कालीकोट पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
२९ असार २०८२
•
१ मिनेट पाठ
कालीकोट पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
कालीकोटलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। कालीकाेटका नौवटै स्थानीय तहले सबै बालबालिकाले पूर्ण खोप पाएको घोषणा गरे पश्चात् शनिबार कालीकोट जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनायुक्त जिल्ला घोषणा गरिएको हो।




'स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता' भन्ने नाराका साथ कालीकोटलाई पूर्ण खोपयुक्त जिल्ला घाेषणा गरिएको स्वास्थ्य सेवा कार्यालय कालीकाेटका डा. भीष्मराज पोख्रेलले जानकारी दिए।

'स्थानीय तहका स्वास्थ्य संस्थाको अगुवाइमा वर्षभरि अभियान सञ्चालन गरेर खोप पाएको सुनिश्चितता गर्यौं,' उनले भने, 'वैशाखदेखि गाउँ बस्तीमा स्वास्थ्यकर्मी खटाएर खोज र खोप अभियानमार्फत छुटेका सबैलाई खोप दियौं।' उनले १६ देखि ५९ महिनाका सबै बालबालिकाले १३ वटा खोप पाएको सुनिश्चिततापछि ९ वटै स्थानीय तहसहित जिल्लालाई खाेपयुक्त घाेषणा गर्न सफल भएको हाे।

जेठदेखि असार १५ गतेभित्र यहाँका महाबै, पचालझरना, नरहरिनाथ, सान्नी त्रिवेणी, रास्कोट, तिलागुफा, शुभकालिका, पलाता र खाँडाचक्रलाई औपचारिक रूपमा घोषणा गरेपछि असार २७ गते बसेको जिल्ला खोप समन्वय समितिको बैठकको निर्णयअनुसार असार २८ गते  कालीकोटलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ।

बालबालिकालाई दादुरा, टाइफाइड, पोलियो, पेन्टा, जापानीज इन्सेफलाटिस (जेई), रोटा, एफआईपीभी लगायतका १३ खोप दिइएकाे छ।

जिल्लामा खोप लगाइरहेका १५ महिनामुनिका बालबालिका तीन हजार ११ जनालाई घरधुरि सर्भेक्षण गरी राष्ट्रिय खोप तालिका अनुसार खोप लगाइरहेको सुनिश्चितता गरिएको हो। पूर्ण खोप प्राप्त गरेका १६ महिनादेखि ५९ महिनाका ५ हजार ८ सय ४४ जना बालबालिका रहेका छन्।
अर्को समाचार
कालीकोट पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
१४ असार २०८३
•
१ मिनेट पाठ
कालीकोट पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
कालीकोट जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लाका ९ वटै स्थानीय तहलाई जेठभित्र पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गरेर आइतबार जिल्लालाई घोषणा गरिएको हो ।




स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता भन्ने नाराका साथ जिल्लालाई कर्णाली प्रदेशको तेस्रो पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिएको  स्वास्थ्य सेवा कार्यालय कालीकाेटका जनस्वास्थ्य अधिकृत कटक महतले बताए ।

जिल्ला भरका जन्मेदेखि ५ वर्षमूनिका बालबालिकाले ९ वटा, गर्भवतीका लागि १ र किशोरीका लागि १ गरी ११ वटा खोप पाएको सुनिश्चित गरिएपछि जिल्ला घोषणा गरिएको हाे ।

जन्मेदेखि १५ महिनाभित्रका बालबालिकालाई विभिन्न रोगबाट बचाउन खोप तालिकामा उल्लेखित खोप लगाइसक्नु पर्ने भए पनि कुनै कारणले छुटेका १६ देखि ५९ महिनाका बालबालिकालाई स्थानीय तहका स्वास्थ्य शाखामार्फत खोजी गरेर खोज र खोप अभियानमार्फत सबै खोपको मात्रा पूरा गरेपछि पूर्णखोप सुनिश्चित घोषणा गर्ने प्रावधान रहेको   स्वास्थ्य सेवा कार्यालय कालीकोटले जनाएको छ।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस