गोली खाएर बाँचेका खापुङ आइजिपी
१४ भदौ २०८२
•
५ मिनेट पाठ
गोली खाएर बाँचेका खापुङ आइजिपी
नेपाल प्रहरीको सर्वोच्च पद महानिरीक्षक (आइजिपी) मा चन्द्रकुवेर खापुङ नियुक्त भएका छन्।




सरकारले शुक्रबार बिहान भदौ १९ देखि नेतृत्व सम्हाल्ने गरी ३२औं आइजिपीका रूपमा खापुङलाई नियुक्त गरेको हो।

प्रहरी सेवामा प्रवेश गरेको चार वर्षमा झन्डै जीवन गुमाएका खापुङ नेपाल प्रहरीको सर्वोच्च पदमा पुगेका हुन्।

बेलाबखत साथीभाइसँग जिस्कँदा उनले भन्ने गरेका थिए, ‘म गोली खाएर बाँचेको हुँ, आइजिपी हुन्छु।’ संयोग पनि उस्तै पर्‍यो, विद्यमान प्रहरी नियमावलीअनुसार दुई महिना नौ दिन ७९ हजार प्रहरीको कमान्ड गर्ने अवसर उनले पाएका छन्।

उनी आइजिपी हुनुमा अर्को संयोग पनि रह्यो। यतिबेला संसद्बाट प्रहरी ऐन पास हुने र वर्तमान आइजिपीले नै निरन्तरता पाउने अवस्था थियो।

राज्यव्यवस्था तथा सुशासन समितिमा संघीय प्रहरी ऐनबारे घनीभूत रूपमा छलफल चलिरहेका बेला निजामती ऐनमा आएको समस्याले प्रहरी ऐनको छलफल रोकियो। समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिनुपर्‍यो। यस्तो सोच्दै नसोचेका घटनाले पनि उनलाई आइजिपीको कुर्सीमा पुर्‍याएको हो।

हालका महानिरीक्षक दीपक थापा भदौ १८ मा अनिवार्य अवकाशमा जाँदै छन्। उनीसँगै एआइजीहरू सुदीप गिरी र टेकबहादुर तामाङ पनि अवकाशमा जानेछन्।

एआइजी कृष्णहरि शर्मा पोखरेल त भदौ १४ गते शनिबारबाटै अवकाशमा गइसकेका छन्। उनको शुक्रबार नै बिदाइ भइसकेको छ।

तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकामा जन्मेका खापुङ २०५२ कात्तिक २७ गते प्रहरी सेवामा प्रवेश गरेका हुन्। उनले प्रहरी सेवामा प्रवेशका लागि अदालतको आदेश नै कुर्नुपरेको थियो।

उनीसँगै भर्नाका लागि आवेदन दिएका र उत्तीर्ण भएकाहरू नियुक्त हुँदा पनि छुटेपछि खापुङ अदालतमा पुग्नुपरेको थियो।

नियुक्तिका लागि समूह ‘क’मा परेका तत्कालीन आइजिपी वसन्त कुँवरहरूले २०५१ चैत ५ गते नियुक्तिपत्र लिइसकेका थिए।

अर्कातर्फ भदौ १८ मा अहिलेको आइजिपी दीपक थापाले नियुक्ति लिएका थिए भने कात्तिक २७ मात्रै खापुङको नियुक्ति भएको थियो। यसरी हेर्ने हो भनेचाहिँ यो नियुक्तिको कारक पनि कालान्तरमा आइजिपी हुनकै लागि रहेछ भन्ने देखिएको छ।

प्रहरी संगठनको जिम्मेवारी नै संवेदनशील भएकाले उनको नियुक्ति भएदेखि नै माओवादी युद्धको सामना गर्नुपरेको थियो। सम्भवतः गोली नै लागेर आइजिपीमा पुगेका चाहिँ खापुङ मात्रै हुन्। नेपाल प्रहरीभित्र धेरै अधिकृत घाइते भएका छन्। यद्यपि सर्वोच्च पदका कमान्डर घाइते ह्नेमा खापुङ पर्छन्।

२०५६ सालको मंसिरमा उनी सिन्धुपाल्चोकको मांखामा खटिएका थिए। इन्सपेक्टर भएको चार वर्ष मात्रै भएका बेला जोसिला खापुङ द्वन्द्वको सामना गर्न त्यहाँ पुगेका हुन्।

सिन्धुपाल्चोकको मांखा डाँडामा २०५६ सालको मंसिरमा प्रहरीले सञ्चालन गरेको कडन एन्ड सर्च अपरेसनमा उनी घाइते भएका थिए। अप्रेसन टोलीको कमान्डर पनि उनै थिए। आइजिपी हुनपूर्व यो विषयमा राजनीतिक तहमा पनि कुरा उठेको थियो।

प्रहरी नियमावलीमा कुनै फेरबदल नआए आफू आइजिपी हुने लाइनभन्दा बाहिर नभएको भन्दै राजनीतिक दलका नेताहरूका घरमा धाउन उनले चाहेनन्।

‘जहाँ जानुपर्ने थियो, त्यहाँ एकाध पटक पुगियो, सामान्य रूपमा आफ्ना कुरा भनियो। धेरै दौडधुप गर्नुको अर्थ पनि थिएन। सरकारले पनि न्याय गर्छ भन्ने छ,’ आइजिपी नियुक्तिपूर्व आफ्ना केही समकक्षीहरूसँग उनले भनेका थिए।

तीन दिनअघि मात्रै वर्तमान आइजिपी दीपक थापा र सिआइबी प्रमुखको हैसियतमा उनी एकैसाथ प्रधानमन्त्री निवास पुगेका थिए। त्यो भेटमा केकस्ता कुराकानी भएका थिए भनेर केही पनि सार्वजनिक भएके छैन। एक प्रकारले भन्ने हो भने उनी मौन थिए। गीत रेकर्ड गरेर समय बिताइरहेका थिए।

‘बाहिर दौडधुप गर्ने समयलाई जोगाएर गीतसंगीतमा लागेको छु,’ साथीभाइसँग उनले भन्ने गरेका थिए।

प्रहरी सेवामा प्रवेश गरेयता खापुङले विभिन्न कार्यलयको जिम्मेवारी समालेका छन्। जिम्मेवारी समाल्नु नियमित प्रक्रिया हो। जिम्मेवारी सम्हालेपछि उनले के काम गरे भन्नेचाहिँ महत्त्वपूर्ण विषय हो।

एसएसपी हुँदा उनी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्वमा रहे। प्रदेश संरचना कार्यान्वयनपछि खापुङ कोसी प्रदेश प्रहरी प्रमुख बने।

२०८२ वैशाख ४ गते एआइजीमा बढुवा भएपछि उनलाई सिआइबीको प्रमुखको जिम्मेवारी दिइयो। हाल उनी त्यहीँ छन्। जिम्मेवारीमा कार्यशैलीमा विवाद देखिएको छैन।

ठुलो विवादमा नपरेका उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा निस्किनुअघि शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले भदौ १९ बाट लागु हुने गरी ज्येष्ठता र वरिष्ठताका आधारमा एआइजी खापुङलाई नेपाल प्रहरीको ३२औं आइजिपी नियुक्त गर्ने निर्णय गरे। यो निर्णयसँगै उनी भदौ १८ गतेदेखि नेपाल प्रहरीको ३२औं महानिरीक्षकको जिम्मेवारीमा हुनेछन्।

२०५१ सालका प्रहरी निरीक्षकको विज्ञापनबाट खापुङ नेपाल प्रहरीमा प्रवेश गरेका हुन्। २०५१ ब्याचका प्रहरी निरीक्षकमध्ये वसन्तबहादुर कुँवर आइजिपी भई गत चैत ४ गते अवकाशमा गएका थिए।

उनकै वैकल्पिक दीपक थापा पनि साढे पाँच महिना आइजिपी बनेर अवकाशमा जाँदै छन्। यही ब्याचको वैकल्पिकमा परेका खापुङ प्रहरी महानिरीक्षक बनेका हुन्।

खापुङले २०५१ सालमै खुलेको विज्ञापनमा प्रहरी निरीक्षकमा प्रतिस्पर्धा गरेका थिए। तर एउटै विज्ञापनमा प्रतिस्पर्धा गरेकामध्ये पहिलो लटका वसन्तबहादुर कुँवरसहित २०५१ चैत ५ गते भर्ना भए। यो लटबाट कुँवर आइजिपी बने।

त्यसपछि वैकल्पिक सूचीमा रहेका दीपक थापा, टेकबहादुर तामाङसहित २०५२ भदौ १९ गते नियुक्त भए। यो टोलीबाट थापा आइजिपी बने। त्यसको अढाइ महिनापछि २०५२ कात्तिक २७ गते खापुङसँगै लालमणि आचार्य र कृष्णहरि शर्मा पोखरेल नियुक्त भए।

लालमणि आचार्य एआइजीको उमेर हदका कारण जेठमै अवकाशमा गइसकेका छन्। पोखरेल पनि भदौ १५ गते अवकाश हुने भएपछि खापुङ आफ्नो ब्याचका एक मात्रै आइजिपी दाबेदार थिए।

खापुङले यसअघि प्रधानमन्त्रीको सुरक्षा प्रमुखको, युएन मिसनमा हाइटीमा दुई पटक सेवादेखि प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन प्रमुखको जिम्मेवारी सम्हालेका थिए।

उनले इटाली, कोरिया, भियतनाम र चीनबाट विभिन्न सुरक्षासम्बन्धी तालिम लिएका छन्। खापुङ सम्भवतः आइजिपी इतिहासमै दोस्रो सबैभन्दा कम समय नेतृत्वमा रहनेछन्। ३० वर्षे सेवा अवधिका कारण उनी आगामी २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा जान्छन्।

नयाँ प्रहरी ऐन जारी नभए उनी दुई महिना नौ दिनका लागि आइजिपी बन्ने सम्भावना रहन्छ। यसअघि प्रहरीको इतिहासमा सबैभन्दा कम समयका लागि तोरणशमशेर जबरा प्रहरी प्रमुख बनेका थिए।

२०१२ चैत २८ मा आइजिपी बनेका उनी २०१२ चैत ३१ सम्म आइजिपी बनेका थिए।
अर्को समाचार
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
५८ मिनेट अघि
•
१ मिनेट पाठ
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
काठमाडौं। देशभर भएका १६ वटा विपद्का घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। ती घटनाबाट रु २५ लाख ५१ हजार ८०० बराबरको आर्थिक क्षति भएको छ।




राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मङ्सिर ११ देखि १२ गतेसम्म देशका विभिन्न जिल्लामा आगलागी, सर्पदंश, लेक लाग्नु तथा जनावरको आक्रमणका घटना भएका हुन्।

प्राधिकरणका प्रवक्ता एवं उपसचिव रामबहादुर केसीका अनुसार उक्त अवधिमा झापा, मोरङ, सुनसरी, उदयपुर, सिरहा, दोलखा, कास्की र रुपन्देहीलगायत जिल्लामा आगलागीका घटना भएका छन्। त्यस्तै दोलखा र मोरङमा सर्पदंश, मुस्ताङमा लेक लाग्नु तथा उदयपुर र रौतहटमा जनावरको आक्रमणका घटना भएका छन्।

विभिन्न विपद्का घटनामा परी घाइते भएकामध्ये केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई थप उपचारका लागि अन्य जिल्लाका अस्पतालमा पठाइएको प्राधिकरणले जनाएको छ।

विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रवक्ता केसीले जानकारी दिए। घटनाबाट भएको जनधनको क्षतिको थप विवरण सङ्कलन गर्ने कार्यसमेत जारी रहेको प्राधिकरणले जनाएको छ।

यसैबीच, प्राधिकरणले सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ। अनावश्यक जोखिम नलिन, आधिकारिक निकायबाट जारी सूचना तथा निर्देशन पालना गर्न र सम्भावित जोखिमबाट बच्न आवश्यक पूर्वतयारी गर्न प्राधिकरणले अनुरोध गरेको छ।
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
अर्थ
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा करिब रु ११ करोडको लागतमा आधुनिक कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माण गर्न लागिएको छ।
Whatsapp
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कला/साहित्य
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कार्यसमितिका अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षतामा भएको साधारण सभामा महासचिव कोपिलादेवी शर्माले वार्षिक प्रतिवेदन एवं कोषाध्यक्ष तिलकबहादुर सिंहले...
Whatsapp
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’ का लागि खटिने प्रतिनिधिहरूलाई आज अभिमुखीकरण दिन ला...
Whatsapp
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाल प्रिमियर लिग (एनपिएल) को चौथो संस्करणका खेल सञ्चालन गर्ने लक्ष्यसहित निर्माण तथा व्यवस्थापनका काम अ...
Whatsapp
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
राजनीति
Clock ३२ मिनेट अघि | ० मिनेट पाठ
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले सरकारका कामकारबाहीले कानुनी विधि र प्रक्रियालाई आधार बनाउनुपर्नेमा जोड दिएका छन्।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
यो पनि पढौँ
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
 विदेशमा बस्ने नेपालीहरुको संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कर्णाली प्रदेशमा सुरु भएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएक...
Whatsapp
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
राजनीति
Clock ४५ मिनेट अघि | ० मिनेट पाठ
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
गृहमन्त्री सुधन गुरुङले जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने बताएका छन्।
Whatsapp
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
नेपाली कांग्रेसले देशभर ७५३ वटै स्थानीय तहमा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने भएको छ।
Whatsapp
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
देशभर भएका १६ वटा विपद्का घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
Whatsapp
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रमलाई यस क्षेत्रको धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिएको छ।
Whatsapp
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
सशस्त्र प्रहरी बल नेपालले नेपाल–भारत सीमा क्षेत्रमा हुने विभिन्न आपराधिक क्रियाकलाप न्यूनीकरण तथा राजस्व चुहावट नियन्त्रण गर्ने ध्येयका साथ स्था...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस