कर्णाली राजमार्ग तिन दिनका लागि बन्द हुने भएको छ। मिति २०८३ असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म (३ दिन) हावाहुरीसहित भारी वर्षाको सम्भावनाको कारण बन्द गरिएको हो।
कालीकोट जिल्लामा अविरल रुपमा परिरहेको पानीका कारण सडक र राजमार्गहरूमा बाढी तथा पहिरोको सम्भावित उच्च जोखिमलाई मध्यनजर गर्दै सोबाट मानवीय तथा भौतिक क्षति हुन नदिन कालीकोट जिल्ला अन्तर्गत कर्णाली करिडोर र कालीकोट जुम्ला सडक खण्डमा मिति ९ गतेबाट अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक सेवाका साधनहरु बाहेकका अन्य सबै प्रकारका सवारी साधनहरुको आवागमन पूर्ण रुपमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी झबिलाल भट्टराई बताए।
उनले बुलेटिन जारी गर्दै अत्यावश्यक बाहेकका सवारी साधनहरु सञ्चालन नगर्नु र नगराउनु हुन सबैको जानकारीका गरिएको बताए।
कर्णाली राजमार्ग अवरुद्ध भएको दुई हप्ता पुग्न लाग्यो। सरकारको प्राथमिकतामा नपुग्दा राजमार्गको पहिरो खुल्न सकेको छैन। मेशिनहरु (डोजर) मंगलबारबाट इन्धन नहुँदा रोकिएका छन्। राजमार्गको दैलेख खण्ड खुलेपनि कालिकोटदेखि जुम्लासम्म ठूलोठूलो पहिरोले अवरुद्ध छ। सरकारले कर्णाली राजमार्ग खुलाउन हवाई मार्गबाट इन्धन नलगे खुल्न महिनौं दिन लाग्छ।
हप्ता दिनदेखि राजमार्ग खुलाउन सडक डिभिजन कार्यालय जुम्लाले १९ वटा मेशिन लगाएको छ। मुगु तर्फका मेशिनहरु तेल नहुँदा काम गर्न सकेका छैन। जुम्लादेखी कालिकोटतिर काम गरिरहेका केही मेशिनहरु इन्धन नहुँदा रोकिएका छन्। मेशिनका लागि इन्धन हवाई मार्गबाट बाहेक विकल्प छैन। सरकारले कर्णालीमा आएको बाढी र पहिरो सामान्य लिएका कारण राजमार्ग खुलाउन महिनौदिन लाग्ने जुम्लाका स्थानीयहरु बताउँछन्। जुम्ला र कालिकोटमा भण्डार भएको इन्धन मंगलबारबाट सकिएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजिव श्रेष्ठले बताए। ‘मेशिनहरु रातदिन नभनेर काम गरिहेका छन् तर, ईन्धनका कारण रोकिने अवस्था आयो।’ श्रेष्ठले भने, ‘सडक विभागले पहिरो पन्छाउन ठुला ढुंगामा डिल गर्ने मेशिनसहित ईन्जिनियर पठाएको छ तर, उहाँहरुलाई टिकट नदिँदा नेपालगंज रोकिनु परेको छ।’
उनका अनुसार मंगलबारसम्म कालिकोटको सेराबाडादेखी नाग्मसम्म २६ किलोमिटर सडक अवरुद्ध भएको छ। कालिकोटको नाग्मदेखी गमगढीसम्म ९३ किलोमिटर सडकमा १८ किलोमिटरभित्रको पहिरो हटाउन बाँकी रहेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ। त्यस्तै पिलीमा अवरुद्ध ५ किलोमिटर सडक सडक सोमबार राती खुलेको छ। पिलीदेखी नाग्मसम्म राजमार्गको अवशेषसम्म नहुँने गरी पहिरो र बाढीले राजमार्ग भत्काएको जुम्लादेखी हिँडेर आएका धर्मराज उपाध्यायले बताए। सेरीबाडा, भिक्म र बाली भन्नेस्थलमा विस्फोटक पदार्थ विस्फोट गराएर ठूला ढुंगाहरु हटाउने तयारी भएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ। जुम्ला कालिकोट खण्डमा १२ वटा र मुगुमा ७ वटा मेशिनले काम गरिरहेको छ। ‘जुम्लामा प्रमुख जिल्ला अधिकारीसंग तेल (ईन्धन) ल्याउने ब्यवस्थापन गरिदिन भनेका छौं।’ श्रेष्ठले भने, ‘तेल नहुँदा केही मेशिन रोकिएका छन् अव बुधवारबाट सवै मेशिन रोकिने अवस्था हुने छ।’
शनिबार दैलेख तर्फको सडक खुलेको छ। तर, एकतर्फी खुलेपनि राजमार्गको अवस्था बेहाल छ। कर्णाली राजमार्ग यसपालीको पानीले क्षतविक्षत पारिदिएपछि दशैंमा घर गएकाहरु फर्कन पाएका छैनन्। फर्कनेहरु हिँडेर सास्ती खेप्नुपरेको छ। हवाई सेवा थप नहुँदा टिकट नपाईने समस्या उस्तै छ। राजमार्ग अवरुद्ध हुँदा जुम्लाबाट ६ देखी १० दिन लगाएर सुर्खेत पुग्ने गरेका छन्। सरकारले वैकल्पिक मार्गका रुपमा रहेको दैलेख बजार महावु कालिकोट जुम्ला सडक खुलाउनुपर्ने आवाज जनताहरुबाट आएको छ। यो मार्ग खुले सडक सहज हुनुका साथै जुम्ला पुग्न ४८ किलोमिटर छोटोपर्ने ईन्जिनियिरहरु बताउँछन्।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...