पारिस्थितिक प्रणालीमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यसको संरक्षणलाई आयोजनाको वातावरणीय व्यवस्थापन योजनामा समेटिएको छ। प्राकृतिक बासस्थानमा निर्माण कार्यबाट पर्न सक्ने सम्भावित असर न्यूनीकरण र स्थानीय चमेरा प्रजातिलाई सुरक्षित आश्रय उपलब्ध गराउने उद्देश्यले यो कार्यक्रम अघि बढाइएको हो।

आयोजनाले निर्माण गर्ने वैकल्पिक आवासबाट चमेराको बासस्थान संरक्षण, आश्रयस्थलको उपलब्धता र वन्यजन्तुमाथि आयोजनाका गतिविधिले पार्न सक्ने सम्भावित प्रभाव कम गर्न सहयोग पुग्ने अपेक्षा गरेको भण्डारीले उल्लेख गरे।

उक्त आयोजना ऋषिङ गाउँपालिका क्षेत्रमा निर्माणाधीन छ। १४० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित अघि बढाइएको आयोजनाले भौतिक संरचना निर्माणसँगै वातावरणीय तथा सामाजिक व्यवस्थापनका कार्यक्रमलाई पनि निरन्तरता दिँदै आएको छ। रासस
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
समाज
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा रहेका चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण सुरु गरेको छ...
Whatsapp
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
समाज
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
बागलुङ, वैदेशिक रोजगारीका लागि जापान पुगेका निसीखोला गाउँपालिका-४ थापागाउँका लीलाबहादुर घर्ती एक वर्षमै स्वदेश फर्किएर कृषि उद्यममा रमाएका छन्।
Whatsapp
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
दाङको पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका वडा नं १९ छिल्लीकोट जोड्ने सडक विस्तार तथा स्तरोन्नति हुने भएको छ।
Whatsapp
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
अर्थ
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
नेपाल–चीन उत्तरी कोरलानाकामा भौतिक पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको चार वर्ष बितिसक्दासमेत निर्माण कार्य स...
Whatsapp
पोखरामा दाइँ महोत्सव: धान चुटेर र गोरु धपाएर रमाए विदेशी पर्यटक
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
पोखरामा दाइँ महोत्सव: धान चुटेर र गोरु धपाएर रमाए विदेशी पर्यटक
धान काटेर खाली भएको खेतमा कोही कुन्यूँबाट धान निकालेर चुट्न व्यस्त थिए भने कोही गोरु नारेर दाइँ गरिरहेका थिए। महिलाहरू गुन्द्री बुन्न प्रयोग हुने पराल...
Whatsapp
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
बजार
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
Whatsapp
यो पनि पढौँ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस