पश्चिम नेपालमा भारी वर्षा, सबैभन्दा बढी दाङमा
२० साउन २०८२
•
३ मिनेट पाठ
पश्चिम नेपालमा भारी वर्षा, सबैभन्दा बढी दाङमा
बाँकेको अगैयास्थित राप्ती नदी । लगातार वर्षापछि राप्ती नदीमा पानीको बहाव बढेको छ । तस्विरः गणेश/नागरिक
पश्चिम नेपालका तीन प्रदेशमा २४ घण्टामा भारी वर्षा मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले दिएको पछिल्लो विवरणअनुसार बाँके, बर्दिया, दाङ लगायतका केही स्थानमा पानीको मात्रा चेतावनी तह पार गरेको छ।




सबैभन्दा बढी वर्षा दाङको जलकुण्डमा मापन गरिएको छ । जहाँ २४ घण्टामा २४८.२ मिलिमिटर पानी परेको देखिएको छ । त्यस्तै सिक्टामा २११.८ मिलीमिटिर, अम्बापुरमा २०७.२ मिलिमिटर, पश्चिम राप्तीको कुसुम रेनफाल स्टेसनमा १८०.४ मिलिमिटर, मानपुरमा १६९.२ मिलिमिटर र गंगदीमा १४४.२ मिलिमिटर वर्षा मापन गरिएको छ ।

यसैगरी अन्य धेरै स्थानमा पनि उल्लेखनीय वर्षा भएको छ तर ती स्थानहरू चेतावनी स्तर तल छन् । उदाहरणका लागि रोल्पाको रुलबाङमा ५०.६ मिलिमिटर, प्यूठानको मारीमा ५८.४ मिलिमिटर र कैलालीको अत्तरियामा ९४.८ मिलिमिटर पानी परेको छ । तर, सतर्कता भने अपनाउन स्थानीय प्रशासनले अपिल गरेका छन् । बाढी पूर्वानुमान महाशाखाले यस्ता वर्षाका कारण नदीको बहाव बढ्ने, जमिन कटान, बस्तीमा पानी पस्ने, यातायातमा अवरोध तथा खेती बालीमा क्षति हुन सक्ने जोखिम रहेको भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ ।

खास गरी दाङ, बाँके र बर्दियाका नदी किनार क्षेत्र, खोला तथा डुबान सम्भावित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरणको व्यवस्था गर्न आग्रह गरिएको छ ।

त्यस्तै बाँके जिल्लास्थित राप्तीसोनारी जल मापन केन्द्रले पश्चिम राप्ती नदीको जल सतहले सतर्कता तह पार गरेको जनाएको छ । विभागका अनुसार नदीको पानीको सतह निरन्तर बढ्दो क्रममा छ, जसले गर्दा तटीय क्षेत्र र डुबान हुने होचा भू–भागमा जोखिम थपिएको छ । पछिल्लो समय राप्ती नदीमा चेतावनीको स्तर पार गरेको थियो ।

जल तथा मौसम विज्ञान विभागले डुबानको जोखिमलाई ध्यानमा राख्दै ती क्षेत्रका स्थानीयवासीलाई दिउँसोभर उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । विशेष गरी तटीय बस्ती, खेतबारी र पहिले प्रभावित क्षेत्रमा विशेष सावधानी अपनाउन र आवश्यक परे सुरक्षित स्थानमा जान विभागले अनुरोध गरेको छ । विभागका अनुसार पानीको बहाव अझै केही समय बढ्न सक्ने अनुमान गरिएको छ । वर्षा निरन्तर भएमा जल सतह थप माथि जान सक्ने सम्भावना छ । स्थानीय प्रशासन, सुरक्षा निकाय र विपद् व्यवस्थापन संयन्त्रलाई तयारी अवस्थामा रहन आग्रह गरिएको छ । साथै, नागरिकलाई अफवाहमा नपरी आधिकारिक स्रोतबाट प्राप्त जानकारी मात्र पछ्याउन विभागले अनुरोध गरेको छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई जिल्लाका केही स्थान डुबानमा परेका छन् भने, हिमाली तथा पहाडी जिल्लामा बाढी र पहिरोको जोखिम बढेको देखिएको छ । लगातारको वर्षाका कारण केही राजमार्ग र स्थानीय सडकहरू अवरुद्ध भएका छन् । सडकमाथिबाट पहिरो झरेको र सडकमुनि भू–क्षय भएर खाल्डाखुल्डी भएको कारण यातायात प्रभावित भएको छ । पहाडका धेरै ठाउँमा सडक समेत भासिएको छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका तराई भूभागका नदी तथा खोलाहरूमा पानीको बहाव बढेको छ, जसका कारण खेतबारी र बस्ती जलमग्न भएका छन् । त्यस्तै कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला सडक गगने खोलामा मंगलबार दिउँसोदेखि खसेको पहिरोले सडक पुनः अवरुद्ध भएको थियो । दिउसो एकतर्फी मात्र सञ्चालनमा आएको छ । सुर्खेतको गुर्भाकोट–१ मा अविरल वर्षाले दालमाया बुढाको तीन तले कच्ची घर भत्किएको छ । चार जनाको परिवारलाई प्रहरी टोलीले उद्धार गरी माइतीघरमा सुरक्षित राखिएको छ ।

पाल्पाको बर्तुङ–तानसेन–रिडी सडक एकतर्फी सञ्चालनमा आएको छ भने गुल्मीमा काली गण्डकी कोरिडोर, रिडी–खज्र्याङ र रुद्रवेणी–वामी सडक खण्ड अवरुद्ध छन् । प्रहरीका अनुसार लगातारको वर्षाले पहिरोको जोखिम बढेकाले अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह गरिएको छ । सल्यानको राप्ती राजमार्ग चोरखोला आसपास पनि पहिरोले अवरुद्ध भएको छ भने डोजरमार्फत हटाउने प्रयास भइरहेको छ । यसैबिच बबई नदीको जलस्तर ६.८७ मिटर पुगेको छ । खतरा बिन्दु नजिक पुगेपछि गुलरिया, बारबर्दिया, ठाकुरद्वारा, मधुवन लगायतका तटीय क्षेत्रमा साइरन बजाइएको छ । स्थानीय प्रशासनले सुरक्षित रहन आग्रह गरेको छ।

चेतावनी तहमा रहेका स्थान

जलकुण्ड, दाङ: २४८.२ मिलिमिटर

सिक्टा, बाँके: २११.८ मिलिमिटर

अम्बापुर, दाङ: २०७.२ मिलिमिटर

कुसुम, बाँके: १८०.४ मिलिमिटर

मानपुर, बर्दिया: १६९.२ मिलिमिटर

गंगदी, दाङ: १४४.२ मिलिमिटर
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
१९ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १० मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ४३ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस