सुरक्षा समयन्त्र कै मिलोमतोमा बागमती नदीमा अवैध क्रसर लगाएर दोहन
०६ जेष्ठ २०८३
•
५ मिनेट पाठ
सुरक्षा समयन्त्र कै मिलोमतोमा बागमती नदीमा अवैध क्रसर लगाएर दोहन
सर्लाही र रौतहटमा मापदण्ड विपरीत निर्बाध रूपमा सञ्चालित अवैध क्रसर मफियाहरूले नदी दोहन गरिरहेको पाइएको छ।




नदीजन्य पदार्थ उत्खननमा रेखदेख, नियमन, नियन्त्रण र ओसारपसार तथा खरिदबिक्रीलाई हेर्ने निकायहरू रकमी चलखेलको अधारमा मौन बस्दा नदी जन्य पदार्थको निर्बाध दोहन भएको देखिएको हो।  

नदीसम्बधी सबै कानुन र आचारसंहितालाई पाखा लगाउँदै बागमती नदीमा महिनौँदेखि अवैध मोबाइल क्रसर लगाएर उत्खनन गरिरहेको भेटिएको छ।

नदी दोहन रोक्न सर्लाहीका हरेक निकायलाई फोन मार्फत स्थानीयले अग्रह गर्दा समेत सम्बन्धित निकायले उल्टै नदी माफियाहरूसँग मिलेर आर्थिक लाभ लिइ नदीलाई दुहुनो गाई बनाइएको छ। गत कात्तिकदेखि सर्लाही बसबरिया गाउँपालिकाको भैँसासुर घाटदेखि बुढी बागमती र एकादसी खोलामा माफियाहरूले सातओटा मोबाइल क्रसर लगाएर अवैध रूपमा नदी दोहन कार्य गरेपनि कतैबाट कुनै अवरोध हुन सकेको छैन।  

बसबरिया गाउँपालिकाले चालु आर्थिक वर्षमा वडा नम्बर १ र २ मा नदीजन्य पदार्थको उत्खननको लागि ठेक्का लगाएको छैन तर पनि सात ओटा मोबाइल क्रसर माफियाहरूले दिनरात जथाभावी उत्खनन गरी दैनिक सयौँ टिप्पर र ट्र्याक्टर नदीजन्य पदार्थ बिनारोकटोक निकासी गरिरहेका छन्।

बसबरिया गाउँपालिका अध्यक्ष राम सिंहासन राय यादवले गाउँपालिकाबाट चालु आर्थिक वर्षमा नदीजन्य पदार्थ उत्खननको ठेक्का नलगाइएको बताउँदै बागमती र एकारसी खोलाको बगरमा क्रसर संचालनमा रहेको स्वीकार गरेका छन्।  

गाउँपालिका अध्यक्ष यादव भन्छन्, 'अवैध क्रसरलाई रोक्ने काम आफ्नो मात्र होइन, प्रशासनको पनि हो।' अध्यक्ष यादवले प्रशासनले अवैध उत्खननलाई नरोकेको बताउँछन्। नदीजन्य पदार्थको अवैध उत्खनन र ओसारपसार गर्ने शक्तिका अगाडि आफू निरीह बनेको गापा अध्यक्ष यादवको कथन छ।  

गाउँपालिकाका पदाधिकारी तथा प्रहरी प्रशासनको मिलोमतोमा नै अवैध रूपमा क्रसर संचालन भइरहेको स्थानीयको आरोप रहेको छ। अवैध रूपमा क्रसर संचालन गर्दै उत्खनन गरिएका ढुंगा, गिटी र बोल्डर निर्बाध रूपमा ओसारपसार गर्ने काम भइरहेको स्थानीयको आरोप छ।

नदीजन्य पदार्थको उत्खनन तथा ओसारपसार गर्नेहरूले स्थानीय भट्टी पसलमा बाटोमा पर्ने सबै प्रहरी चौकी र सशस्त्र प्रहरी बलको बेस क्याम्पलाई मिलाइएको तथा गाउँपालिकाका पदाधिकारीहरूकै मिलोमतोमा कारोबार भइरहेको स्थानीयको दाबी छ।  

नदीजन्य पदार्थको उत्खनन र ओसापसारमा संलग्नहरूले इलाका प्रहरी कार्यालय बरहथवा, प्रहरी चौकी हजरिया, प्रहरी चौकी मानपुर, सशस्त्र प्रहरी बेस क्याम्प मनुसमारा, सुन्दरपुर चोहर्वा तथा जिल्लास्थित सुरक्षा निकायसमेतलाई प्रभावमा पारी बागमती नदीमा उत्खनन भइरहेको छ। नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले तस्करहरूलाई सहयोग नै गरिरहेको देखिएको छ।  

बरबरिया गाउँपालिका २ का वडाध्यक्ष बिन्देश्वर यादवले सबै पक्षको मिलोमतोमा लामो समयदेखि खोलाको दोहन भइरहेको बताएका छन्। आफ्नो वडामा भए पनि आफूले विरोध गर्दा प्रहरीले उल्टै फसाउने धम्की दिने गरेको बताउँछन्। गत वर्ष अवैध उत्खननलाई आफूलाई विरोध गर्दा छोरा हरेकृष्ण यादवलाई सशस्त्र प्रहरीले उल्टै उठाएर लगेको दुःखेसो पोख्छन्। बसबरिया गाउँपालिका अध्यक्षदेखि अन्य ठुलाबडासमेतको संलग्नता र मिलोमतोमा नै नदीको दोहन गरिरहेको वडाध्यक्ष यादव बताउँछन्। वडाध्यक्ष यादवले आफूले पालिकामा पनि विरोध गर्ने गरेको कारण नै आफ्नो वडामा बजेट नदिएको बताउँछन्।  

अवैध उत्खनन रोक्न प्रधानमन्त्री कार्यालयको चासो  

नदीजन्य तथा खानीजन्य पदार्थको सदुपयोगमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सिधै चासो देखिएको छ। निर्माण कार्यमा उपयोग हुने ढुंगा, गिटी, बालुवा, माटोलगायत नदीजन्य र खानीजन्य पदार्थको प्रशासन स्थानीय तहबाट भइरहेको सन्दर्भमा उत्खनन, संकलन, ओसारपसार तथा बिक्री वितरण लगायतको कार्य गैरकानुनी तरिकाले भैरहेको गुनासो बढेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ध्यानाकर्षण भएको हो।  

कार्यालयले गृह, संघीय मामिला तथा सामान्य प्रशासन, उद्योग, वाणिज्य तथा आपूर्ति, वन तथा वातावरण, अर्थ, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसहित राष्ट्रिय सतर्कता केन्द्र, सबै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सबै स्थानीय तहलाई सम्बोधन गर्दै प्रचलित कानुन, मापदण्ड तथा प्राकृतिक स्रोत संरक्षणसम्बन्धी नीतिअनुसार विकास निर्माण कार्यमा नदीजन्य तथा खानीजन्य पदार्थको अभाव हुन नदिई स्रोत साधनको अत्यधिक दोहनलाई निरुत्साहित गरी उत्खनन, संकलन, ओसारपसार र उपयोग कार्यलाई व्यवस्थित, पारदशी तथा दिगो बनाउन परिपत्र गरेको छ।  

नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन तथा संकलन कार्य स्वीकृत मापदण्ड, वातावरणीय प्रभाव मूल्यांकन तथा प्रचलित कानुन बमोजिम मात्र गर्न र जथाभावी उत्खनन, अवैध संकलन तथा अनधिकृत ओसारपसार कार्यलाई पूर्ण रूपमा नियन्त्रण गर्न नियमित गस्ती परिचालन, जोखिम क्षेत्रमा स्थानीयवासीसमेतको रोहबरमा अनुगमन तथा अवैध उत्खनन, संकलन तथा ओसारपसार कार्यमा तत्कालै प्रहरी प्रशासनबाट नियन्त्रण गर्न परिपत्रमा भनिएको छ।

यसै गरी नदी, खोल्सा, बन क्षेत्र, खेतीयोग्य जमिन तथा बस्ती क्षेत्रमा वातावरणीय विनाश नहुने गरी मात्र उत्खनन कार्य संचालन गर्न गराउन बताइएको छ। स्थानीय तहहरूले नदीजन्यवस्तुको उत्खनन समय दैनिक बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म तोक्ने गरी आवश्यक व्यवस्था मिलाउन पनि कार्यालयले परिपत्र गरेको छ।  

उत्खननबाट प्राप्त राजस्व गुम्न नदिन वास्तविक कारोबार मूल्यमा बिलबिजक जारी हुने अवस्था सुनिश्चित गर्ने तथा कारोबार बिनाबिलबिजक जारी गर्ने अवस्थालाई निरुत्साहित गर्न पनि प्रधानमन्त्री कार्यालयले परिपत्र गरेको छ।  

रौतहट र सर्लाहीका अधिकांश क्रसर उद्योगले अवैध रूपमा उत्खनन तथा ओसारपसार र संकलन गरिरहेको र नदीको अवैध तरिकाले दोहन गरिरहेको अवस्थामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननमा चासो देखाएपछि धेरै हदसम्म नियन्त्रण आउने सम्भावना बढेर गएको छ।

देशमा नयाँ सरकार गठन भई नयाँ परिस्थिति सिर्जना भएकोले अवैध मोबाइल क्रसर उद्योग बन्द हुने अपेक्षा स्थानीयले गरेका छन्। सरकारले अवैध क्रसर उद्योग बन्द गराउन तथा वर्षौँदेखि अवैध सञ्चालन गर्नमा संलग्न सबैमाथि कारबाहीको प्रक्रिया अगाडि बढाउन पनि स्थानीयले माग गरेको छ।
अर्को समाचार
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
१ घण्टा अघि
•
१ मिनेट पाठ
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
काठमाडौं। देशभर भएका १६ वटा विपद्का घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। ती घटनाबाट रु २५ लाख ५१ हजार ८०० बराबरको आर्थिक क्षति भएको छ।




राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मङ्सिर ११ देखि १२ गतेसम्म देशका विभिन्न जिल्लामा आगलागी, सर्पदंश, लेक लाग्नु तथा जनावरको आक्रमणका घटना भएका हुन्।

प्राधिकरणका प्रवक्ता एवं उपसचिव रामबहादुर केसीका अनुसार उक्त अवधिमा झापा, मोरङ, सुनसरी, उदयपुर, सिरहा, दोलखा, कास्की र रुपन्देहीलगायत जिल्लामा आगलागीका घटना भएका छन्। त्यस्तै दोलखा र मोरङमा सर्पदंश, मुस्ताङमा लेक लाग्नु तथा उदयपुर र रौतहटमा जनावरको आक्रमणका घटना भएका छन्।

विभिन्न विपद्का घटनामा परी घाइते भएकामध्ये केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई थप उपचारका लागि अन्य जिल्लाका अस्पतालमा पठाइएको प्राधिकरणले जनाएको छ।

विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रवक्ता केसीले जानकारी दिए। घटनाबाट भएको जनधनको क्षतिको थप विवरण सङ्कलन गर्ने कार्यसमेत जारी रहेको प्राधिकरणले जनाएको छ।

यसैबीच, प्राधिकरणले सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ। अनावश्यक जोखिम नलिन, आधिकारिक निकायबाट जारी सूचना तथा निर्देशन पालना गर्न र सम्भावित जोखिमबाट बच्न आवश्यक पूर्वतयारी गर्न प्राधिकरणले अनुरोध गरेको छ।
ओलीबाट सुरु भएको गालीगलौजको राजनीतिक संस्कार रास्वपाले पनि सिक्यो : दामोदर अर्याल
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
ओलीबाट सुरु भएको गालीगलौजको राजनीतिक संस्कार रास्वपाले पनि सिक्यो : दामोदर अर्याल
उनले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि त्यही राजनीतिक प्रवृत्ति अपनाएको आरोप लगाएका छन्।
Whatsapp
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
अर्थ
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा करिब रु ११ करोडको लागतमा आधुनिक कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माण गर्न लागिएको छ।
Whatsapp
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कला/साहित्य
Clock २० मिनेट अघि | १ मिनेट पाठ
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कार्यसमितिका अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षतामा भएको साधारण सभामा महासचिव कोपिलादेवी शर्माले वार्षिक प्रतिवेदन एवं कोषाध्यक्ष तिलकबहादुर सिंहले...
Whatsapp
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’ का लागि खटिने प्रतिनिधिहरूलाई आज अभिमुखीकरण दिन ला...
Whatsapp
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाल प्रिमियर लिग (एनपिएल) को चौथो संस्करणका खेल सञ्चालन गर्ने लक्ष्यसहित निर्माण तथा व्यवस्थापनका काम अ...
Whatsapp
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
राजनीति
Clock ३८ मिनेट अघि | ० मिनेट पाठ
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले सरकारका कामकारबाहीले कानुनी विधि र प्रक्रियालाई आधार बनाउनुपर्नेमा जोड दिएका छन्।
Whatsapp
यो पनि पढौँ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
 विदेशमा बस्ने नेपालीहरुको संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कर्णाली प्रदेशमा सुरु भएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएक...
Whatsapp
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
राजनीति
Clock ५१ मिनेट अघि | ० मिनेट पाठ
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
गृहमन्त्री सुधन गुरुङले जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने बताएका छन्।
Whatsapp
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
नेपाली कांग्रेसले देशभर ७५३ वटै स्थानीय तहमा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने भएको छ।
Whatsapp
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
देशभर भएका १६ वटा विपद्का घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
Whatsapp
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रमलाई यस क्षेत्रको धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस