जुम्लाको चन्दननाथ नगरपालिका-२ बुढ्थाबाडा गाउँकी ३३ वर्षिया झलका (ऐडी) बुढ्थापालाई टमाटर बेच्न भ्याइनभ्याइ छ। बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म टमाटर भर्दै र जाेख्दै उनकाे दिन बित्ने गरेको छ।
ग्राहकहरूले उनलाई अघिल्लो दिनदेखि मलाई टमाटर राखिदिनु भनेर फाेन गर्छन्। झलका ग्राहककाे मागअनुसार टमाटर ठिक्क पार्छिन्। पाँच वर्षदेखि योङस्टार मल्टी एग्रो फर्म दर्ता गरेर व्यावसायिक टमाटर खेती गरिरहेकी छन्।
२०७७ मा व्यावसायिक रूपमा टमाटर खेतीमा लागेको झलका बताउँछिन्। दिनप्रतिदिन रोजगारी खोज्दै युवायुवतीहरू विदेश पलायन भइरहेका बेला गोलभेडा खेती गरेकी हुन्। उनले तीन वर्षे काेर्ष आईएसीएजी पढेर सकेकी छन्।
जुम्लाको कर्णाली प्राविधिक शिक्षालयमा पढेकी थिइन्। लगत्तै लाेकसेवा आयोग तयारी गरिन्। दुई वर्ष सरकारी सेवा नाम निकालिन्। दुवै वर्ष झलकाको तीन कोटामा नाम आयो महिला, खुला र पिछडिएको कोटामा तर दुर्भाग्य उनी अन्तर्वार्तामा असफल भइन।
उनले भनिन्, ‘अहिलेको पिढीले रोजगारी नपाएको भन्दै विदेशलाई कर्मभूमि बनाएर काम गरिरहेका छन्। जन्मभूमिको माटोमै पसिना बगाएर विदेश गएका युवायुवतीलाई जन्मभूमिमै फर्काउन खाेजिरहेकाे छु। कृषि विद्यार्थीको सीप गोलभेडा खेतीमा प्रयोग गरिरहेकी छु। बारीमा तीन ग्रीन हाउस छन्। तीनवटै ग्रिन हाउसमा लटरम्म गोलभेडा फलेका छन्। काम नपाएर विदेशिने युवाहरूका लागि यो राम्रो शिक्षा हो।
उनी गत वर्ष कर्णाली प्रदेशअन्तर्गतको मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित भइन्। अजयले भने, ’टमाटर खेतीमा उनका श्रीमान् अजय बुढ्थापाकाे पनि साथसपाेट छ। २१ विरुवाबाट सुरु गरेका थियौं। २४ लाख लगानीमा यो व्यावसायको सुरुवात गरिएको हो। हाम्राे फर्ममा विषादीरहित टमाटर उत्पादन हुन्छ।’
गोलभेडा खेतीबाट वार्षिक ७ लाख बढी रुपैयाँ आम्दानी गरिरहेको अजयले बताए। उनीहरू बेमौसममा प्रतिकेजी १ सय देखि सिजनमा प्रतिकेजी ३० रुपैयाँमा बजारमा गोलभेडा उपलब्ध भइरहेको छ।
अजयले भने, ‘११ राेपनी क्षेत्रफल गोलभेडा खेती भइरहेको छ। अन्य तरकारी बन्दा, काउली, काख्रा र सिमी लगायत छन्।’
उनको गोलभेडा खेती हेर्न जिल्लाका कृषि विज्ञहरू र किसानहरू गोलभेडा खेतीको पटकपटक अवलोकन गरिरहेका हुन्छन्। अजयकाे दम्पतीले गोलभेडा खेतीको सम्भावना र देखिएका समस्याबारे अनुभव सुनाइरहेका हुन्छन्। ‘राज्यले कृषि क्षेत्रमा हरेक वर्ष लगानी गरिरहेको भनिरहेको छ, तर वास्तविक किसानसम्म सरकारी लगानी नपुग्दा समस्या देखिएको छ,’ उनले भने, ‘हरेक युवाहरू खेतीमै जोडिनुपर्ने र राज्यले दिएको अनुदान वास्तविक किसानसम्म पुग्नुपर्ने बताउँछन्।
सदरमुकाम खलंगामै उनको गोलभेडा खेती भएकाले सबैको ध्यान उनीहरूतिरै केन्द्रित छ। चन्दननाथ नगरपालिका -३ मा उनको टमाटर खेती भइरहेको छ। ‘बेमौसममा गोलभेडा पुर्याउन सकिँदैन। दम्पतीले अथक परिश्रम र मिहिनेतले कृषि क्षेत्रमा राम्रो सन्देश फैलाइरहेका छन्। किसानहरूको मिहिनेत छ तर सरकारी तवरबाट कुनै सहयोग नहुँदा लामो समय टिक्न समस्या छ। बाहिरबाट आयतित टमाटर विस्थापित गर्ने उद्देश्य छ। राज्यले संकलन केन्द्र स्थापना गरेमा उत्पादन भएको टमाटर विक्री वितरणमा सहज हुने अजय बुढ्थापा बताउँछन्। उनको टमाटर सुर्खेत, कालिकोट लगायतका जिल्लामा पुग्छ।