जिल्ला अदालतले गत आर्थिक वर्ष २०८१/८२ मा ९१ दशमलव ७६ प्रतिशत मुद्दा फछर्यौट गरेको छ। उक्त वर्षमा अदालतले दुई हजार ३२० मुद्दा फछर्यौट गर्ने लक्ष्य राखेकामा दुई हजार १२९ अर्थात् ९१ दशमलव ७६ प्रतिशत मुद्दा फछर्यौट भएको जनाइएको छ।
सो अवधिमा एक हजार ३५८ पुराना जिम्मेवारी सरेर आएका मुद्दा थिए। तिनीहरूसँगै गत वर्ष दर्ता भएका दुई हजार २३३ गरी कुल तीन हजार ५९१ मुद्दामध्ये दुई हजार १२९ फछर्यौट भएको र एक हजार ४६२ मुद्दा बाँकी रहेको कार्यालयका स्रेस्तेदार कर्णबहादुर राईले जानकारी दिए। उनले भने, अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी सम्बन्धविच्छेदका छन्। तीमध्ये ६३७ सम्बन्धविच्छेद, २४५ चेक अनादर, ३३१ अंश चलन, ९८ भरणपोषण, ४४ जबर्जस्तीकरणी र ८७८ अन्य छन्।
यसैगरी, मेलमिलापमा पठाउने लक्ष्य एक हजार ५६१ मुद्दा रहेकामा २६ दशमलव २५ प्रतिशत अर्थात् २९६ पठाइएको छ। मेलमिलाप भएका ७८, मेलमिलाप नभएका १८५ र मेलमिलाप प्रक्रियामा बाँकी ३३ मुद्दा रहेको अदालतले जनाएको छ। अदालतले मुद्दाको प्रकृति हेरेर तीन वर्गमा बाँडफाँट गरी सुनुवाइ गर्छ। छ महिनाभित्र सुनुवाइ गर्नुपर्ने सरल मार्गका मुद्दा, एक वर्षभित्र र १८ महिनाभित्र सक्नुपर्ने सामान्य तथा विशेष मुद्दा हुन्।
अदालतले लक्ष्यअनुसार मुद्दा फछर्यौट नहुनुको कारणमा मुद्दाको मार्गअनुसार फाँट निर्धारण र स्वचालित पेसी व्यवस्थापनमा अलमललाई मुख्य मानेको छ। भदौमा न्यायाधीशको सरुवा, तालिम, बिदा, वादी–प्रतिवादीले तारेख गुजार्ने र पेसी स्थगित गर्नुपर्ने कारणले पनि मुद्दा फछर्यौटमा कमी भएको अदालतले जनाएको छ।
जिल्ला अदालतका प्रमुख न्यायाधीश मातृकाप्रसाद आचार्यले भने, विधिविज्ञान प्रयोगशालामा पठाइएका नमूनाको परीक्षण प्रतिवेदन समयमा नआउने र सरकारवादी मुद्दामा जाहेरवाला, सरकारी साक्षी, पक्राउपुर्जी, म्याद तामेली र वतन खुलाउने कार्यमा ढिलाइले पनि लक्ष्य पूरा न भएको हो। अदालतले आव २०७९/८० मा ६५ दशमलव ३३ प्रतिशत, २०००/८१ मा ५८ दशमलव ७९ प्रतिशत र गत वर्ष २०८१/८२ मा ५९ दशमलव २८ प्रतिशत मुद्दा फछर्यौट गरेको थियो। रासस