२०७९ असोज १९ देखि परेको अविरल वर्षासँगै आएको बाढी पहिरोले जुम्लाको सिञ्जा गाउँपालिका-६ जोडु गाउँका बाँचे बुढाको परिवार बिचल्लीमा पर्यो। हप्तौँसम्म परेको वर्षाले उनको ढुङ्गा र माटोबाट बनेको तीन तले घर नाम निसाना नदेख्ने गरी बगायो। बुढाको ६ जना घरपरिवार विस्थापित भए। त्यति बेलाको आँखाले हेर्दाहेर्दै घर बगाएको डरलाग्दो अवस्था उनको मानसपटलमा ताजै छन्। केही समय आफन्तको घरमा बसे। बाँचेको घरमा मानवीय केही क्षति भएन्।
तर,भण्डारण गरेको घरभित्रै अन्नपात, लत्ताकपडा, भाडा वर्तन, पाँच वटा पशु चौपाया,१४ वटा लोकल कुखुरा,८ वटा खरायो,२ क्वइन्टल सिमी, ३ क्वइन्टल गहुँ, ५ क्वइन्टल मकै, ४ क्वइन्टल जौँ र ८ दर्जन कासाका थाली ३ दर्जन तामाको भाडा सबै पुरिदियो। झन्डै १० लाख सम्मको क्षति भएको बुढाकि दम्पती नानी बुढाले बताइन्। धेरै चुनौती अप्ठ्यारा दिनहरू बिताएका बाँचे बुढाको तीन वर्ष पछि अहिले चार कोठे घर बनेको छ।
यस्तै उक्त गाउँपालिका-५ फुङ्ग्र गाउँकी वैसाकी रोकायाको अवस्थामा पनि अविरल वर्षाले उस्तै बनाइदियो। गाउँले जीवनमा सानो घर, अन्नपात सबै बगाएपछि परिवार नै विस्थापित भयो। बाढीबाट विस्थापित उक्त परिवार छिमेकीको वासस्थानमा गुजारा चलाउँदै आएका थिए। मेरो पनि लाखौँको क्षति भयो,उनले भनिन्,तर अहिले घर बन्यो,खुसी छु,आफै घर लगाउने अवस्था थिएन। स्थानीय सरकार भगवान् भयो। नयाँ चिटिक्क घर पाए।'
यता सिञ्जा गाउँपालिका(२ चुले गाउँका तीर्थबहादुर वडको घर बगाइदिएपछि सिङ्गो परिवार नै विचलित भयो। केही महिना खुला आकाशमा पाल टाँगेर बसे। केही महिनाका लागि नातादार भतिजाको घरमा बसे। तर त्यो घर चुहिने भएकोले निकै कष्टकर पूर्ण बसाइँ थियो। वडले भने मानवीय क्षति नभए पनि अन्नपानी, लत्ताकपडा सबै पुरिदियो। बाढी पहिरोले उठिबास बनाइदियो। अहिलेसम्म सिङ्गो परिवारले दुख भोगेका तीर्थबहादुरको आजभोलि नयाँ चार कोठे घर निर्माण गरिएको छ।
सिञ्जा गाउँपालिकाको ९५ हजार रुपैयाँ र पेस नेपाल जुम्लाको ५० हजार बढी बजेटले माटोको छाना भएको मौलिक घर बनेको हो। उनीहरुले भने, ‘तीन वर्षपछि बल्ला घरमा बस्न पाइएको छ।' सिञ्जा गाउँपालिका अन्तर्गतको विपद् शाखा प्रमुख दिपराज रोकायाका तथ्यांकअनुसार बाढी पहिरोले १ सय ४६ घर पूर्णरुपमा क्षति भएका थिए । साढे ३ सय बढी घर आंशिक रुपमा क्षति भए । आंशिक रुपमा क्षति भएका घरहरू पूर्णरुपमा निर्माण भइसकेका छन्। जसको घर नै थिएन । पालमा बसिरहेका थिए । उनीहरूको घर बनाउन लागिएको छ।
यता सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बाढीपीडितले चुहिने घर र पालको बास बस्नुपर्ने अवस्था नआउने बताए। पूर्णरुपमा क्षति भएका १ सय ४६ घरका लागि विपद् प्राधिकरणबाट पहिलो किस्ता बापतको बजेट आइपुगेको छ। जसमध्ये २८ वटा घर निकै विपन्न परिवार भित्रका भएकोले निर्माण सुरु हुन सकेन । अहिले २८ घर बनाउन लागि कारितास जर्मनी कारितास नेपालको आर्थिक सहयोगमा सञ्चालित उत्थान परियोजनाबाट स्थानीय सरकार परेको छ।जसमा ९ घर बनिसकेका छन्। जसमा ६ वडाको भाडँगाउमा १ घर, जोडुमा दुई घर,रुघा गाउँमा १ र काडाँगाउमा दुईवटा बनेका छन् भने ५ नम्बरको फुङ्ग्र गाउँमा दुईवटा र २ नम्बरको चुलेल गाउँमा १ वटा घर बनेका छन्।
बनेका नौ घर परम्परागत मौलिक तरिकाले बनेका छन्। माटोको छाना भएका र अत्यन्तै बलियो घर बनेका छन्।जस्तापाता विस्थापित हुने गरेर घर निर्माण भइरहेका छन्। यो घर चिसोमा न्यानो हुने र गर्मीमा शीतल हुने गरी बनाइएको छ । बाँकी १९ घर वटा घरहरू निर्माणाधीन अवस्थामा छन्। छिट्टै पुरा हुदैछन्। अहिले बाढीपीडितको बास जोड्ने कार्यमा गाउँपालिका जुटेको छ।