जुम्लामा जिल्लाबाहिर निर्यात हुन लागेको काँचो स्याउ बरामद गरिएको छ। जुम्लाको पातारासी गाउँपालिका-६ मा अवस्थित उर्थुचौतारा प्रहरीले काँचो स्याउ बरामद गरेको हो। निर्यात हुन लागेको प्याक गरिएको २८ कार्टुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। बरामद गरिएको काँचो स्याउ पातारासी गाउँपालिकालाई बुझाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डीएसपी रबिनबाबु रेग्मीले बताए।
उर्थु प्रहरी चौकीले लुकिछिपी संकलन गरेर निर्यात गर्न लागेको अवस्थामा प्रहरीले स्याउ बरामद गरेको थियो। उक्त बरामद गरिएको स्याउ पातारासी-४ भोटगाउँका मक्कबहादुर रोकायाको बगैंचा देखि टिपिएको हो। ब्यापारी हरिसप्रसाद देवकोटाले स्याउ खरिद गरेका थिए। असारमा पाक्ने स्याउ भन्दै निर्यात हुन लागेको स्याउ प्रहरीले जाँच गर्दा काँचो भेटिएको थियो। प्रहरीले काँचो स्याउ बरामद गरेर गाउँपालिकालाई बुझाउने गरेको छ।
प्रहरीले बरामद गरेको काँचो स्याउ । तस्बिर : गोल्डेन बुढा जुम्ला/नागरिकजुम्लाका हरेक स्थानीय तहले प्रहरी चौकीमा काँचो स्याउ निर्यात भएमा बरामद गर्नु, चेकजाँचमा कडाइ गर्नु भनेर प्रहरीलाई पत्र पठाएका छन्। त्यही अनुसार प्रहरीले पनि काँचो स्याउ रोक्न कडाइ गरेको छ। यता पातारासी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नविन शाहीले तीन क्विन्टल स्याउ प्रहरीले गाउँपालिकामा बुझाएको बताए।उनले भने,'लुकिछिपी स्याउ टिपेर जिल्लाबाहिर लैजाने अवस्थामा स्याउ बरामद भएको रहेछ, ‘स्याउ काँचो देखेपछि प्रहरीले गाउँपालिकामा बुझाएको हो।’
गोल्डेन र रेड जातको स्याउ बरामद गरिएको थियो।यता जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यका अनुसार जिल्ला समन्वय समिति जुम्लाको आठौं जिल्ला सभाले नै भदौ १५ गते अगाडिसम्म स्याउ टिप्न नपाइने निर्णय गरेको छ । बरामद गरेको स्याउ कानुनी प्रक्रिया पुर्याएर राखिने प्रतिक्रिया छ।
जुम्लाका किसान र ब्यापारीले स्याउ टिपिरहेको देखिएको छ। तर,स्याउको पहिचान गुम्ने र खस्कने भन्दै स्थानीय सरकारले भदौ १५ गते भन्दा अगावै स्याउ नटिप्न सूचना जारी गरेका छन्।
जुम्लाका एक नगरपालिका र सात गाउँपालिका सबैले काँचो स्याउ नटिप्न सूचना जारी गरिएको छ। तर, जुम्ला स्याउ किसान र व्यापारीले स्थानीय तहको सूचनाको अटेरी गरेको देखिन्छ। हिजोआज सुर्खेत, नेपालगन्ज,बुटवल लगायतका सहरमा जुम्लाको काँचो स्याउ पुगिसकेको छ । किसानहरु राम्रो मुल्य नपाइने भन्दै स्याउ लिन खोजिरहेका छन् । राज्य स्याउको पहिचान गुम्ने भन्दै रोकिरहेको छ।अत्यधिक वर्षा भइरहेकोले सडक लामो समय रोकिन सक्ने भन्दै तिज अगावै स्याउ मुख्यसहर सम्म पुर्याउनुपर्ने ब्यापारीहरु बताउँछन्। अहिले हरेक गाउँपालिकामा रहेका र जुम्ला कालिकोट सिमानामा रहेको प्रहरीचौकीमा कडा चेकजाँच गर्न भनिएको छ।हाल जुम्लाका १९ हजार घरधुरीमध्ये १६ हजार घरधुरी स्याउ खेतीमा संलग्न छन् भने जुम्लाको ४ हजार २ सय ५० हेक्टर क्षेत्रफल जमिनमा स्याउ उत्पादन भइरहेको छ।
यस्तै कृषि विकास कार्यालय जुम्लाले प्रहरीले बरामद गरेको स्याउ काँचो भएको जनाएको छ । कार्यालय प्रमुख रामभक्त अधिकारीले किसान र ब्यापारीको मिलोमत्तोमा असार पाक्ने स्याउको नाममा काचो स्याउ लैजान लागेको पुष्टि भएको बताए । प्रहरीले बरामद गरेको स्याउको अनुगमन गर्न कार्यालय प्रमुख अधिकारी नेतृत्वको टोली पातारासी नै पुगेको थियो ।‘डिप्याक्टो मिटर मार्फत् स्याउमा गुलकोजको मात्रा जाँच गरियो,’ प्रमुख अधिकारीले भने, ‘स्याउ काँचो नै भेटियो । स्याउमा न्युनतम १० प्रतिशत गुलियोपना भरिएपछि बजारमा लैजान मिल्छ। तर,बरामद गरिएको स्याउको गुलियोपना ९ प्रतिशत मात्रै भेटियो ।’
बजारमा पठाउन उपयुक्त नदेखिएपछि एकहप्ता सम्म कोठामै राख्न भनिएको छ । पुन: जाँच गरेर मात्रै बजारमा पठाउने सहमती बनेको छ। यो विषयमा भदौ २ गते बैठक बस्ने प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले बताए।
जुम्लामा गोेल्डेन, रेड, रोयल, जोनाथान, कक्स ओरेन्ज टिपिन, म्याकन्ज, जातको स्याउ फल्छ।केही समयदेखि इटालिएन फुजी र गाला जातका स्याउ फल्ने गरेका छन्।
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।
चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।
त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्यो।
सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्यो भने भुवन खड्का ५५ मतमा सीमित भए।
अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।
त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।
नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।
पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।
समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...