हिल्सा–सिमकोट सडक दुई लेनको बन्ने
१२ भदौ २०८२
•
३ मिनेट पाठ
हिल्सा–सिमकोट सडक दुई लेनको बन्ने
हिल्सा–सिमकोट सडक । तस्विरः गणेश विशु/नागरिक
चीनसँग महत्त्वपूर्ण नाका मानिएको तिब्बतदेखि हुम्ला सदरमुकाम सिमकोटसम्मको सडक चीन सरकारले दुई लेनमा विस्तार गर्ने भएको छ । यसका लागि असार पहिलो हप्तामा १० जनाको चिनियाँ प्राविधिक टोली हुम्ला आएर सडकको सम्भाव्यता र नक्सांकनका लागि आवश्यक अध्ययन गरिसकेको छ । टोलीले हिल्सादेखि सिमकोटसम्मको करिब ९५ किलोमिटर क्षेत्रमा एक हप्ता लगाएर विस्तृत अध्ययन गरेको थियो ।  




टोलीका अनुसार पहिलो वर्ष नक्सांकन र प्राविधिक तयारी हुने, दोस्रो वर्ष निर्माण कार्य थालिने र तेस्रो वर्षमा सडक पूर्णरूपमा कालोपत्रे गरी सम्पन्न गर्ने लक्ष्य राखिएको छ । अहिले चीनतर्फ बजेट निर्माण, स्वीकृत र अन्य प्रशासनिक प्रक्रिया अघि बढिरहेको कर्णाली करिडोर (उत्तर खण्ड हिल्सा) सिमकोट हुम्लाका प्रमुख भेलबहादुर नेपालीले जानकारी दिए ।

सडक निर्माण गर्ने तयारी थालेसँगै सीमावर्ती क्षेत्र मात्र नभई कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका लागि ठूलो आशा पलाएको छ । यो सडक तयार भएपछि सिमकोट मात्र नभई सम्पूर्ण हुम्ला जिल्लाका लागि यातायातको सुविधामा ऐतिहासिक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ । कर्णाली करिडोरअन्तर्गत हाल ट्रयाक खोल्ने काम सकिएको छ । तर सडक अझै पूर्णरूपमा प्रयोगमा आउन सकेको छैन । सडक निर्माण सम्पन्न भएपछि हिल्सादेखि सिमकोटसम्मको यात्रा सहज र द्रुत हुने छ । यसले स्थानीयलाई शिक्षा, स्वास्थ्य, रोजगारी, व्यापार–व्यवसाय र सामाजिक सम्पर्कमा नयाँ ढोका खोल्ने विश्वास गरिएको छ ।

हिल्सा–सिमकोट सडक । तस्विरः गणेश विशु/नागरिक
व्यापारिक दृष्टिकोणले हेर्दा यो सडक नेपाल–चीनबीचको प्रमुख नाकालाई सिमकोटसँग सीधा जोड्ने माध्यम हुनेछ । हिल्साबाट विभिन्न उपभोग्य वस्तु, निर्माण सामग्री र जीवनोपयोगी सामान सहजै ल्याउन सकिने छ भने सिमकोट र वरपरका कृषि तथा जडीबुटीजन्य उत्पादन चीनसम्म निर्यात गर्न सजिलो हुनेछ । हाल कर्णाली प्रदेशका बासिन्दाले दैनिक उपभोग्य सामग्री ल्याउन धेरै खर्चिलो र कठिन बाटो पार गर्नुपर्छ । सडक निर्माणपछि ढुवानी खर्च घट्ने मात्र होइन, स्थानीय उत्पादनलाई बजारसम्म पु¥याउने सम्भावना बढ्ने छ । यसले स्थानीय रोजगारी सिर्जना गर्ने र व्यापारिक गतिविधिमा उल्लेख्य वृद्धि गर्ने देखिन्छ ।

सडकले पर्यटन क्षेत्रलाई समेत नयाँ आयाम दिने अपेक्षा गरिएको छ । हुम्ला सुन्दर हिमाली भू–परिवेश, धार्मिक महŒवका स्थल र साहसिक पर्यटनको आकर्षणका कारण पर्यटकलाई लोभ्याउने सम्भावना बोकेको जिल्ला हो । सडक विस्तारसँगै आन्तरिक र बाह्य पर्यटकको आगमन बढ्ने, होटेल व्यवसाय, यातायात, हस्तकला र स्थानीय उत्पादनमा नयाँ अवसर सिर्जना हुने निश्चित छ । यसले कर्णाली प्रदेशलाई मात्र नभई राष्ट्रिय अर्थतन्त्रलाई समेत योगदान पु¥याउने देखिन्छ । सडक निर्माणलाई लिएर स्थानीयमा उत्साह र अपेक्षा दुवै बढेको छ । हुम्लावासीले भोग्दै आएको कठिनाइ, महँगो ढुवानी र आपूर्ति समस्याबाट मुक्ति पाउने आशा गरिएको छ । कर्णाली करिडोर (उत्तर खण्ड हिल्सा) सिमकोट हुम्लाका प्रमुख नेपालीका अनुसार चीनको सक्रिय पहल र सहयोगले सडक विस्तारलाई मूर्तरूप दिने संकेत मिलिसकेको छ ।

यसरी हेर्दा हिल्सा–सिमकोट सडक केवल यातायातको पूर्वाधार मात्र होइन, हुम्ला जिल्लाको आर्थिक, सामाजिक र सांस्कृतिक विकासको आधारशिला बन्नेछ । यसले सीमान्तकृत कर्णालीलाई राष्ट्रिय विकासको मूलधारमा ल्याउनेछ भने नेपाल–चीन व्यापार सम्बन्धलाई थप मजबुत बनाउनेछ । सडकले हुम्लालाई भौगोलिक कठिनाइको प्रतिमानबाट बाहिर निकालेर अवसर र समृद्धिको यात्रातर्फ अघि बढाउने स्पष्ट संकेत देखिएको छ ।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
९ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३२ सेकेन्ड अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३३ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस